सिठी न;ख अर्थात पानी दिबस्००००००००००००

        यस वर्ष कुमार देवताको पूजास'गै इनारसमेत सफा गरे । कारण थियो मंगलबार परेको सिठी नखः पर्व । वषार्ंै पुरानो इनार गत वर्ष पनि सिठी नखः मै सफा गरिएको थियो र यसपालि पनि ।  घरपरिवारले प्रयोग गर्दै आएको इनार अन्य बेलाभन्दा यसै दिन सफा गर्ने परम्परा छ ।

उपत्यका नेवार समुदायले सिठी नखः लाई सरसफाइ र विशेषतः पानीका स्रोतको सफाइ गर्ने दिनका रूपमा लिने गरेका छन् । 'यसले हाम्रा पुर्खाहरू खानेपानीको जोहो गर्न कतिसम्म लालायित थिए भन्ने दर्साउ'छ,' संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भने, 'त्यसको निरन्तरता स्वरूप सिठीलाई विशेषगरी पानीस'ंगै सम्बन्धित दिनका रूपमा लिइने गरिन्छ ।' यो दिनलाई पानी दिवसका रूपमा समेत मनाउने गरिन्छ ।

वषर्ा ऋतु आगमनस'गै कुमारको जन्मोत्सवका रूपमा मनाइने यो चाडमा इनार, कुवा, पोखरी, ढुंगेधारा आदि सरसफाइ गरी पानी र वातावरणलाई स्वच्छ राख्ने परम्परा छ । अहिले हराउ'दै जान लागेको यो परम्परालाई निरन्तरता दिन खानेपानी र सरसफाइका लागि काम गर्ने गैरसरकारी संस्थाहरूले सहयोग गर्दै आएको वाटर एडकी सञ्चार लैंगिक अधिकृत अनिता प्रधानले बताइन् । 

इनार र पानीका स्रोतहरू सरसफाइ गर्ने प्राविधिक सल्लाह, इनार सफा गर्दा अपनाउनुपर्ने सतर्कता साथै खानेपानी र त्यसको स्रोतलाई सधैं सफा र शुद्धीकरण गर्नुपर्छ भन्ने जनचेना जगाउने काम खानेपानी सरसफाइका लागि गैरसरकारी संस्था मञ्चले सहयोग पुर्‍याइरहेको छ । सैन्य तथा सामरिक दृष्टिकोणले सिठी पर्व महत्त्वपूर्ण छ भन्ने प्रमाणका रूपमा भक्तपुरको दरबार क्षेत्रको यक्ष मल्लको नेपाल संवत् ५७३ को शिलापत्र दरिलो स्रोत हो । शिलापत्र पूर्व कालमा भक्तपुर दरबार क्षेत्रमा नभई भक्तपुरभित्र अन्यत्र स्थापित शिलापत्र हो । वि.सं. १९९० सालको भूकम्पपछि मात्र यहा' राख्न लगाइएको हो । यो शिलापत्रले सिठी पर्व र त्यस दिन गर्नुपर्ने थुप्रै विधिविधान, दण्ड र जरिवानाबारे उल्लेख छ । 'यक्ष मल्लको पालासम्म नेपाल मण्डलको राजधानी भक्तपुर भएको हु'दा भक्तपुर राजधानीलाई लक्षित गरी यो शिलापत्र राख्न लगाएको प्रस्ट हुन्छ ।  पर्खाल वा ढोकास'गै कोट गढ तथा खाइसमेत भएको देखियो । जहा' हरहमेसा हातहतियारले सुसज्जित सैन्यहरूले पहरा दिन्थे ।'

भक्तपुर नगरको वरिपरिको पर्खाल, ढोका, गढ, कोट, खाइको वर्षको एकपटक मर्मत सम्भार यही सिठीसम्म गरिसक्नुपर्ने महत्त्वपूर्ण नियम शिलालेखमा उल्लेख छ । खाइ र पर्खालहरू दुरुस्त बलिया बनाउने, गढ, कोट र ढोकाको छाना मर्मत गर्ने काम सिठीसम्ममा सकिसक्नुपर्ने प्रावधान रहेको धौभडेलले बताए ।

नेवार समुदायले सफाइका साथै शिवपुत्र कुमारलाई मास, मुङ र सानो केराउको बाराका साथै चटामह्री, चौमह्री चढाई पूजा गरेर नेवारहरूले सिठी नखः मनाउ'छन् । जेष्ठ शुक्ल षष्ठीका दिन सिठी नखः भनी धुमधामस'ग मनाउने चलन छ । नेवारी संस्कृतिमा वर्षभरि विभिन्न चाडपर्व मनाउने चलन भए तापनि वर्षको अन्तिम चाड मानिन्छ ।

मार्कण्डेय शिव पुराणअनुसार यो ६ वटा शिरसहितका कर्तिकेय कुमारको जन्म भएको दिन हो । त्यही भएर यो दिन कुमार षष्ठीबाट चिनिन्छ । 'यो चाड मातृदेवीभन्दा पीतृ देव अर्थात पुरुषदेवको पर्व हो ।

सिठीको अर्को एउटा महत्त्वपूर्ण विशेषता यो दिनबाट सिन्हाज्या रागमा गीत गाउने हो । सिठी अगाडिसम्म कौला रागमा गीत गाउनेमा सिठीबाट सिन्हाज्या राग सुरु हुन्छ । यसबाट एउटा संकेत के मिल्छ भने सिठीबाट वर्षको रोपाइ' भयो । परापूर्व कालमा सिठीबाट नै भःकायगू भनी गथामुगसम्म अश्लील गीत गाइथ्यो ।

बूढापाकाहरूमा यसरी भःकायगू गर्दा यसको आवाजले भ्यागुताहरू पनि स'गस'गै कराउ'छन् भन्ने धारणा छ । भ्यागुता कराएपछि वषर्ा हुन्छ भन्ने मान्यता छ ।


प्रकाशित मिति: २०६८ जेष्ठ २८ ०८:१० मकर श्रेष्ठ

Comments

Popular posts from this blog

बिक्रम सम्बत २०७० साल फागुन १६ गते नेपाल सम्बत ११३४ सम्झनाका फोटोहरू

य: मरी पुर्णिमा र य:मरीको बारेमा पुनर लेखन गर्न ढिला भएन र ?

आदिनाथको उत्पति र सिद्धिपुर थसी