म्हपूजा एक परिचय ....


म्हपूजा एक परिचय
विश्व भरि मान्छेले मान्छेलाई पूज ागर्ने प्रचलन नेवार समुदायको मात्रै रहेको छ । यस पूजाको प्रमुख आकषर्ण मानिस पनि देवता नै हो भन्ने विश्वास र मनोविज्ञानका साथ तान्त्रिक विधिद्धारा आफ्नो आत्माको पूजा गर्नु हो । तान्त्रिक
 युगको सुरुवातसँगै जसरी देवदेवीका लागि यन्त्रद्धारा आह्वान गरिन्थ्यो, त्यसैगरी नेवारहरु प्रत्येक मानिसका लागि पनि वर्षको एक दिन आश्विन शुक्ल प्रतिप्रदाको दिन मण्डलाकार यन्त्रलाई पुज्ने चलन छ । यस पूजामा शरीरको लम्बाई बराबर सेतो कपडा च्यातेर मसिनो काठमा बेरेर बालिन्छ । त्यस्तै कहिल्यै नविग्रने ओखर, बिमिरोलगायत देवीदेवतालाई चढाउने पासुका(बाटिएको धागो), जजन्का(सातवटा बाटिएको जनैजस्तै माला) लगाएर आफूलाई सुरक्षित महसुस गर्ने पूजा नै म्हपूजा हो । म्हपूजा कहिलेबाट सुरुभयो भन्ने इतिहास हेर्दा एक हजार दुई सय ७७ वर्ष भएको सस्कृतविदहरुको अनुमान छ । विसं ७९० देखि तत्कालीन नेपालमण्डलमा रेहका नेवारहरुले म्हपूजा प्रचलनमा ल्याएको उनीहरुको अभिमत रहेको छ । त्यस समय नेपालमण्डलमा लिच्छवि राजा जयदेव द्धितीयले शासन चलाईरहेको समयमा पश्चिम भारतको बेतियाबाट नेपालमण्डलमा आई यहाँका आदिवासी नेवारहरुमाथि राज गरेका थिए । उनै जयदेव द्धितीयको पालामा नेपालमण्डलमा ठूलो प्राकृतिक प्रकोप आएको इतिहासमा उल्लेख छ । उक्त प्रकोपले नेपालमण्डलमा धेरै धनजनको क्षति भएको थियो । संस्कृतिविद् ओमप्रसाद धौबधेल भन्छन् । यस प्राकृतिक प्रकोपबाट बचेको खुशीयालीमा आफैँलाई पूजा गरेको र कालान्तरमा म्हपूजाको रुपमा विकास भइ यद्यपि प्रचलनमा आएको हो । नेवार समुदायमा अहिले पनि कुनै प्राकृतिक प्रकोप वा दुर्घटनाबाट जोगिनसके वा बचेमा यसबेला कोही अन्डा त कोही दहीको सगुन लिने गर्छन । यो पनि म्हपूजाकै एउटा रुप भएको संस्कृतविद् ओमप्रसाद बताउँछन् । नेवारहरुमा म्हपूजापछि अरु चाडबाड र शुभकार्यमा जस्तै भोज खाने प्रचलन छ । अरु बेलाजस्तै यो बला खाने भोजमा कुनै विविधता नभएर पनि यसबेला दिइने खेंस्वगं(अन्डाको सगुन ) ले धेरै अर्थ राख्छ । उक्त सगुनका लागि अण्डासँगै माछा र अदुवाको सगुन रक्सीसँगै लिनुपर्ने चलन छ । यसरी सगुन लिँदा तीनपटक रक्सी जुठो हाल्नुपर्ने र प्रत्येक पटक रक्सी थप्नुपर्ने मान्यता छ । तीनपटक रक्सी थपी खानुले त्रिभुवन जमिन, आकाश र पातालको संज्ञा दिने संस्कृतिकमीहरुको मान्छन् । यसरी सगुन लिइसकेपछि मात्रै भोज खाने गरिन्छ । सगुन म्हपूजाको क्रममा बालेको दियो निभ्नुअगावै खानुपर्ने प्रचलन छ । म्हपूजाका क्रममा बाल्ने उक्त दियो जति लामो समय सम्म बल्छ, त्यति नै उनको आयु लम्बिने जनविश्वास रहेको ाछ । त्यसैले मानिसको लम्बाइबराबरको दियो बनाएर म्हपूजामा बाल्ने गरिन्छ । नेवारी परम्परामा आगोलार्य शुभ मानिन्छ । त्यसैले हरेक पूजामा बत्ती बाल्ने गरिन्छ ।दियो नभए सुकुन्दा बालेर भए पन िपूजा गर्ने गरिन्छ ।

by..कल्पना महर्जन

Comments

Popular posts from this blog

बिक्रम सम्बत २०७० साल फागुन १६ गते नेपाल सम्बत ११३४ सम्झनाका फोटोहरू

य: मरी पुर्णिमा र य:मरीको बारेमा पुनर लेखन गर्न ढिला भएन र ?

आदिनाथको उत्पति र सिद्धिपुर थसी