Posts

Showing posts from June, 2012

........सिद्धिपुर थसी गाबिस.का किसानहरूले असार महिना भीत्र गरिने केही अनोठा कृयाकलापको बारेमा थाहा पाई राखे कस्तो होला.............................?

Image
.......... सिद्धिपुर थसी गाबिस.का किसानहरूले असार महिना भीत्र गरिने केही अनोठा कृयाकलापको बारेमा थाहा पाई राखे कस्तो होला..... ........... .............? हरेक गाउ ठाउँ को आफ्नै छुतै परीचय हुन्छ, आफ्नै परम्पराहरू हुन्छ परम्पराहरू हुन्छ । उपत्यकाका नेवारहरूले आफ्ना छुतै मौलिक परम्परा र पहिचान लाई आजका दिन सम ्म बचाएर राखन सफल भएका छन। यसै क्रममा ललितपुरको सिद्धिपुर (थसि) का किसान हरूले पनि आफ्नो मौलिक पहिचान लाई आज सम्म जिबित राख्न सफल भएका छन । सिद्धिपुर थसी को वासिन्दा भएको नाताले आज म सिद्धिपुर थसी गाबिस.का किसानहरूले असार महिना भीत्र गरिने केही अनोठा कृयाकलापको बारेमा लेख्न कोशीस (जमर्को ) गरेको छु । किसानहरू साचै नै परिश्रीमी र मेहनेती हुन्छन, किसानहरूले खेतको काम कहीले सकेको हुँदैन्, हेरनु न भरखर मात्रा त्यस्तो तन्तालापुर घाममा दिन भर गहु कातेर थकान मेत्न पाएको छैन अर्को काम अगाडि आएर उभीसकेको हुन्छ, ब्याड बनाउने र बीउ छर्ने काम, धान रोप्ने, गोड मेल गर्ने, धान कात्ने, फेरी खेत खन्ने, गौ छरने…………………….. यहाँका जेष्ठ नाअगरिकको भनाइ अनुसार ……. 1) आईतवार र बुधवार बीउ छरनु हुँदैन भने भ...

“ घुम “ र ” असार ” ........

Image
            “ घुम “ र ” असार ”   यि दुई बिच    एक अर्कामा   घनीस्थ सम्बन्ध जोडेको    छ , जब   असार महीनामा आकाश कालो बादलले मडारिएर गद्याङ गूड्याङ गर्न सुरू गर्न थालछ , तब किसान घरको छीदिमा या बैइगलमा एक बर्ष देखी थन्काएर राखेको घुमलाई खोज्न   हतारीन्छन , त्यो आवाजले किसान हरूलाई एकतर्फ असारको सन्केत दिएको हुन्छ। जस्ले गर्दा किसान पुरानो   “ घुम ”   र   असारमा   प्रयोग हुने औजारहरू कस्तो अवस्थामा छ राम्रो या नरमो   , राम्रा भए त्यही चलाऊने , नराम्रो भए अर्को नयाँ   किने सोच विचारमा लाग्छन । जस्मा “ घुम “ पनि एक हो जुन असार महिना को लागि नभए नहुने बस्तु हो । असारको बेला घामपानी बाट बच्नको लागि प्रयोग गरीन्छ साथ साथइ   खाने कुरा हरू पनि छोपेर राख्न घुमको प्रयोग गरीन्छ । यती धरै   महत्व भए रै होला किसानहरू असार सुरू भयो की    घरमा भएको    पुरानो घुमलाई ...
Image
हो हो रे हो हो हो हो हो रे हो हो हो रातोलाई भन्नु त्यो रातो माटो पहेंलो बेसार एता नी पानी उता नी पानी लागे छ असार हो हो रे हो हो हो हो हो रे हो हो हो कालो मेघको खास्टो ओढेर प्रकृतिले जब झमझम बर्षा बर्षाउन थाल्छिन् अनि सुरु हुन्छ किसानहरुको महान पर्व असारे रोपाइँ । मुठी खाएर मुरी उब्जाउने सिर्जनाको याम हो असार, कामको चटारोले क्लान्त भए पनि मन नथाक्ने उत्साहको याम हो असार । त्यसैले त असारे निर्झरमा रुझेर हरेक बर्ष किसानहरु रोपाइँको आनन्द लुट्ने गर्दछन् । भनिन्छ असारमा रुझ्नुको आनन्द किसानहरुलाई मात्र थाहा हुन्छ ।  असार नेपालीहरुको निम्ती सांस्कृतिक रुपले पनि त्यतिकै महत्वपूर्ण छ । असार र रोपाइँसँग जोडिएको सांस्कृतिक सम्बन्धलाई केलाउने हो भने हामी भन्न सक्छौं-असार एकता सद्भाव र सहयोगको पर्व पनि हो । असारे रोपाइँमा छिमेकीहरु पर्म लिने दिने गर्दछन् । एक दिन एक घरको रोपाइँमा गाँवै उल्टिन्छ अर्को दिन अर्को घरको रोपाइँमा सबैजना त्यसैगरी पुग्छन् । छर-छिमेकी बीचको यस्तो सम्बन्ध अरुबेला बिरलै देख्न पाईन्छ । अर्कोतिर असारको बेग्लै चिनारी पनि छ, नेपाली संस्कृतिमा । हली र बाउस...