Posts

Showing posts from October, 2010

शंखधर साख्वाः र नेपाल संवत् ...............

Image
- सुजेश श्रेष्ठ मध्यपुर थिमी - १३ , भक्तपुर   नेपालमा मुख्यतयाः ३ वटा संवत् प्रचलनमा छन् । केही विदेसी चाडजस्तै ( नयाँ वर्ष जनवरी १ , क्रिसमस आदि ) मनाउँदा इस्वी संवत् , त्यसपछि सरकारी कामकाज तथा घरायसी कामका लागि विक्रम संवत् तथा चाडवाड , शुभकार्य तथा जन्ममरणका तिथिमितिमा नेपाल संवत् प्रयोगमा छन् । दीर्घराज प्रसाईंको पत्र ' राघवदेवले चलाएको नेपाल संवत् '( २८ , कात्तिक ) पूर्वाग्रही छ । उनले नेपाल संवत् तथा राष्ट्रिय विभूति शंखधर साख्वाःलाई होच्याएका छन् । नेपाल संवत् स्थापनाबारे राजभोगमाला वंशावली , केशर - पुस्तकालय वंशावली आदिमा लेखिएको बेहोराबाट के थाहा हुन्छ भने लिच्छवि राजा राघवदेवको राज्यकालमा भक्तपुरका शासक आनन्ददेव प्रथमले काठमाडौंको लुँखु तीर्थ ( लु ! सुन , खु ! खोल्सो , काठमाडौं कङ्केश्वरी स्थानपारि विष्णुमतीको पश्चिमी किनारमा छाउनीतिरबाट मिल्न आउने स्वर्णावती भनिने तत्कालीन सहायक नदीको दोभान ) बाट ज्योतिषीले तोकिदिएको साइतभित्र ठीक पारेर बालुवा झिकेर ल्याउन ...