" शब्द सुकुल "


                        " शब्द सुकुल " को 
नन्द बहादुर महर्जन ,                           
     भौगालिक आधारमा नेपाललाई पांच बिकास क्षेत्रमा छुत्याइएकोछ | नेपालको मध्यमान्चल बिकास क्षेत्र अन्तरगत वागामती अन्चलमा पर्ने ललितपुर जिल्ला कला,संस्कृति ,कालिगढ़,धार्मिक स्थल ,मठ मन्दिर पर्यटकको दृस्टीकोनले प्राचिन समयदेखि नै महत्वपूर्ण मानिने एक ऐतिहासिक जिल्ला हो |यहि जिल्लाको चक्रपथबाट करिब ३.२ कि.मी.पुर्ब र काठमाडौँबाट ७ कि.मी.को दुरीमा रहेको सिद्धिपुर गाबिस समुद्री सतह बाट १३७२ मी.उचाइमा अवस्थित छ भने ४७८६ रोपनीमा फैलिएको एक प्राचीन गाउँ हो सिद्धिपुर थसी , यहाको मुख्य पेशा भन्नु नै सुकुल बुन्नु हो | पुरखौ देखि बुन्दै आएको सुकुल बुन्ने काम हाल सम्म पनि यथावत नै राख्न सफल भएका छन यहाका वासिन्दाहरू..|
                                               “ शब्द सुकुल “ को जुन शब्द सुन्न र पढन पाउदा सिद्धिपुरवासीहरू (हामीहरू) खुशीले गदगद हुन्छौ ,पक्कै पनि सुकुल हाम्रो शान हो  अनि पहिचान हो , हाम्रो इतिहास हो अनि गौरब हो | जीबन संग जोडिएको अभिन्न अंग पनि हो | तीस (३०) दशक भन्दा पहिला नै काठमाडौँ उपत्यका लगाएत बाहिरी जिल्लाहरूमा समेत जीबन शैलीको अभिन्न अंगको रूपमा लिएको यस सुकुलको बारेमा लेखककार रन्जित कुमारले आफ्नो लेखमा आजभन्दा ५० वर्ष पहिला अर्थात बिक्रम सम्बत २०१५ सालमा बेलायती महारानी एलिजा वेथ द्रितिएले नेपालको पहिलो पटक भ्रमणमा आउदा उहाँको स्वागातार्थ सिद्धिपुर थसीका वासिन्दाहरूलेलाजिम्पाटको मूलद्वारमा सुकुलको उत्कृस्ट द्वार बनाएका थिए जुन बेला निकै नै चर्चित र आकर्षणको केन्द्र बनेका थिए |यस्तै २०६० सालमा सिद्धिपुर शान्ति तथा बिकास केन्द्रले  सिद्धिपुर थसीको फोंगा पोखरीलाई पूर्ण निर्माण गरि पोखरीको बिचमा दीपंकर बुद्धको प्रतिमा स्थापन गर्नको लागि गरिएको शुभ साइतमा नेपालका लागि फ्रान्सका राजदुत महामहिम Michel Jolivet र साहित्यकार श्री सत्य मोहन जोशी ज्युको स्वागार्थ सिद्धिपुरको चनाचो टोल देखि फोंगा पोखरी सम्म सुकुल ओछ्याएर स्वागत गरेको थियो जुन सिद्धिपुर थसीको इतिहासमै पहिलो र अविस्मरणीय क्षण हो भने सिद्धिपुर महोत्सब २०६८ सालमा टोल टोलमा बनाइएका सुकुलका उत्कृस्ट द्वारहरूले गर्दा सिद्धिपुरको इतिहासमा थप महत्व दिनुको साथै सिद्धिपुर वासिन्दा र दर्शकहरूको मनमा आज सम्म                                                                   पनि ताजै छन्  |


      सु + कुल = सुकुल, नेपाल भाषामा “ सु “ भनेको नेपाली भाषामा पराल हो र “ कुल “ भन्नाले खलक या कुटुम्ब भने बुझिन्छ | नेपालमा सबै भन्दा धरै चाडपर्ब मनाउनेहरूमा नेवारहरू नै हुन् , हरेक महिनामा एक न दुइ वटा चाडपर्बहरू प्रचीन समयदेखि नै मनाउदै अईरहेकाछौ |यसरी हामीले प्रचीनसमय देखि मनाउदै आइरहेको कुनै चाडपर्ब ,भोज भतेर या अन्य कार्यहरूमा आफ्ना कुलका सबैजना मिलेर संगै बसेर मनाउने गर्छन जुन आज सम्म पनि  यथावत नै छ | यसरि हरेक चाडबाड,जात्रापर्ब अनि भोज भातेरहरूमा कुलका (कुटुम्बका)सदस्यहरूलाई बसाउनका निम्ति (“ सु “) पराल बाट बनेको सुकुलको प्रयोग गरको देखिन्छ | प्राचिन समयमा हरेक चाडबाड,जात्रापर्ब अनि भोज भातेर हुदा कुलका सदस्यहरू आउना साथ नेपाल भाषामा का: का: कुले च्वपी थकली त व:ल  सुइ फेतकी: सुइ (कुटुम्ब खलकहरू या पाहुनाहरू आइपुग्नु भयो परालमा बस्न दिनुस )भनेर बसाउने चलन छ , कुले च्वपीन्त सुइ :फेतकी:सुइ भन्ने शब्द पछि  नेपालभाषा बाट सुकु र नेपाली भाषाबाट बोलीचालिमा सुकुल (परालमा कुटुम्ब बसाउने ) हुन् गएको हो कि जस्तो मलाइ लाग्छ |

     मानब सभ्यताको प्रारम्भ भए देखी मानबले आफ्नो जिबन सुख, शान्ती र सुबिधाले बिताउनको लागि आ-आफ्नो ठाउमा भएका प्रार्कृतिक सम्पदाको उपयोग गर्दै आफ्नो जिबन यापन सजिलो बनाएको कुरा बिगतका अनुसन्धान कर्ताहरूले देखाइसकेकछन भन्दा फरक नपरला जस्तो लाग्छ । हरेक समुदाएका पूर्वजहरूले आफ्नो जिबन यापनका लागि बिभिन प्रकारका आफ्नो समुदाएमा भएका प्राकृतिक श्रोत र साधनको सही तरिकाले उपयोग गरी केही न केही सिप र ज्ञानको बिकास गरेको पाईन्छ भने युगौ युग देखी मानबले आर्थात् हाम्रा पूर्वजहरूले प्राकृतिक श्रोत साधन तथा सम्पदालाई दिगो रूपमा उचित ढंगबाट परिचालन गरी आ आफ्ना आवश्यकता पुरा गरेको अनुसन्धान कर्ताहरूले स्पस्त पारी सकेको छ । उदाहरणको रूपमा हेर्ने हो भने ग्ग्रामीण क्षेत्रमा बसो बास गर्ने जनताहरू लाई लिन सकिन्छ , ग्रामीण क्षेत्रका जनताहरूमा बिद्यामान सिप र ज्ञान भएका कारण आ-आफ्नो गाउँमा सजिलो तरिकाले पाउने प्रकृतिले बरदान स्वरूप दिएको कच्चा पदार्थहरूलाई आफु सँग भएको सिप र  ज्ञानले भ्याए सम्म प्रयोग गरेको देखिन्छ । जुन सिप र ज्ञानले गर्दा थुप्रै गाउँहरू प्रसिद्ध छन जस्तो ललितपुरको हस्तकला, ललितपुर थेचोको खुवा,काठमान्डौ टोखाको चाकुलाई लिन सकिन्छ भने ललितपुरकै सिद्धिपुर थसीको परालबाट बनाएको सुकुल ” लाई लिन सकिन्छ , यस सिद्धिपुर थसीका पूर्वजहरूले पनि आफ्नो गाउँमा पराल सजिलै सँग पाउने भएकोले त्यसलाई राम्रो सन्ग उपयोग गरेर आफ्नो सिप र ज्ञानले भ्याए सम्म मेहेनत गरेर पराललाइ सुकुलको पूर्ण रूप दिनुभएको छ जस्ले गर्दा आज यस सिद्धिपुर ( (थसि सुकुलको गाउँ भनेर सिङो नेपाल भरी चिनिएको छ

        पहिला पहिला जीबन यापन गर्नको लागि  दैनिक उपभोग्य बस्तुहरू किनबेच गर्नको लागी सुकुल संग साटासाट गरि पुरा गरेको देखिन्छ | समयको क्रम संगै बिस्तारै सुकुलको व्यापारीकरन भएको देखिन्छ | वरपरका गाउँहरूमा बेचबिखन गर्न लाने र त्यही पैसा बाट उपभोग्य बस्तुहरू किन्नेर आफ्नो जीबनयापन नीरबाह गरेको देखिन्छ ,जुन हाल सम्म पनि सिद्धिपुरमा देख्न सकिन्छ | (“ सु “ ) अर्थात “ पराल ”  बाट बनेका समाग्रिहरू सिद्धिपुर थसीमा मात्र नभई सम्पूर्ण नेवार बस्तीहरूमा यसको धेरै नै महत्व बोकेको पाइन्छ भन्दा दुई मत नहोला | सिद्धिपुर थसिमा नवजात शिशुको न्वारन गर्ने बेला देखि लिएर मृत्यु शैयामा समेत परालको प्रयोग गर्ने गरिन्छ | सिद्धिपुर थसिमा कसैको मृत्यु भएमा सबै भन्दा अगाडी परालको थुम्का बोक्ने मान्छे हुन्छ र नवजात शिशुको न्वारन यहि पराल बालेर गरिन्छ , अनि सुत्केरी अवस्थामा परालमा बसाउने , सुताउने र परालबाट बनेका जुत्ता लगाउन दिइनाले रक्त चापमा सन्तुलन ल्याउँछ भने बैज्ञानिको भनाइ छ | यो बिभिन् आकार प्रकारमा अनि बुट्टा भरेर बनाउन सकिने अनि यसमा बस्नाले न्यानो हुने भएकोले यसको प्रयोग बढीमात्रामा भएको देखिन्छ | नेवाहरूको प्रत्येक घरका कोठा कोठाहरूमा ,खाना खाने भान्छा कोठाहरूमा , अनि अन्न भण्डारण गर्न , भोजहरूमा , बिस्कुनहरू घाममा सुकाउन तथा अन्य काममा यहि “ सु “ पराल बाट बनेको सुकुलकै प्रयोग गर्ने गरिन्छ | बिभिन्न आकार प्रकारका सुकुल बिभिन्न ठाउँमा प्रयोग गर्ने गरिन्छ जस्तै पा:सुकुचा ,चाक्ला सुकुचा अहिले डोर म्याट को रूपमा प्रयोग गरिन्छ भने त:पा सुकु र कुरब्याचा सुकु घरको सबै कोठामा पाहुना र आफुहरू बस्न र बिस्कुनहरू धान ,गहुँ ,जौ .आदि इत्यादि सुकाउनका लागि प्रयोग गरिन्छ, ता:सुकु (भ्वे सुकु ) भोज को बेला सबै जना लाइन मै बसेर भोज खान र भखरी सुकु अन्न भण्डारण गर्न प्रयोग गरिन्छ र सु:त्वाक भान्छामा बस्न प्रयोग गरिन्छ |
गलैचा लगाएत अन्य बिच्छायाउने सामाग्रीहरूका कारण यस गाउँको सुकुलमा केहि मात्रामा ह्रास आएको भए पनि हाल बजारको माग लाइ पूर्ति गर्नका लागि गलैचा जस्तै मुलाएम सुकुल, सोफा अनि वातावारण लाई दुषित हुन् बाट बचाउन ,गाबिस सफा राख्न बिभिन्न किसिमका रङ्गी चंगी प्लास्तिकरू संकलन गरि त्यही प्लासतिक बाट बिभिन्न प्रकारका रङ्गी चंगी सुकुल तथा सजावटका समाग्रिहरूको उत्पादन गरि राष्ट्रिय तथा अन्तरास्ट्रिय बजारको मागलाई पूर्ति गरिरहेका छन |

        सुकुलको इतिहासलाई केलाउने हो भने अहिले सम्म आधिकारिक प्रमाण फेला परेको देख्दैन | मानब सभ्यताको बिकास संग संगै मान्छेमा सीप र ज्ञानको बिकास भएको हो भने कुरालाई अनुसन्धान कर्ताहरूले पुस्टि गरिसकेका छन | मेरो बिचारमा बिकासको उपज यहि सुकुललाई पनि मान सकिन्छ | सुकुलको सुरुवात कान्तिपुर र पाटन बाट भएको मान्न सकिन्छ ,कान्तिपुर र पाटनमा पहिला देखि नै धेरै धान फाल्ने ठाउँ हो जसले गर्दा यहाँ ( सु ) पराल सजिलै संगै पाउने भएर त्यही (सु) पराललाई हाम्रा पुर्बजहरूले दिगो रूपमा उचित ढंगबाट परिचालन गरि आफु संग भएको सीप र ज्ञानको प्रयोग गरि शब्द सुकुलको पूर्ण स्वरूप दिन हाम्रा पुर्बजहरू सफल हुनुभएको जस्तो लाग्छ  |

    सदियौंदेखि नै कान्तिपुर व्यापारको केन्द्र भएकोले कान्तिपुरका वासिन्दाले यस कामलाइ निरन्तरता नदिएको र पाटन वासीले मात्र निरन्तरता दिएको देखिन्छ भने बिकासको क्रम संग संगै पाटनवासीले पनि यस कामलाइ निरन्तरता नदिई ब्यापार र ब्यबसाय तिर लागेको देखिन्छ र यस सुकुल बुन्ने काम छोडेको पाइन्छ | अन्त त सिद्धिपुर थासिका वासिन्दाहरूले यस  पुर्खाको कार्यलाई हाल सम्म निरन्तरता दिइरहेका छन् |यसको मतलब यो होइन कि सुकुलको पूर्ण रुप  सिद्धिपुर थसी बाट  नै भएको हो भन्न मिल्दैन किन भने सन्ध्या टाइम्स साप्ताहिक पत्रिकामा बिपिन कपालिद्वारा लिखित 'थसिको एक इतिहास ' भने लेखमा सिद्धिपुर थासिका वासिन्दाहरू पाटन बाट बिस्थापित भएर गएको भने कुरा उल्लेख गरेको छ ,यसको मतलब  हाम्रा पुर्खाहरूले सुकुलको पूर्ण रूप थसिमा बिस्थापित हुनु भन्दा अघि नै गरिसकेको रहेछ भने कुराको पुस्टि हुन् आउछ |

        यद्धेपि सिद्धिपुर थसी भन्दा बाहिर छिमेकी गाबिसहरूमा पनि सुकुल बुन्ने काम नगर्ने होइन गरिन्छ जस्तो कि कतै ताल बाट प्राप्त भएको गुदं थुतेर पनि सुकुल बनाइन्छ त कतै मकैको खोस्ता बाट पनि सुकुल बनाइने गरिन्छ, तर सिद्धिपुर थसिमा जस्तै व्यापारिक तरिकाले गरेको पाउदैन | गलैचा लगाएत अन्य बिच्छायाउने सामाग्रीहरूका कारण यस गाउँको सुकुलमा केहि मात्रामा ह्रास आएको कुरा सिद्धिपुर वासीलालाई थहा भएकै कुरा हो यदि यसलाई सम्बन्धित निकायले समयमै ध्यान नदिने हो भने एकादेशमा एकजना राजकुमारको कथा
जस्तै सुकुल पनि एकादेशको कथा झैँ हुन् केहि बेर लाग्दैन होला |

Comments

Popular posts from this blog

बिक्रम सम्बत २०७० साल फागुन १६ गते नेपाल सम्बत ११३४ सम्झनाका फोटोहरू

य: मरी पुर्णिमा र य:मरीको बारेमा पुनर लेखन गर्न ढिला भएन र ?

आदिनाथको उत्पति र सिद्धिपुर थसी