गठेमंगल घंताकर्ण


                         गठेमंगल घंताकर्ण
                        

-- नन्द बहादुर महर्जन     
प्राचिन समयदेखि नेवाहरू आफ्नो मुख्य पेशाको रूपमा खेती काम गर्दै आइरहेका छन् र ब्यबहारमा पहेला देखि नै नेवाहरूले समाज्बाद्लाई मानेर अगाडी बढिरहेका छन् | शायद त्यही भएर होला नेवा समुदायहरूले मनाउने गरेका हरेक चाडपर्ब , संस्कृत र परम्पराले सीधा समाजलाई प्राथमिकता दिएको पाइन्छ भने जुन समाज राष्ट्र र राष्ट्रिय स्वाभिमानका लागि अनि गौरबका लागि अत्यन्त आवश्यक पर्दछ | जुन समाजको प्राचिन इतिहास ,परम्परा ,धर्म ,संस्कृति र रितिरिवाज हुदैन त्यो समाजको कुनै अस्तित्व हुदैन र रास्ट्रको पनि |  उपत्यकाका गाउँहरू मध्ये सानो गाउँ भए पनि यस्ता थुप्रै प्रचीन इतिहास ,धर्म , संस्कृति ,परमपरा र रितिरिवाजलाई बोकेर अहिले सम्म जिउदै उभिएको छ सिद्धिपुर( थसि ) सानागाउँ | सिन्ख लाई ( म्ह्ये मचा नख: ) छोरीको पर्ब भन्ने गरिन्छ भने सिनाज्या: सिद्दिनासाथ मनाउने पर्वलाई गथामुग: जसलाई काय मचा नख : छोराको पर्ब भन्ने गरिन्छ | गथामुग पर्ब आ:आफ्नो घर ,टोल अनि चोकहरू सफाई गर्ने आभियानको रूपमा मनाउदै आइरहेका छन् | यहि चाड बाट नै अन्य चाडहरूको सुरुवात हुने गर्दछ त्यसैले सिठी नख पछी थन्काएर राखिएका सबै प्रकारका बाजागाजहरू विधिवत रूपमा यसै दिनको भोलिपल्ट देखि बजाउन सुरू गरिन्छ भने गथामुगको भोलि पल्ट देखि  विधिवत रूपमा लाखे नाच  नचाइन्छ भने , गुलां धर्म र अरू चाडपर्बहरू क्रमिकरुपमा सुरू हुने गर्दछन |
      प्रचीन समय देखि नै नेवाको ज्यापु जातिहरू धेरै मेहनती र कडा परिश्रमीका रूपमा चिनिदै आइरहेकका छन् | धेरै समय पहिला हिजो आज जस्तो खेत खन्न मेशिन औजारहरू थिएन ,दुइ पाखुराको भरमा मात्र खेती कामहरू गर्नु पर्दथ्यो जुन बेला साह्रो गार्होको धेरै महसुश हुन्थ्यो अनि फेरी बर्षा भएर खेतमा पानीले जलमग्न हुन्थ्यो जसले गर्दा थकान सकानहरूलाई बिर्सेर काममा हिड्ने गर्दथ्यो भने अकस्मात कोहि मान्छे मारी हाल्यो भने पनि  मरेको मान्छेलाई सुकुलमा बेरेर छिडीमा उभ्याएर समेत काममा हिड्नु पर्दथ्यो | हेरक दिन खेतमा जानु पर्ने भएर आफ्नो घर , बहाल , टोल र चोकहरू सफाई गर्न भ्याइदैन् थियो सिना:ज्या सम्म | माना रोपेर मुरी फलाउने भएर यो बेला किसानहरू मरी मरी काम गर्ने गरिन्छ (सिना:सिना :ज्या याये मागु ) |
      यसै थकानलाई मेटाउन सिना:ज्या सके पछी श्रावण चतुर्दशीका दिन उपत्यका लगाएत यस सिद्धिपुर थसि का सम्पूर्ण गाउँवासीले आ आफ्नो घर बढार कुदार गरि लिपपोत गरि , बहाल , टोल र चोकहरू सफाई गरि बेलुकापख सबै परिवाजनरू बसेर भोज खानको लागि अनेकौ प्रकारका गेडागुडी र मासुका परिकारहरु तयार पारिन्छ | भनिन्छ पहिला पहिला आजको दिन बिहान सबै जना फलामे औँठी किन्नमै व्यस्त हुन्थे रे जसलाई चर्हे औंठी भन्ने गरिन्थ्यो | आज चर्हे औँठी लगाउनाले भूत प्रेतले छुन सक्दैन भन्ने जन विश्वास पाइन्छ | बिहानै देखि बच्चाहरू दिन भरि दोबाटो या चौबाटोमा आउने बटुवाहरू बाट जगात अर्थात कर उठाइने गरिन्छ |  
        नेपाल मण्डलाका सम्पूर्ण नेवाहरूले मनाउने यस चाड गाउँ ठाउँ अनुसार आ आफ्नो तरिकाले मनाउने गरी आएका छन | यस्तै सिद्धिपुर थसिका वासिदाले पनि प्रचीन समय देखि आफ्नै तरिकाले मनाउदै आइरहेका छन | पहिला पहिला सिना:ज्याका कारण आफ्नो घर , बहाल ,चोक , अनि टोल सफा गर्न नभ्याएकाले त्यहाँ विभिन्न प्रकारका झारपातहरू उम्रिने गरिन्थ्यो जसले गर्दा घर अगाडी टोल अनि बहाल र चोकहरू डर लाग्दो देखिन्थ्यो त्यही झारपातहरूलाई आजको दिन सर सफाई गरेर भूत मानेर बाल्ने र फाल्न लाने गरिन्थ्यो | तर आजकल त्यति साह्रो घर , बहाल , चोक र टोलहरू फोहर नभएका कारण आजको दिन फाल्न र बाल्नको लागि चाहिने झारपातहरू  लिन  बिहानै उठेर नुहाएर टाढाको जंगलमा गएर घाँसपातहरू ल्याउने गरिन्छ जसमा सिस्नु (न्हायंक ),थकल काँडा (च्वाकं), आरुको हाँगा (वसी काचा ) फ्युंको हाँगा (फोसिं काचा ), धैसिकाचा ,काँक्रोको पात ,फर्सीको पात ,कर्कलाको पात , र  बकमाको पात पर्छन | नर्कट बाट तीन खुट्टाले टेक्ने गरि गाउँ भरिको दोबाटो चौबाटोमा गथामुग उभ्याइएको हुन्छन भने बिचमा दुइटा कानमा घण्टा झुन्द्याइएको एउटा भयानाक राक्षसको अनुहार टाँसिने गरिन्छ , अनि घर बाट बच्चाबच्चिहरूले थाङ्नाका पुतलीहरू बनाइ गठेमंगलमा झुन्द्याएका हुन्छन | समयको परिबर्तन संगै यी सब हराइसकेका छन् |

      सांझा पख (प्यता घासा) चार थरिका खाना सलिंचामा (रक्सि पिउन बनाएको माटोको भाडो)  राखी भूतलाई छुट्याई सके पछी परिवारको सबै जना मिलेर भोज खाने गरिन्छ , पछी त्यही सलिंचाको खानालाई क्योना (द्द्यो : ना लप्ती )को पातमा राखिन्छ सिस्नु , आरुको पात.....सबै पातहरू तह तह  मिलाएर छ्वालीमा राखी तीन तहको २ वटा देउता बनाइन्छ |दोबाटो चौबाटोको लागि ठुलो अनि पिखा लाखीको लागि सानो खाले बनाइन्छ | छ्वालीको देउता फाल्नु अघि घर मुलिले पालामा तेलबत्ती वाली उक्त गथामुगलाई जलाएको रुपमा छ्वाली बाली घरको कुना काप्चामा कुटोले कोट्याई त्यस ठाउँमा सरसियो (ईका:पोका )राखी गाईको गोबरले टालेर पालाको दियोले ३ पटक ठत्याई आजु द्द्यो हा ......भन्दै अर्कोले क्यानको पातलाई एक हातले समाती छ्वालीको देउताको राकोले भुतप्रेतलाई धपाउने गरी नबोलिकन घरका सबै कोठाहरूमा देखाई बाहिर लगि दोबाटोमा या चौबाटोमा फाल्ने गर्दछन् । त्यसको पछि पछि अर्को एकजना छ्वालीको सानो मुठ्ठ लिएर भुइँ छोएर (तुफी लुया )बढारे सरह गरेर आफ्नो घर आगाडिको कुमारको मण्डप (पिखा लखी)मा राखिन्छ | त्यस प्रेत आत्मालाई फाली आउनेलाई गथामुगया न्हयेस्काएअर्थात् दागबत्ती दिई सतगत गर्ने सम्झी जिस्काई पठाउने गर्दछन् । लुटो फाली फर्किसकेपछि हातगोडा धोई आगोमा सेकाई छिंडीमा वा मातं मा राखेर चिपं थिकेगु भनेर केहि खाने कुरा छ्वेला, ऐला खाई हातगोडा धोई माथि जाने गर्दछन् |  आज मन्त्र तन्त्र गरेका तीन खुट्टे वा पाँच खुट्टे किलाहरू घरको मूल ढोकामा ठोक्ने चलन थियो |  
for comment ..nanda7sak2002@yahoo.com 

Comments

Popular posts from this blog

बिक्रम सम्बत २०७० साल फागुन १६ गते नेपाल सम्बत ११३४ सम्झनाका फोटोहरू

य: मरी पुर्णिमा र य:मरीको बारेमा पुनर लेखन गर्न ढिला भएन र ?

आदिनाथको उत्पति र सिद्धिपुर थसी