बैद्दय ख्य: वा बैजु ख्य: ?
बैद्दय ख्य: वा बैजु ख्य: ?
यो फोटो हामि सिद्धिपुरथसिवासीहरू मध्ये धेरैलाई थाहा नहोला थोरैलाई मात्र थाहा होला, थाहा हुनेहरूले अनुमान लगाई सक्नु नै भयो होला , हो त्यही पं:फुटी फाँटको बैद्दय ख्य: वा बैजु ख्य:हो | झट हेर्दा यो साधारण बैद्दय ख्य: वा बैजु ख्य: मात्र लाग्छ तर यसलाई गैरिहेर सोच्ने हो भने यो अति नै महत्वपूर्ण एतिहासिक प्रचीन स्थानको रूपमा लिन सकिन्छ | सम्पूर्ण सिद्धिपुर थसिवासिलाई अवगत भएकै कुरा हो कि थसिको पुरानो बस्ति सिंपुर दे अर्थात हालको पं:फुति फाँट नै हो | हालको नयाँ पानी ट्यांकीको जग खन्दा भेटिएका थुप्रै पुराना माटोका भाँडाकुँडाहरू,पुरानोघरका जग अनि पुरानो इँटाहरूले यो पुष्टि गर्छ कि हाम्रो पुरानो बस्ति त्यहीं पं:फुटी नै हो जसमा कसैको दुइमत छैन होला | जुन स्थान हाम्रा अग्रजहरु(पुर्बजहरू)को जन्म भुमि थियो,बासस्थान थियो र अस्तित्व थियो साथै पुर्खाहरूको शान ,पहिचान ,अनि गौरबको धरोहर थियो | यति मात्र कहाँ हो र हामीले सुन्दै आइरहेको हाल च्व:बहा वा चोभारमा अबस्थित प्रख्यात लोकेश्वर श्रीआदिनाथ पहिले यहीं सिंपुर दे अर्थात पं:फुटी फाँट विराजमान हुनु भएको थियो | आज त्यही पवित्रभुमि (फाँट)मा हाम्रा पुर्बजहरू (अग्रजहरु)को अस्तित्वम दिन ब दिन माटोमा बिलिन हुदै गइरहेका छन् |
हुन् त आधिकारीक प्रमाणहरू कसै संग छैन, तै पनि हाम्रा जेष्ठ नागरिकहरूको रूद्रघांटीमा आजसम्म पनि त्यहाँको बारेमा ताजा भएर झुन्डिरहेका छन | जब सिद्धिपुर थसिको इतिहास खोतल्ने प्रयासहरु गरिन्छ तब मात्र यसको सम्झना गर्ने गरिन्छ हाम्रो पुरानो बस्ति रे त्यो ... यस्तो उस्तो भनेर ,एउटा दन्त्यकथा जस्तै बुबाले छोरा छोरी र नाति नातिनीलाई सुनाउदै जाने क्रम चल्दै आइरहेको छ र चल्दै जाने छ तर आज हाम्रा पुर्बजहरू(अग्रजहरु)को बस्ति, श्रीआदिनाथको पबित्रभुमि अनि हाम्रो पुरानो बस्ति सिँपुर देश भनेर चिनिने पुर्बजहरू(अग्रजहरु)को अस्तित्वको त्यो पं:फुति फाँट आज जेष्ठनागरिकहरूको मृत्युवरण संग संगै यसले पनि बिस्तारै मृत्युवरण गर्दैछन् | विडम्बना हामि कसैले कहिले सोचेनौ कि त्यस पुरानो बस्तीमा उत्खनन गरेर सत्य तथ्य पत्ता लगाउने काम , न त स्थानीयवासीले गरे न त सम्बन्धित बुद्दिजिबि वा निकायले नै गरे , कसैले कोशिस गरेनन् र अब गर्न चाहेर पनि गर्न नसकिने भैसक्यो उत्खनन गर्न के नै बाँकी छ र ? पुरानो माटोहरू सबै इँटा बनाउन प्रयोग गरिसकेका छन् र आज अस्तित्वको रूपमा भनौ या प्रमाण रूपमा बचेको छ त बैजु (बैद्द्य) ख्य: मात्र बाँकी छ | आज यहि एउटा बैजु (बैद्द्य) ख्य: मात्र अग्रजहरु(पुर्बजहरू)को अस्तित्वको साक्षी बनेर शान संग उभिररहेको छ र ठुल ठुला आवाजमा चिच्याईरहेकाछन् हाम्रो अस्तित्वलाई जोगाउ......भनेर | सांचै हाम्रो पुरानो बस्ति त्यो पं:फुटी फाँट नै हो भनेर हामी सिद्धिपुर थसि वासीले स्वीकार छौ भने के त्यो बैद्दय ख्य: वा बैजु ख्य:लाई संरक्षण गर्नु पर्दैन र ?
स्मरण योग्य कुरा यो पनि छ भने आज भन्दा बार्ह तेर्ह बर्ष पहिले त्यो बैद्दय ख्य: वा बैजु ख्य:मा खन्न खोज्दा नागहरूले संरक्षण गर्न आएको थियो भने कुरा पनि सुन्नमा आएको थियो |यदि यसो हो भने यो पनि सोच्न बाध्य बनाउ छ कि हुन् सक्छ बैद्य ख्य:को अर्थ बै (बही वा बहा , बहालका द्द्यो (देवता) ख्य: को अर्थ चौर अर्थात फाँट | हो त्यही बैध्य,वा बैजु ख्य: वा बही अर्थात बहालमा विराजमान हुनुभएको देवता नै आदिनाथ देवता हुन् | यति धेरै इतिहास अनि अग्रजहरूको अस्तित्व र महत्व बोकेको यस बैद्दय ख्य: वा बैजु ख्य: लाई जोगाउनु हामि सबैको कर्तब्य होइन र ? यसलाई जोगाउनु जरूरी छैन र ......?
Comments
Post a Comment