........सिद्धिपुर थसी गाबिस.का किसानहरूले असार महिना भीत्र गरिने केही अनोठा कृयाकलापको बारेमा थाहा पाई राखे कस्तो होला.............................?

थाहा पाई राखे कस्तो होला................
हरेक गाउ ठाउँ को आफ्नै छुतै परीचय हुन्छ, आफ्नै परम्पराहरू हुन्छ परम्पराहरू हुन्छ । उपत्यकाका नेवारहरूले आफ्ना छुतै मौलिक परम्परा र पहिचान लाई आजका दिन सम्म बचाएर राखन सफल भएका छन। यसै क्रममा ललितपुरको सिद्धिपुर (थसि) का किसान हरूले पनि आफ्नो मौलिक पहिचान लाई आज सम्म जिबित राख्न सफल भएका छन । सिद्धिपुर थसी को वासिन्दा भएको नाताले आज म सिद्धिपुर थसी गाबिस.का किसानहरूले असार महिना भीत्र गरिने केही अनोठा कृयाकलापको बारेमा लेख्न कोशीस (जमर्को ) गरेको छु ।
किसानहरू साचै नै परिश्रीमी र मेहनेती हुन्छन, किसानहरूले खेतको काम कहीले सकेको हुँदैन्, हेरनु न भरखर मात्रा त्यस्तो तन्तालापुर घाममा दिन भर गहु कातेर थकान मेत्न पाएको छैन अर्को काम अगाडि आएर उभीसकेको हुन्छ, ब्याड बनाउने र बीउ छर्ने काम, धान रोप्ने, गोड मेल गर्ने, धान कात्ने, फेरी खेत खन्ने, गौ छरने……………………..
यहाँका जेष्ठ नाअगरिकको भनाइ अनुसार …….
1) आईतवार र बुधवार बीउ छरनु हुँदैन भने भनाइ रहेको पाईन्छ ।
२). असार महिनाको लागि चाहीने धानको बीउ घोडेजात्राको दिन घाममा सुकाउने परम्परा हाल सम्म पनि यथावत नै छ। त्यसैले घोडेजात्राको दिन गाउ भरी धानको बिउ सुकुलमा राखेर सुकाउने गारिन्छ।
३). बीउ राखेकै बार धान रोप्न मील्दैन भन्नी भनाइ पनि र छ। बीउ हालेको बार, धान रोपेको बार र धान कातने बार एकै दिन पर्यो भने धान कम फल्छ भने भनाइ रहीआएको पाईन्छ । त्यसैले बिउ हालेको बार रोपाइ गरनु छ भने त्यसको एक या दुई दिन अगाडि खेतको सानो कुनामा खेत सम्याएर धान को बीउ आईमाईहरूले सीउन्दोमा सिउर्ने र बुढापाखाहरूले कानमा सिउरेर रोपाइको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाईंको श्रीगणेश गरिन्छ। नेवारीमा ‘डिं: ज्व्:ने:गु:’ भनीन्छ ।
4.) छोरी बेतिको यसपल बिहेबारी गरेको छ र यस पालिको मेला पातमा (रोपाइमा) छोरी माइतिको मेला-पात मा आउँदै छीन भने ज्वाँईले सुपारी लिएर आउनु पर्ने चल्न छ र ससुरालमा पहिलो रोपाइ नयाँ बुहारी को हातबाट गराइने चलन छ भने रोपाइको अन्तिम दिन नयाँ बुहारीले नै बिसर्जन गर्ने चल्न छ। बिसर्जन गर्ने समयमा अन्तिम धान रोपेर दक्षिण चढाएर हिलो पानीले छ्यापने परम्परा हाल सम्म पनि कायम नै छन। जसले दक्षिणा लिन्छ त्यस्ले भरे साझ घरमा खाना खाइसकेपछी सबैलाई सोही पैसाले कोसेली सोरूप पान्, सुपरि, चकलेत हरू किनेर खुवाउने चल्न छ।
5. रोपाइको बेला ब्यादमा बसेर धान को बीउ फाल्नु हुँदैन भन्ने चल्न पनि छ (कथमकदाचीत ब्याद मा बसेर फाली हाल्यो र बीउ को मुथाले श्वासनिमान्छेको शरीरमा लाग्यो भने बच्चा ब्याउछ भन्ने गल्त भनाइ पनि छ। हुन त यो भनाइ कुनै किसीमबाट पनि मिल्दैन। मेरो बेचारमा यस्तो लाग्छ,
प्राचिन समयमा धान रोपाइको बेला रोपाहरूको कमी हुन्थे र एक जनालाई धानको बीउ उखाल्न जिम्मा दिएको हुन स्क्छ या त त्यो ब्यक्ती अल्छि हुनुपर्छ या त उसले भ्याउन नसकेर ब्याद मा बसेर धान को बीउ फालेको हुनुपर्छ (हुन त धान को बीउ उखाल्न नजानेलाई त साह्रै गार्हो हुन्छ) र पर सम्म फाल्दा परालले बांधेर राखेको धानको बीउ फुस्केर सबै बीउ यत्र तत्र छरेको हुन सक्छ जस्ले गर्दा समय को नोकसानी, बीउको नोकसानी भएको र अर्को धानको बीउ फाल्दा रोपाहरूलाई पानीका छीताहरू पर्ने भएर बुढापाकाहरूका कुरा नमानेका हुन सक्छन, त्यसैले यस्ता डरहरू देखायो भने पकै मान्छ भन्ने हिसाबले “ धानको बीउ फाल्नु हुँदैन फाल्यो भने यस्तो हुन्छ ” भन्ने भनाइको शुरूवात भएको जस्तो देखीन्छ । तपाइहरूको विचारमा कस्तो लाग्छ ?
6) ब्याडमा बसेरधानको बीउ फल्यो भने बीउले भ्याउन सक्दैन भन्ने भनाइ रहेको पाईन्छ ।
7) ब्याडमा बसेर धान को बीउ कात्नेलाई अटल पहिला दिने प्रचलन छ
8 )रातो मछिन्द्र नाथ धान सँग प्रत्यक्ष सम्बन्ध भएकोले भोटो जात्रा देखाउने दिन रोपाइ गर्नु हुँदैन भने भनाइ पनि रही आएको पाईन्छ ।यो दिन धान रोपयो भने फुस्रो धान फल्छ भने भनाइ रहेको पाईन्छ ।
Comments
Post a Comment