सिद्धिपुर थासिमा इन्द्र जात्रा मनाउने आफ्नै परम्परा छ
इन्द्र जात्रा
- नन्द बहादुर महर्जन
इन्द्रजात्रा काठमान्डू उपत्याककावासी सम्पूर्ण नेवारहरू लगाएत उपत्यका बाहिरका
नेवारहरूले मनाउने यो चाड बर्षा र सहकालका देवता इन्द्रको
पूजा-आराधना गरी परम्परागत रूपमा मनाउने जात्रा हो। इन्द्रजात्रा
काठमाडौँमा
मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो। १२औँदेखि १८औँ
शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो
जात्राको उद्गम स्थल हो भने भाद्र शुक्ल
द्वादशीका दिन हनुमानढोका
अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो
ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी
आठदिनसम्म मनाइन्छ। तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी
नालस्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी
एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। हनुमानढोका दरवारक्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार उक्त लिंगो
ठड्याएपछि इन्द्रजात्राको चहलपहल सुरू हुन्छ। यसरी ठडयाइएको लिङ्गोलाई 'इन्द्रध्वजोत्थान' पनि भनिन्छ। नेपाल भाषामा 'योसीं' भनिने उक्त लिंगोमा मंगल सूचकका विभिन्न
चिह्न अङ्कित पताका झुन्ड्याएको हुन्छ।
यस्तै यस चाडलाई सिद्धिपुर थासिका वासिन्दाहरूले पनि प्रचीन समय देखि नै आफ्नै शैलीमा हाल सम्म
पनि मनाउदै अईरहेका छन | संस्कृतिविदहरूका अनुसार स्वर्गका राजा ईन्द्र आफ्नी
आमालाई बसुन्धराको ब्रत बस्न आवश्यक पारिजातको फूल र कर्कलोको पाट पृथ्बीमा मात्र
पाउने भएकोले सोहि पारिजातको फूल र कर्कलोको पात लिन ईन्द्र कान्तिपुर स्थित मरूटोलको
बगैचामा पुगेर फूल टिप्न लाग्दा मालीले देखे र मालीलाई नसोधी फूल टिपेकोमा चोर
साबित गरि डोरीले बाँधेर मरुटोलमा मरु सत्तल र सिंल्यंसत्तःको बीचमा
अग्लो डबली बनाई चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राखेको
थियो भने भनाइ रही आएको छ र हाल सम्म पनि मरु सत्तल र सिंल्यंसत्तःको बीचमा अग्लो
डबली बनाई चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन
छ। यस्तै हाम्रो गाउ सिद्धिपुरमा इन्द्र जात्रा मनाउनु अगाडी अर्थात हरिपरिवर्तनी एकादशीका दिन सिद्धिपुर को
त:ध ननी टोलमा काठको टुप्पोमा कुदिएको देवता जसलाई सबै जनाले देखोस भने अभिप्रायले
ठड्याउने गरिन्छ , जसलाई यहाका वासिन्दाहरू यम्हा द्धयो ब्वेगु
(प्रदशर्न गर्ने ) भने गरिन्छ | यम्हा
द्धयो:चा लाइ इन्द्रको प्रतिका मानि विधिवत तरिकाले पूजा गरि समय बजी चढाई सबै जना
मिलेर समय बजी खाने गरिन्छ |तसर्थ यस चाडलाई समय बजी पुन्ही नामले पनि चिनिन्छ |
यस्तै यन्या पुन्ही (समय पुन्ही )अर्थात ईन्द्र जात्राको
दिन विधिवत तरिकाले पूजा गरि समय बजी चढाई समयाबजी दान दिई यम्हा द्धयो:चालाइ
उठाएर पालाको घरमा लाने गरिन्छ ,आजका दिन
समयाबजी दान दिने बेला सबै टोल टोल मा लहरै
बसिरहेका हुन्छन र समय बजी तंछाद मछाड गरि भुईमा पोखिने गरि दान दिने
प्रचलन छ भने आजकै दिन साँझ पख वर्ष भरि दिवंगत भएका परिवारबाट वस्यक भए (थ्वं
कोंचा पित बिगु) जाँडको ध्याम्पो र बच्चा दिवंगत भएको छ भने दूध दान दिईने गरिन्छ
,जसले गर्दा मृत आत्माले शान्ति पाउछ भने जन विश्वास रहिआएको छ |
यस जात्रको बारेमा वंशावली
अनुसार २ वटा कथन हरू सुनमा आएको छ
क ) माथि उल्लेख गरे अनुसार
पारिजातको फूल र कर्कलोको पात टिप्न आउदा मालीले समातेको कुरा आमाले थाह पाएछिनर
हुस्सुलाई लिएर आएछिन र वर्ष भरि मरेका आत्मा लाई स्वर्गमा स्थान दिन्छु भनि
इन्द्रलाई लिएर गएका थिइन् ,जुन कुरा सबैलाई थाहा भएछन् र सबै जनाले इन्द्रको पूजा
गरि यस चाडको प्रारम्भ गरेको हो भने भनाइ छ र अर्को प्राचिन समयमा असुर नाम गरेको
दैत्यले स्वर्गको राजगद्धी पाउनको लागि देवता हरूसंग लडाई लडेका थिए,लडाईंमा
दैत्यकै बिजय भएको थियो तर भगवान श्री विष्णुको मद्दतले असुरदैत्य लाइ नाश गरि
देवता हरूले नै राज्य सत्ता पाए ,जुन राज्य सत्ता पाएकोमा स्वर्गलोकमा खुसियाली
मनाउदै थिए |यसै क्रममा इन्द्र राजाले धर्ती (पृथ्बी)लोक जनताहरू असुर राजको बेला
खुशी छन कि मेरो राजमा खुशी छन भनी हेर्दा धर्ती (पृथ्बी)लोकका जनताहरू खुशियाली
मनाउदै तंछाद मछाड गरि भूइमा पोखाएर समयबजी दान दिई रहेको देखे र इन्द्र जनताहरू
सबै जना मेरो शासनमा खुशी रहेछन भनेर ढुक्क भए |सोहि बेलादेखि यो चलन चलेको
मानिन्छ |
संकलन कर्ता :- नन्द बहादुर महर्जन
nanda7sak2002@yahoo.com

Comments
Post a Comment