Posts

Showing posts from 2020

य: मरी पुर्णिमा र य:मरीको बारेमा पुनर लेखन गर्न ढिला भएन र ?

Image
         य:मरी र य:मरी पुर्णिमा नन्द बहादुर महर्जन  (संकलन कर्ता ) नेपालमण्डलका नेवाः समुदायले वर्षेनी नयाँ धान भित्र्याएपछि चामलको पिठो बनाएर डल्ला – डल्ला पारेर चैत्य वा स्तूप आकारमा त्यसकोगर्भभित्र (खालि) स्थानमा चाकु र तिलको सम्मिश्रणबाटबनाइएको पोषिलो लेदो राखेर बफाइएको रोटी तयार पारिन्छ । जुन धेरै नै मिठो र स्वादिलो हुने भएकाले नामै “य:मरी” रहन गएको मानिन्छ ।समाजमा यसको आफ्नो छुटै पहिचान, विशेषता र महत्व रहँदै आएको छ । तसर्थ लन्डनको बीबीसी मास्टरसेफ प्रोफेसनल २०२०को प्रतिस्पर्धामा नेपालीसेफ सन्तोष साहले     निर्णायक मण्डललाई चखाएरमात्रै “य:मरी” प्रख्यात् भएको होइन।लिच्छविकालदेखि नै नेपालमण्डलभित्र र यसभन्दा बाहिरका नेवाः समुदायमा “य:मरी” प्रख्यात् थियो र आज पनि छ । नेवाः समुदायले बाहेक अन्य नेपालीले चिने पनि त्यति प्रचलनमा नल्याएको र प्रचार – प्रसारमा पनि नआएको “य:मरी” एकजना नेपाली सेफ सन्तोष साहले लण्डनको मास्टरसेफ प्रोफेसनल २०२० को रियालिटी शोमा निर्णायक मण्डललाई चखाएर बिश्वसामु ख्याती कमाए । आज विश्वले “य:मरी” नेवाःको खाना ...

सिध्दिपुरकि सांगीतिक धरोहर गायिका तिर्थ कुमारी

Image
सिध्दिपुरकि सांगीतिक धरोहर गायिका तिर्थ कुमारी (SAMPRESHAN) ११ श्रावण २०७७, आईतवार २१:५८ मा प्रकाशित लेखक रमेश महर्जन थसी, सिध्दिपुर तथा सानागाऊ जस्ता बिबिध नामबाट आफ्नो ऐतिहासिक परिचय स्थापित गर्दै हाल आएर आफ्नो नयाँ नाम महालक्ष्मी नगरपालिका रुपमा परिचित मौलिक नेवारी बस्तिको आफ्नै मौलिक बिषेशताहरु छन । बदलिंदो परिवेश तथा प्रगतिको पथतिर लगातार अघि लम्कदै गरेको सिध्दिपुरबासीहरुका प्रेरणाका स्रोतहरु भनेको त्यही नगरीका केही बिशेष व्यक्तिहरु नै हुन भन्दा सायद अत्युक्ति नहोला। त्यसरी गर्वका साथ लिन सकिने नामहरु हुन सिध्दिपुरकि पहिलो लोकप्रिय गायिका तिर्थ कुमारी, बेलायत जानुहुने पहिलो सिध्दिपुरवासी स्वर्गीय शिवलाल महर्जन, अमेरिका जानुहुने चन्द्र बहादुर नेम्कूल, जर्मनी जानुहुने राम बहादुर महर्जन, तात्कालिक सोभियत संघ जानुहुने डा. सिताराम श्रेष्ठ, कुवेत जानुहुने प्रकाश श्रेष्ठ र जयराज श्रेष्ठ,साउदी अरब जानुहुने गोबिन्द महर्जन र बुध्द महर्जन, जापान जानुहुने गोपाल महर्जन र हालसालै मात्र आएर सिध्दिपुरकी प्रथम सफल सगरमाथा आरोही कल्पना महर्जन | गायिका तिर्थ कुमारी उहाँहरु जस्ता व्यक्तित्वहरु सदैव प...

बैद्दय ख्य: वा बैजु ख्य: ?

Image
बैद्दय ख्य: वा बैजु ख्य: ?            यो फोटो हामि सिद्धिपुरथसिवासीहरू मध्ये धेरैलाई थाहा नहोला थोरैलाई मात्र थाहा होला, थाहा हुनेहरूले अनुमान लगाई सक्नु नै भयो होला , हो त्यही पं:फुटी फाँटको बैद्दय ख्य: वा बैजु ख्य:हो | झट हेर्दा यो साधारण बैद्दय ख्य: वा बैजु ख्य: मात्र लाग्छ तर यसलाई गैरिहेर सोच्ने हो भने यो अति नै महत्वपूर्ण एतिहासिक प्रचीन स्थानको रूपमा लिन सकिन्छ | सम्पूर्ण सिद्धिपुर थसिवासिलाई अवगत भएकै कुरा हो कि थसिको पुरानो ब स्ति सिंपुर दे अर्थात हालको पं:फुति फाँट नै हो | हालको नयाँ पानी ट्यांकीको जग खन्दा भेटिएका थुप्रै पुराना माटोका भाँडाकुँडाहरू,पुरानोघरका जग अनि पुरानो इँटाहरूले यो पुष्टि गर्छ कि हाम्रो पुरानो बस्ति त्यहीं पं:फुटी नै हो जसमा कसैको दुइमत छैन होला | जुन स्थान हाम्रा अग्रजहरु(पुर्बजहरू)को जन्म भुमि थियो,बासस्थान थियो र अस्तित्व थियो साथै पुर्खाहरूको शान ,पहिचान ,अनि गौरबको धरोहर थियो | यति मात्र कहाँ हो र हामीले सुन्दै आइरहेको हाल च्व:बहा वा चोभारमा अबस्थित प्रख्यात लोकेश्वर श्रीआदिनाथ पहिले यहीं सिंपुर दे अर्था...