होली पर्व ( फागुपर्व )अबिरया हो ...ले


आजै काठमाडौँको वसन्तपुरमा वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउने प्रचलन रहेको छ ।
उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चिरको खरानीको टीका लगाउने गरिन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मयलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ ।
यसैगरी ललितपुरमा उक्त दिन गाडिएको चिर आजै बागमतीमा लगेर सेलाउने गरिन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने प्रथा छ ।यस्तै यस ललितपुर सिद्धिपुर थसी मा पनि श्रीपञ्चमि देखी फागु पुर्णिमा सम्म सिद्धिपुर का बिभिन बाजा खलकहरू ले सरस्वती पूजा मनाउने गरीन्छ । बाजा बजाइ फागु गीत हरू गाएर पुरा गाउँ परिक्रमा गरी मनाइ सबै जना मिलेर भोज खाने गरिन्छ भने फागु पुर्णिमा को दिन बिभिन थरिका रङहरू एक आपसमा छरी ,युवा तथा बच्चाहरू पानी र लोला एक आपसमा छ्याप्दै खेलिन्छ ।
ललितपुर पुरमा कहिले देखी होली मनाउन सुरू भयो भने बारे भनाइ र बचन यस्तो छ ,प्राचिन समय देखी ललितपुर र काठमाडौंका ब्यापारिहरू ब्यापार को सिलसिलामा ल्हासा आउने जाने गर्द्थे । यसै क्रममा सिंहसार्थबाहु केही सहयोगि साथीहरूका साथ ब्यापार गर्न दिन रात डांडा कांडाहरूको कथिन यात्रा गरी ल्हासा पुगे र त्यही बसी ब्यापार गरी धन जम्मा गरे । पछी सिंहसार्थबाहुले आफ्नी देश फर्किन आग्रह गरे , तर सबै साथीहरू अप्सरा र सुन्दरिसँग भुलिसकेकाले आउन मानेन । बिभिन्न उपाए र जुक्ती गर्दा पनि फर्काउन नसकेपछी दु:ख र चिन्ता गर्दै एक रात बलिरहेको बतिलाई हेर्दै " हे करुणाम य " मलाई शक्ती दिनुहोस मेरा सबै साथीहरू लाई फर्काउन भनी प्राथना गर्नु भएको थियो , यतिकैमा पानसको बती भित्रबाट श्र्श्री करुणामय प्रत्यक्ष प्रकत भई दर्शन दिई आज्ञा भयो , साथी हरू लाई राम्रो सँग सम्झाउनु, सुन्दरिले जती माया मोह देखाए पनि फर्केर नहेर्नु ,जस्ले फर्केर हेर्छ त्यो बाच्दैन । ती सुन्दरीहरू राक्षसानीहरू हुन । करुणामको आज्ञा अनुसार केही साथीहरूलाई मात्र फर्काउन सफल भए , बाँकी त्यही ल्हासामा नै मरे । यसरी बाचेर घर पुगेका उपलक्ष्यमा तिनका परिवार र देशवासिहरूले सिहंसार्थबाहु र उनका साथीहरूलाई अबिर छरेर उत्सब गरी यात्रा गरेको दिन फागु पुर्णिमाको दिन थियो । त्यही दिनको स्मरणमा ललितपुरमा होली खेल्ने प्रचलन चलेको हो भने जेष्ठ नागरिक हरू को भनाइ छ |
by:ललितपुर
दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रहृलादलाई मार्ने उद्देश्यले ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी आˆनी बहिनी होलिकालाई प्रहृलादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रहृलादलाई आगोले छुन नसकेको हिन्दु धर्मशास्त्रहरूमा उल्लेख छ ।
त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा सफल नभई प्राण त्याग्न पुगेकी र निजलाई व्रजवासीहरूले जलाई फागु महोत्सव मनाउने प्रथा चलेको जनश्रुति पनि छ ।
भैषज्यशास्त्रका ज्ञाताका अनुसार राम्रो तरिकाले तयार पारिएका रङ र अबिर छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने र बालिएको चिरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूणिर्माको भोलिपल्ट मनाइने गरिन्छ ।
यस पर्वका उपलक्ष्यमा गत सालको तुलनामा पूणिर्माको अघिल्लो दिनसम्म राजधानीका बजार, टोल, गल्लीहरूमा कुनै किसिमको लोला हान्ने उच्छृङ्खल कार्य भएको पाइएको छैन ।
यस दिन विशेषगरी भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला र पुरुषका समूह आˆनो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् ।
यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा रङ्गिनाका साथै सपरिवार भेला भई तिर हान्ने प्रतियोगिताको आयोजना गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आˆना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो पनि गर्छन् ।
by online khabar
photo by..bhukhyaachha
Comments
Post a Comment