सान्स्क्रीतिक प्रीस्ठ भुमिमा सानागाउ (थसि) सिद्धिपुर "
" सान्स्क्रीतिक प्रीस्ठ भुमिमा सानागाउ (थसि) सिद्धिपुर " By..Nanda Bahadur Maharjan
सिद्धिपुर नेपालको बागमती अञ्चलको ललितपुर जिल्लाको एक गाँउ विकास समिति हो।
भौगोलिक बनोटको आधारमा नेपाल लाई पाँच बिकास क्षेत्र, १४ अञ्चल ,७५ जिल्लामा छुत्याईेएको छ। बागमति अन्चलको मध्यमाञ्चल बिकास क्षेत्र काठमान्डो उपत्यकाका तीन जिल्ला मध्ये ललितपुर दोस्रो महत्वपूर्ण जिल्ला हो। यस जिल्ला अन्तर्गतका ४१ गाबिस मध्ये सांस्कृतिक परम्पराको प्राचिन एतिहसिक गाउँ हो - थसि,सानागाउँ, सिद्धिपुर………। ललितपुरको ४१ गाबिस मध्ये ललितपुको मंगलबजार हुँदै तेटा स्तुपा चक्रपथ ग्वार्कोबाट पुर्व दिशामा करीब ३.२ कि.मी पुर्व र काठमाडौं बाट करीब ७ कि.मी. दुरिमा रहेको पुरानो बस्ती थसि, जस्को बारेमा अनेकौ आख्यान जोडिएको साँस्कृतिक, एतिहसिक गाउँ मानिन्छ, अर्थात उपत्यका भीत्र कमै मात्रा मौलिकता बेथोलीएको वरिपरी गाउँ नै गाउँले घेरीएको, बिचमा शान्ता र स्वच्छ बातावरणमा अवस्थित गुच्च मुच्च परेको यो गाउँ , थुप्रै रङगहरू समेत्दै पुराना र नयाँ इटाको रातो, सेतोपना अनी गगनलाई छुन खोज्ने नयाँ नयाँ पिलरका खम्बाहरू, दुर्लभ हुँदै गइरहेका क्वारर क्वारर आवाज आउने हुक्का साथै रातो , खैरो र सेतो छ्याङग अनी “ ला: छकु: व छकु: समय बजी “ जस्ता सांस्कृतिक परम्पराको प्राचिन एतिहसिक गाउँ हो -थसि, सानागाउँ अर्थात सिद्धिपुर………। धर्म, भाषा, भेषभुषा, संस्कृतिक, चाडपर्ब अनी रितिरिवाजमा धनी गाउँ हो – थसि…। यस गाबिसको पूर्वमा लुभु, पश्चिममा ईमाडोल, उत्तरमा टिकाथली र दक्षिणमा हरिसिद्धि, ठैब, गोदामचौर गा. बि. स. रहेको थसी समुद्री सतहबाट १३७२ मिटर उचाइमा रहेको छ। थसी कुल क्षेत्रफल ४७८६ रोपनी रहेको थसि जस्लाइ ९ वटा वडामा विभाजन गारिएको छ भने आर्थिक बर्स २०६३ को सिद्धिपुर खानेपानी तथा सरसफाइ उप्भोक्ता सस्न्था द्वारा प्रस्तुत तथ्यान्क अनुसार यस सिद्धिपुर्(थसि)को जनसन्ख्या ६०६४ जना छन् । जस्मा पुरुस ३०९९ जना र महिला २९६५ जना छन् भने घर सन्ख्या १०३५ र परिवार सन्ख्या१३०८ छन् । यस गा बि स लाइ बीसेस गरि पराल बाट बनेको सुकुल बाट चीनिन्छ ,पुरखौ देखि गर्दै आएको सुकुलको काम हाल सम्म पनि कायम नै छ । मानब सभ्यताको प्रारम्भ भए देखी मानबले आफ्नो जिबन सुख, शान्ती र सुबिधाले बिताउनको लागि आ-आफ्नो ठाउमा भएका प्रार्कृतिक सम्पदाको उपयोग गर्दै आफ्नो जिबन यापन सजिलो बनाएको कुरा बिगतका दिन हरूले देखाइसकेकछन भन्दा फरक नपरला जस्तो लाग्छ । हरेक समुदाएका पूर्वजहरूले आफ्नो जिबन यापनका लागि बिभिन प्रकारका आफ्नो समुदाएमा भएका प्राकृतिक श्रोत र साधनको सही तरिकाले उपयोग गरी केही न के ही सिप र ज्ञानको बिकास गरेको पाईन्छ भने युगौ युग देखी मानबले आर्थात् हाम्रा पूर्वजहरूले प्राकृतिक श्रोत साधन तथा सम्पदालाई दिगो रूपमा उचित ढंगबाट परिचालन गरी आ आफ्ना आवश्यकता पुरा गरेको अनुसन्धान कर्ताहरूले स्पस्त पारी सकेको छ । उदाहरणको रूपमा हेर्ने हो भने ग्ग्रामीण क्षेत्रमा बसो बास गर्ने जनताहरू लाई लिन सकिन्छ , ग्रामीण क्षेत्रका जनताहरूमा बिद्यामान सिप र ज्ञान भएका कारण आ-आफ्नो गाउँमा सजिलो तरिकाले पाउने प्रकृतिले बरदान स्वरूप दिएको कच्चा पदार्थहरूलाई आफु सँग भएको सिप र ज्ञानले भ्याए सम्म प्रयोग गरेको देखिन्छ । जुन सिप र ज्ञानले गर्दा थुप्रै ग्रामीण स्थानहरू प्रसिद्ध छन जस्तो कि पाल्पाको धाका टोपि,ललितपुरको हस्तकला,ललितपुर थेचोको खुवा, ललितपुर लुभुको तान बाट बुनेको कपदा लाई लिन सकिन्छ । ललितपुर कै सिद्धिपुर थसीको पराल बाट बनाएको सुकुल , यस सिद्धिपुर थसीका पूर्वजहरूले पनि आफ्नो गाउँमा पराल सजिलै सँग पाउने भएकोले त्यसलाई राम्रो सन्ग उपयोग गरेर आफ्नो सिप र ज्ञानले भ्याए सम्म मेहेनत गरेर पराललाइ सुकुलको पूर्ण रूप दिनुभएको छ जस्ले गर्दा आज यस सिद्धिपुर (थसि) गाउँ सुकुलको गाउँ भनेर सिङो नेपाल भरी चिनिन्छ । यस गा बि स लाइ विभिन्न समय अनुसार विभिन्न नामले चीनिदै आइरहेको छ - १) सिपुर, २) थसि , ३) सानागाउँ र ४) सिद्धिपुर
Comments
Post a Comment