सिद्धिपुर थसी बाल कुमारी जात्रा
सिद्धिपुर थसी बाल कुमारी जात्रा
१)बेज्मा गुठि :-बेजमाँ पेनेगु गुथि :- सिद्धिपुर थसिमा चैत्रमसान्तको अन्तिम दिनलाई सिद्धिपुर वासिन्दाहरूले
विशेष अनि महत्वपूर्ण दिनको रूपमा मनाउदै
आइरहेका छौं | आजको दिन सिद्धिपुर थसिको महान चांड जात्राको पहिलो दिनको रूपमा
अर्थात छ्वेलाबुको रूपमा मनाउदै आइरहेका छौ यतिमात्र नभई आज बिहान देखि बेलुकी दश
बजे सम्म तान्त्रिक बिद्ध्याबाट देश(गाउँ)मा अप्रिय घटनाहरू नहोस भने भावनाले
बिभिन्न कार्यहरू गर्ने गरिन्छ, जस्तो कि बेजमान
पेनेगु (बँ:पनेगु ),द्द्यो क्वाँ बिज्यागु, र बौ:सिं द्द्योको जात्रा गर्ने
गरिन्छ| देबताहरूलाई मन्दिरमा विराजमान गराउनु भन्दा अगावै त:ध ननि टोलमा आशाकाजी
गुरूजुको पुरानो घर र ठिक त्यसैको अगाडिको घरमा बेजमान झुन्ड्याईन्छ | यो झुन्ड्याई सकेपछी यसमा सहभागी
सबैलाई घरमा बोलाई टिका लगाई समयबजी खुवाउने गरिन्छ | यो जात्रा भरि आठ दिन सम्म
झुन्द्याइन्छ र बिसर्जन गर्ने बेला भने समयबजी खुवाउने चलन भने छैन | यो तान्त्रिक
बिद्ध्या बाट पूजा गरिने भएकोले यो राख्नाले देश (गाउँ)मा जात्रा भरि कसैलाई पनि रोग
ब्याधि र कुनै अप्रिय घटनाहरूबाट जोगिन्छ भने भनाई जनमानसको छ | यो झुन्द्याईसके पछि कसैले लुगा धुन मिल्दैन |
.(२) दुवा गुठी:- यस गुठीमा स्थानीय नेम्कुल(नेकुज) र महर्जन(ज्यापु)हरूको प्रत्यक्ष
रूपमा सहभागिता हुने गर्छ | जात्रा र मोहनीको बेला यसले धेरै भूमिका निर्वाह गर्ने
गरेको पाइन्छ | जात्राको समयमा द्वारी संग मिलेर कुत तिर्न (बाली भित्र्याको)
ल्याएको उपलक्ष्यमा सबै जना मिलेर भोज खाने र जात्रा सुरुहुनु दुई दिन अगाडी
अर्थात छोईला बु: को अघिल्लो दिन थकालिहरूलाई छोईला बु:गरि भोज खुवाउने गरिन्छ भने
त्यसको भोलि पल्ट चैत्रको अन्तिम दिन देय(गाउँ)भित्रका सबै वासिन्दाले छोईला
बु:मनाउने गरिन्छ,यो दिन फेरी द्वारी गुठी र दुवागुठीका थकालीहरु द्द्यो क्वाँ
बिम्ज्या तली(देवता मन्दिरमा) विराजमान नगराएसम्म उपवास बस्ने गरिन्छ चैत्रको अन्तिम दिन देबतालाई सरसफाई गरी गरगहनाहरू लगाईन्छ । शाक्य र द्वारीहरूद्वारा विद्यिवध पूर्वक पूजा आजा गरी इन्द्र बाजा बजाई सकेपछि दुवा गुठीका मान्छेहरूले बोकेर तल ल्याइन्छ । यो समयमा विभिन्न बाजागाजाहरू बजाएको हुन्छ भने उत्ता (पत्ता) पटुका चढाउनेहरू धेरै भिड देखिन्छ । मन्दिरमा बिराजमान गराईसकेपछि एक दिन एक रात राखिसकेपछि दुवा गुठी द्वारा पूनः पूजा गरी बली चढाइन्छ र राती कुमार, काली कुमारीलाई बालकुमारी कै मन्दिरमा बिराजमान गराई समय–बजि खाई द्यो गुठीहरू त्यहाँबाट फर्किन्छ । केही छिनपछि –द्येला) द्वारा चोरेर ल्याई भैरव नाथको मन्दिरमा राख्न ल्याउँछ । जुन यस्तै नौं बजेदेखि दश बजेभित्र गर्ने गरिन्छ ।्
यस सिद्धिपुर थसिमा पनि विभिन्न धर्म र जन जातीहरु बसो बास गर्दै आइरहेका छन् । धर्मको कुरा गर्दा सबै धर्महरु मनाउन छुट दिएका छन् । हिन्दु, बौद्ध, क्रिश्चियन आदि इत्यादि । यस्तै जातहरुमा नब्बे प्रतिशत महर्जन (ज्यापु) र श्रेष्ठ, नेम्कुल, अमात्य नापित ,खड्गी ,दर्शनधारी र शाक्यहरु छन् । जनजाति र धर्महरु फरक फरक भए पनि यहाँका बासिन्दाहरु अरु नेवार समुदायहरुले मनाए जस्तै सम्पूर्ण चाँड पर्वहरु आफ्नै परम्परा र संस्कृति शैलि अनुसार नाचगान गरी धुमधाम सँग मनाइन्छ । फागु पूर्णिमा सकिएको केहि दिन पछि अर्थात बसन्त ऋतुको आगमन सँगसँगै विभिन्न बोट–विरुवाहरुको नयाँ पालुवाहरु सँगसँगै यस गाउँको महानाचाड जात्राको शुरुवाट हुन्छ ।जसलाई बालकुमारी जात्रा बाट चिनिने गरिन्छ | मल्लकालीन यस गाउँको जात्रामा फूलको बिशेष महत्व रहँदै आएको छ | भने पनि चैत्रको तेस्रो साता देखि घरका भित्ताहरु रङ्गाउन थाल्छ, सरसफाई गर्न शुरु गर्छ । चैत्रको अन्तिम दिन विहान देखि घरको सम्पूर्ण भागहरु सरसफाइ गरी लिपपोट गरिन्छ । नुहाई धुलाई गरिसके पछि दिउँसो सबैजना एकै ठाउँमा बसेर मिठो मिठो खाना खाने गर्दछन् । आजको दिनलाई विशेषत छ्वइला बु (मासु पोलेर खाने) भन्ने गरिन्छ । झिसमिसे साँझ परेपछि सबैजना (लाछी) द्दयो ननिमा गई (द्ये क्वोँ विज्याई) देवता मन्दिरमा विराजमान गराएको हेर्न जान्छ ।यसमा नेम्कुल र महर्जनहरू मिसिएको हुन्छ । चैत्रको अन्तिम दिन देबतालाई सरसफाई गरी गरगहनाहरू लगाईन्छ । शाक्य र द्वारीहरूद्वारा विद्यिवध पूर्वक पूजा आजा गरी इन्द्र बाजा बजाई सकेपछि दुवा गुठीका मान्छेहरूले बोकेर तल ल्याइन्छ । यो समयमा विभिन्न बाजागाजाहरू बजाएको हुन्छ भने उत्ता (पत्ता) पटुका चढाउनेहरूको धेरै भिड हुने गर्छ । चैत्र मसान्त (अन्तिम दिन) मा शुरु भई नयाँ वर्ष बैषाख ४ गते पाँच दिन सम्म जात्रा मनाइन्छ । जात्रा पवै चलाउन विभिन्न गुठीहरु रहेको पाइन्छ । जस्को आ–आफ्नै विशेषता र महत्व रहेको पाईन्छ । (१)बेज्मा पेनेगु गुठी
(२) दुवा गुठी
(३) द्यो गुठी
(४) इलाँ गुठी
(५) स्वाँ गुठी
(६) हारखाँ द्यो गुठी
(७) ग्वं सीं गुठी
(९) बौ–गुठी
(१०) द्वारी गुठी


(३) द्यो गुठी ः– जात्रा भरि सम्पूर्ण कामहरू जिम्मा लिने काम द्यो गुठीका व्यक्तिहरूले गर्दछन् । यदि केही सामान हरायो भने द्यो गुठी जवाफ देही हुनु पर्दछ ।
(४) ग्वँ सीं गुठी ः– यस गुठीले भैरव मन्दिरको बायाँ पत्ति आगो बालिन्छ । र समय बजी दिइन्छ ।
(५) स्वाँ गुठीः– जात्रा भरिको लागि चाहिने स्वाँ:त (फूलहरू)जस्तै ल स्वाँ: (बिशेष प्रकारको फूल ),दाफा स्वाँ:,जी स्वाँ: र सिनाए स्वाँ:हरूको व्यबस्था गर्ने जिम्मा दिएका हुन्छन| देवताको खत पिन ननि टोलमा पुगेपछी अतः पूजा ल स्वाँ लिएर अर्थात सिन्दुर जात्रा गर्ने गर्दछन् । जसलाई सरकार पूजा भन्ने गरिन्छ । जेष्ठ नागरिकहरूको मुखारस अनुसार फूलहरू लिन नुवाकोटको रानीपौवाको बन बाट ल्याइने गरिन्थ्यो |
(६) इलाँ गुठी ः– देवता साझा घरबाट तल विराजमान गर्नु अघि मन्दिरमा परम्परा अनुसार इलाँ हाली पूजा गरी भोज खाने चलन छ र देवताको खत लाने प्रत्यक टोल टोलमा इलाँहरू हाल्ने गरिन्छ |
(७) पत्ता मंका ः– चैत्रको अन्तिम दिन चाँदीबाट बनाइएको पत्ता (पटुका) मन्दिरमा चढाई भोज खाने चलन छ ।
(८) मत मंका ः– मन्दिरमा बिराजमान गराई सकेपछि मत मंकाद्वारा मन्दिर मन्दिरमा दियो झुण्ड्याई बत्ति बालिन्छ र भोलि पल्ट बिहान दियो निकाली भोज खाने चलन छ ।
(९) हार खाँ द्यो ः– यो गुठीमा एक दिन अघि अर्थात् चैत्रको दोस्रो अन्तिम दिनमा छ्वइला बु मनाइन्छ र भोलि पल्ट हार खाँ द्यो लाई द्यो छ्योंको ताफल (साझा घरमा) बिराजमान गराइन्छ र ग्वसीं गणेशको दायाँ पट्टि बाली समय बजि बाडिदिने चलन छ ।
द्वारी गुठीः– सरकारको तर्फबाट पैसा लिएर चलाउने गुठी
(१०) बौ गुठी ः– यो पनि चैत्रको अन्तिम दिनको मध्यान्त १०–११ बजे भित्र मनाउँछ । जस्को लागी पुस शुक्ल पक्ष चौथीका दिन गुठीहरूद्वारा प्रति धुरी बक्सी चामल उठाइने चलन छ र त्यो दिन भोज जाने चलन थियो तर हिजो आज यो भोज खान बन्द भएको कुरा गुठीका थकालीहरु बताउँछन् । गुठीमा प्रबेश नभएका घर धुरीहरूले आजो दिन बिहान बक्सी(तिन चौथाई भन्दा कम आधा माना भन्दा बढी) चामल उठाइने चलन छ । दिउँसो चटामरी र छ्वइला लिई जलभान गर्ने चलन यस्को जात्रा शुरु गर्नु अघि बलिको (थुम्माको) खोजी गर्नुपर्दछ, थुम्मा खोज्ने दिनमा पनि भोज खाइन्थ्यो आर्थिक अवस्था कम भएकोले हिजोआज भोज खाने चलन हराइसकेको कुरा गुठीयारहरू बताउँछन् । हारखाँ द्यो गुठिका गुठियारहरू पूजा गरि भोज खाइसकेपछि बौ सी द्यो ल्याइन्छ । बौ सीं द्यो जात्राको लागि बिशेष तयारी गरिन्छ । चारमाना चामल र चारमाना धान मिसाएर सरुवा पकाइन्छ र कोनामा राखिन्छ । कोनाको भातमाथी चित्रकारहरूद्वारा कोरेको आकाश भैरवको मुर्ति राखी बसा रुखको हाँगा र कर विरको फुल(बौस्वाँ) राखी विशेष रुपले सजि सजावट गरी चार कुनामा दिवा हाली काँचो धागोले बेरी २ जनाले बोकी (पाला) जुन व्यक्तिको पालो थियो त्यो घरबाट ल्याई भैरव मन्दिरको अगाडीको मण्डपमा हाल्नु अघि कबेइलख घाँस(कुस) बाट बनाएको पें चा चाः माथी राखिन्छ । गुरुजु र गुठीयार गरी जम्मा पाँच जना हुन्छन् । बिधी पूर्वक पूजा गर िथुम्मालाई बलि चढाइन्छ । बलि चढाउँदा खेरी कोनाको भैरबमा राखी बलि दिइन्छ, त्यस पछि भित्र मन्दिरको भैरवलाई रगत चढाइ कोनाको भैरवलाई रगत चढाइन्छ, । त्यस पछि गणेश मन्दिरमा रगत चढाइन्छ र भैरवको मन्दिर परिक्रमा गरी पूनः त्यही कोनामा रगत चढाई टाउको छुत्याइन्छ । आन्द्रा निकाली त्यही आन्द्रा फुकी कोनामा भएको भैरवको मूर्तिमा एक माला लगाइन्छ र आर्कौ एक माला मन्दिर भित्रको भैरवलाई चढाइन्छ । इन्द्र बाजा (काँ) नासी बाजा बजाई सकेपछि परम्परा अनुसार कोनालाई २ जनाले बोकी छ्वाली बाली श्री गणेश भैरव कुमार कुमारी (नाथेश्वर) को मन्दिर घुमी टोलमा गइन्छ, पिनानीबाट तधननी घुमी फेरि कुमार कुमारीको मन्दिर घुमी आलंबाट परिक्रमा गरी यङ्गल धसी हुदै सिमाकोबाट निस्की फेरि देवननीको ३ वटा मन्दिर परिक्रमा गरी विसर्जन गरिन्छ । यसरी परिक्रमा गर्ने क्रममा लियो, लियो.......... पायो...........पायो ............हा ...........हा भन्दै प्रत्येक दोबाटो र चौबाटोहरूमा कोनाको भात पन्युबाट चढाइन्छ । यसरी परिक्रमा गर्ने बेलामा बीच बाटोमा गुठियारहरूद्वारा भात थप्न आउनु पर्ने चलन चल्ति छ ।
कोनालाई विसर्जन गरीसकेपछि बसा रुखको हाँगा, करविरको फुल आकाश भैरवको मुर्ति र सिंगारिएको सामानहरू भैरव मन्दिरको छानामा चढाई बाँकी भएको कोनाको भात मन्दिर अगाडीको मण्डपमा खन्याइन्छ र गुठियारहरू घरमा गई समय बजि खाने चलन चलिआइरहेको ाछ । सो समयमा बाहिरको कुनै पनि मान्छे आए पनि समय बजि ख्वाउनु पर्ने छ । समय बजिको लागि चारमाना चिउरा, सिवा बै चारमाना, अदुवा, कालो भटमास, छ्वइला, थम्माको गर्धनको छ्वइला, जाँड र रक्सी अनिवार्य छ । १ गते दिउँसो हिसाब गरी जाँड रक्सी पिइन्छ भने साँझपख सबै गुठियारहरू मिली सिका बु गरी भोज खाने र अर्को वर्ष पालो पर्नेलाई एक कचौरा बढी मासु हाली पाची बो (अर्काे वर्ष पालो पर्नेको भाग) उसको घरसम्म पु¥याइन्छ, पु¥याउन जाने गुठीयारहरूलाई त्यस घरमा फेरि समय बजि खुवाई बिदाई गरिने चलन छ । बौ सी द्यको जात्रा गर्नाले जात्राभरी भुतप्रेत र पिसाच गाउँ भित्र पस्न नसकोस भनेर गरिन्छ भने अर्को बौसी द्य नभएको ठाउँमा जात्रा हेर्न जान नहुने भनाई छ । यो जात्राको बेलामा झ्यालमा बसेर हेर्नु हुदैन भन्ने भनाइ पनि रहि आएको छ । बौ सी द्यो को जात्रा सिद्धिसके पछि यो वर्षले छोडेर गएको महसुस हुन्छ र भोलिको सूर्यको त्यो किरण एक नौलो किरण, नयाँ बिहानी भएर यो पृथ्वीमा उदाउने छ । विगतका सम्पूर्ण कुराहरूलाई विर्सी एक नयाँ सहास, नयाँ जोश र उमङ्गले सबैको मुहारमा खुशीले छाउने छ । आजको दिन अर्थात बैषाख १ गते सम्पूर्ण नेपालीले नयाँ वर्षको रुपमा हर्षो उल्लासका साथ मनाउने गर्छ । एक आपसमा सुख समृद्धि र उत्तरोउत्तर प्रगतिको शुभ–कामनाहरू एक आपसमा बाँड्दै खुशीयाली मनाउँछ ।
बैशाख १ गतेको दिनलाई यहाँका बासीन्दाहरू खायु संलुको रुपमा मनाइने गरिन्छ । आजको दिन नयाँ वर्ष मनाउने भएकोले देश भरिनै सार्वजनिक विदा दिइन्छ । आजको दिनमा सूर्यग्रह मेष राशिमा प्रवेश गरिने हुनाले यसलाई मेष शंक्रान्ती पनि भन्ने गरिन्छ । आजको दिन नौ वटा खाद्य साधनहरू समिश्रण गरि क्वाँटी बनाइन्छ । कछि, इमु, अजमुं, जी, निंह, चोकि, मले । यसै क्वाँटीको नामबाट यस संक्रान्तीलाई यहाँका बासीन्दाहरू खायु संलु भन्ने गरिन्छ । यस दिन विहानै नुहाइधुवाई गरि विभिन्न देव देवताको दर्शन गर्ने, पूजा गर्ने, व्रत बस्ने, तिर्थ स्थलहरुमा जाने र बौद्ध विहारहरुमा जाने गरिन्छ । बैशाख संक्रान्तीको एक दिन अगाडि साँझपख पहाडी क्षेत्रका विभिन्न धार्मिक महत्वका स्थलहरूमा जस्तैः बाघद्वार, ध्येन्चो, फूल्चोकी, शिवपुरी आदि स्थानहरुमा एक रात सोही तिर्थ स्थलमा पूजा आजा गरि बैशाख १ गते (संक्रान्ति) का दिन घर फर्कने चलन छ ।
बैषाख १ गतेको मध्यान तिर विभिन्न बाजागाजाहरु आइसकेपछि द्यो गुठीयारहरूद्वारा मन्दिरबाट उठाई रथमा (खतमा) बिराजमान गराइन्छ । दुवा गुठीमा द्वारी र गुरुजु बसि विधी पूर्वक पूजा आजा गरिन्छ । यो समयमा रथको वरीपरी दियो बाल्नेहरुको धेरै नै भिड हुन्छ । २ गते खतलाई उठाएर घर दैलो दैलो मा लगि –देवननी, पिर्मे÷पिनानी) पूजा थापिन्छ। जात्राको चौथो दिन अर्थात ३ गते यस्तै ३÷४ बजे तिर (पिनानीमा) द्वारीहरू सरकार पूजा भन्ने पूजा सामान लिएर विभिन्न बाजा गाजा सहित लः स्वाँ चढाई सिन्दुर जात्रा गरी अत पूजा (विचमा पूजा) गरिन्छ । जात्राको अन्तिम दिन अर्थात बैषाख ४ गते गणेशबाट तधननीको कुलो तर्नको लागि कुमार कुमारी र भैरव सँग कर लिने प्रचलन छ र कर स्वरुप २ पाउ मिठाई दिइन्छ । पहिला पहिला इन्द्र बाजा पञ्चे बाजा नासी बाजाहरूलाई आधा दिने चलन थियो हिजो आज बाजाहरु बजाउन छोडेको कुरा बताउँछन् । तधननीबाट उठाएर देवननीको (ताफल) साझा घर अगाडी राखिन्छ । विभिन्न बाजा गाजाहरु आइसकेपछि खतलाई उठाइन्छ र खत दौडाउने गरिन्छ । (खतहरू बोक्न गुठियारहरुलाई जिम्मा लगाई दिएको हुन्छ ।) गाँउ परिक्रमा गराई ३ चोटी मन्दिरलाई परिधmमा गराइन्छ, विसर्जन गर्नु अघि द्वारी द्वारा पूजा गरिन्छ । विसर्जन गर्नु अघि गणेशले (टिस्वां) निङ्गलाको चिर २ मुठ्ठा बाल्नको लागि दिने चलन छ । पूजा गरिसकेपछि कुमार, कुमारी र भैरवलाई द्यो छ्येंमा (साझा घरमा) लगिन्छ भने गणेशको खतलाई पालाको घर लगिन्छ र गुरुजुद्वारा पूजा गरी घर भित्र्याइन्छ । समय बजि दिइन्छ । खतलाई विसर्जन गर्ने बेला खतको गजुरमा रहेको प्रसाद–फूल) लिन घुइचो लाग्छ । तयो प्रसाद लियो भने छोरा पाउँछ भन्ने धार्मिक विश्वास रहिआएको छ र आजकै दिन सात गाउँमा जात्रा हुन्छ । ठिमी, नदे, बोडे, ख्वप, टोखा, थसि (सिद्धिपुर) आदि ।
ठिमीको बालकुमारी जात्राको लागि यहाँबाट फूल लिएर गइन्छ अनिमात्र त्यहाँको जात्रा शुरु हुन्छ भन्ने भनाई छ फूल किन लगिन्छ भन्ने तर्कमा एउटा राम्रो किंबदन्ति छ । परापूर्वकालमा ठिमिकों बालकुमारी सिद्धिपुरमा नै बस्ने भनेर बसिसकेको थियो तर अचानक वश सुँगुर (फाँ) कराएको आवाज सुन्यो र महशुस ग¥यो यहाँ बसेर ठिक हुदैन भनेर यहाँबाट गएर ठिमीको क्वाछेंमा बस्न गएको थियो भने पाकाहरूको भनाई छ । त्यसैले त्यहाँको जात्राको लागि यहाँको फूल लगिन्छ, फूल लिन आउने मान्छेलाई हामीले चिनेकै हुँदैन । त्यही बेला देखी यस गाउँमा फाँ (सुँगुर) भित्र्याउनु हुँदैन भनेर भित्र्याउदैनथ्यो । यदि अरु ठाउँमा भएकाहरूले छोयो भने पनि नुहाउनु पर्दथ्यो । जात्रा सिद्धिएको भोलिपल्ट यहाँका स्थानीय वासिन्दाहरू गोदावरीको नौ धारामा कोपा जाने भनेर त्यहाँका देवतालाई पूजा गर्न जाने चलन छ ।
Comments
Post a Comment