“ ऐतिहासिक नाम संग सगै पहिचान पनि लोप हुदै “

                                                                                       
                    “ ऐतिहासिक नाम संग सगै पहिचान पनि लोप हुदै “
- नन्द बहादुर महर्जन ,
Kirtipur Sandesh (कीर्तिपुर सन्देश)को १७२ अंकमा प्रकाशन भएको यो लेख 

      कान्तिपुर दैनिकमा मंगसिरको पहिलो हप्तामा प्रसान्त मालीको “ ऐतिहासिक नामहरू लोप हुँदै  “ भन्ने लेख पढ्न पाउँदा हामि उपत्यका वासीलाई दुख महसुश भएको छ | यस्तो हुदा हुदै पनि हामि चुपचाप बस्न बाध्य र बिबश छौ |  संछेपमा लेख्ने कोसिस गर्दै छु मालीको लेख , उहाँ लेख्नु हुन्छ “ गतिलो संस्कृति नीति नबन्दा ललितपुरका ऐतिहासिक महत्व बोकेका नगर र गाउँको नाम परिबर्तन हुदै गएको छ | जस्तो कि तफा:ल्हों (फराकिलो ढुंगा )भैरब मानेर पुजिने ठाउँलाई  अहिले मानभवन भनिन्छ |
         ‘ पुखु:च्वे ’ बाट पुल्चोक बनेको हो | नेपाल भाषामा ‘ पुखु: ’ को अर्थ पोखरी र ‘ च्वे ’ को अर्थ माथि भन्ने हुन्छ | ‘ पुखु च्वे ’ को शब्दको अर्थ हो पोखरी माथि भन्ने हुन्छ , अपभ्रंश  ‘ पुचो ’ र अहिले पुल्चोकको रूपमा परिचित छ र धेरैले दमकल चोक भन्ने गरेका छन |
         सम्भवतः उपत्यकाको सबै भन्दा पुरानो बस्ती ‘आदिग्राम ’ हो | त्यो ठाउँ सुना गुठी र अहिले सुनाकोठी भनेर चिनिन्छ | त्यसैगरी चम्पापुरलाई चापागाउँ भनिएको छ भन्ने पहिलो पटक खेत जोत्न आँट गरेका किसान बलबलजुजु बसेको गाउँ थसी हो जसलाई अहिले सानागाउँ , सिद्धिपुर भनिएको छ | जितापुरलाई खोकना र अमरापुरलाई बुङ्गमती भनेर चिनिन्छ त लगनख्यलाई लगन खेल ,जावालाख्य लाई जावलाखेल भन्ने गरिएको छ  ”
         यस बाट ललितपुर मात्र होइन काठमान्डू र भक्तपुर पनि अछुता छैन |  ऐतिहासिक  शहर   काठमाण्डौं , भक्तपुरमा पनि ऐतिहासिक ठाउँको नाम अनर्थ रूपमा परिबर्तन हुदै गएको छ | ऐतिहासिक नाम परिबर्तन हुनु लाई ललितपुर उपमहानगरपालिकाका पुर्बप्रमुख तथा पुर्बसंस्कृति मन्त्रि बुद्धि राज बज्राचार्य शोभा हराउनु हो भन्नुहुन्छ , तर म त भन्छु शोभा हराउनु होइन  यो भनेको हाम्रो पुर्बजहरूको  इतिहास र पहिचान हराउनु हो | 
      हाम्रा पुर्बजहरूले कडा मेहनत र पसिनाले सृजना गरेका ति हाम्रा बिभिन्न मौलिक कला संस्कृति भाषा , भेष भूषा , परम्परा , चांडपर्ब र वास्तुकलाहरू इतिहासको धरोहरका रूपमा आज देश तथा बिदेशमा उभिएको छ | ति धरोहरहरू हाम्रा पहिचान हुन् अनि हाम्रा गौरब हुन् | यस्ता गौरब र पहिचानका धरोहरहरूलाई हामीले जानी या नजानी दिन दिनै  बिर्सदै जाने क्रम  बढिरहेको छ | जसको कारण हो विलासी जीबन र स्वार्थीपन , जसरी सूर्यलाई ग्रहणले निले झैँ सम्पूर्ण बिधि र जीवन पद्धतिलाई विसायुक्त विलासीताले सर्लक निलिसकेको छ | हामीले हाम्रा ति पुराना मौलिक भौतिक संरचनाहरू बिर्सिसके छौ | हाम्रा पुराना मौलिक घरहरूमा बुट्टाहरू कुँदेर बनाएका बिभिन्न किसिमका झ्याल , ढोका , तुंदाल तथा आँखीझ्यालहरू साथै  बास्तुकलाहरू लोप भईसकेका छन | ऐतिहासिक नामहरू दिन बदीन परिबर्तन हुदै गईरहेका छन् | हामीले संरक्षण गर्नु पर्ने यस्ता थुप्रै धरोहरहरू एक पछी अर्को गर्दै गुमाइसकेका छौ  गुमाउंदै छौ र यसरी नै गुम्दै जाने छन् | आज हाम्रो ऐतिहासिक नामहरू मात्र होइन पहिचान नै लोप हुने खतरा भैसकेको छ |
       यति मात्रा कहाँ हो र हामीले हाम्रा खेति योग्य तथा अन्नको भण्डार भनेर पुर्खा देखि अहिले सम्म हामीले पुज्दै आएका यस्ता जमिनहरूमा अनियमित तवरले प्लटिंग गर्दै अरू भाषा संस्कृति भएका मान्छेहरूलाई किनबेच गर्नाले आज हेरक नेवा वस्तीका हरेक गाउँहरूको मौलिकता माथि ठुलो प्रश्न चिन्ह खडा भएको छ | यस्ता अनियमित तवरले प्लटिंगमा बनाइएका घरहरूले गाउँको मौलिकतालाई कंक्रिटको कुरुप शहरमा परिणत गर्नुका साथै हाम्रो मौलिक संस्कृति , मातृ भाषा , भेष भूषा , परम्परा र चांडपर्बहरू लोप हुदै किताबका पानाहरूमा मात्र सिमित हुने बढी खतरा देखिएको छ | जुन कुरा अहिले आएर हामि सबैलाई महशुस भएकै हो र सत्य कुरा पनि हो | जसको किनबेचले कसै कसैलाई फाइदै फाइदा त गाउँलाई भने घातै घाटा छ | काठमाडौं कस्तो थियो र कस्तो भैसक्यो ? हाम्रा गाउँहरू पनि यस्तो नहोला भनेर भन्न सक्दिन , आज एउटा घर भोलि एउटा घर बन्दै बन्दै कंक्रिटको ठुलो मरुभूमि बन्ने छ | तब हामि संग पैसा भएर पनि भोकै हुने छौ | तब हामि ढिला  भैसकेका हुन्छौ र हाम्रा सन्ततिहरूलाई एकादेशमा एउटा यस्तो गाउँ थियो भनेर बखान गर्न बाध्य हुने छौ | व्यक्तिगत तवरले आफु सुखी सम्पन्नता हुन् आफ्नै मातृभूमिलाई बेच्दै आफ्नै आमाहरूको सुन्दर रुपहरूलाई कुरुप बनाउदै छन् |                              
       यसको दोषी सम्बन्धित निकायमात्र होइन हामी स्थानीय वासी पनि  उतिकै दोषी छौ  , किन कि आफ्नो इलाकामा घर घडेरी किन बेच गर्ने गराउने हामि नै हौ अनि सोहि ठाउँमा नयाँ बस्ति बसाली सके पछि हाम्रो मौलिक नामहरू हुदाँहुदै पनि तिनीहरूले राख्ने गरेका नयाँ नयाँ नामहरुलाई बिरोध नगरिकन सहर्षस्वीकार गर्नु हो | मेरो भनाई घर घडेर किनबेच नगर्नु भनेको होइन गर्नु पर्छ , यसमा केहि छैन तर कमसेकम तिनीहरूले बनाउने नयाँ बस्तीमा हाम्रो आफ्नो मौलिक नाम हुदाँहुदै तिनीहरूको मन खुशी नाम हाल्न नदिउँ भने मात्र हो | अनि गाउँको भित्रि वस्तीमा गाउँ बाहेकका बाहिरी मान्छेहरूलाई घर किनबेच नगरौ भने मात्र हो |  यहाँ दुई वटा उदाहरण प्रस्तुत गर्न  चहान्छु ,
१ , नेपाल मण्डलाकै ऐतिहासिकता बोकेको गाउँ हरिसिद्धि ( जल: ) : जहाँ गाउँको मुख्य भाग छिर्न चार दिशामा चारै वटा ढोकाहरू छन्  हरेक नेवा बस्तीहरूमा यस्ता ढोकाहरू हुने गर्छन यस्तै हरिसिद्धि (जल:)मा पनि ति चारै वटा ढोका भित्रका घरहरू सम्बन्धित गाउँपरिसदका अर्थात स्थानीयवासीले बाहेक अरू कसैलाई किनबेच गर्न र गराउन पाउदैन | जसले गर्दा त्यहाँ भित्रको मठ मन्दिर , कला र संस्कृतिको जगेर्ना हुने देखेर धेरै पहिले देखि नै यस्तो नियम गाउँ परिषद बाट पारित गरि कार्वान्वयन भएको देखिन्छ भने अर्को
, यस्तै (रास्ट्रिय आर्थिक दैनिक कारोबारमा कार्तिक ९ गतेको मा ) गोरखाको पर्यटकीयस्थल बारपाकका स्थानिय वासिन्दाले गाउँको मौलिकता जोगाउनका लागि , गाउँको मौलिक रुप कुरुप हुनबाट जोगाउनको लागि , अन्य भाषा , संस्कृति मान्दै आइरहेकाहरूले गाउँमा घडेरी किनेर घर बनाए जसले गर्दा गाउँको मौलिक भाषा , संस्कृति ,भेष भूषा र परम्परा हराउँदै गएको महसुश भएकोले त्यसलाई जोगाउन लागि बारपाकका सम्पूर्ण वासिन्दाहरू गाउँ परिसद्ममा बसेर बृहत छलफल गरेर २०६५ साल देखि स्थानीय गाउँमा घडेरी किनबेच गर्न नपाउने निर्णय गरेको छ |

          माली लेख्नु हुन्छ “ यस तर्फ स्थानीय निकाय र सम्बन्धित मन्त्रालयले नीति निर्माण गर्न सक्नुपर्छ | ”  सम्बन्धित निकायलाई मात्र दोष दिएर के गर्ने ? त्यो सिहदरबारको बन्द कोठामा बसेर गरेका नीतिनिर्माण र नियमले गाउँ परिसदलाई फाईदा हुने किसिमको नियम बनाउन सकिएला र ? बन्न त बनौला तर गाउँलाई भन्दा पनि सम्बन्धित निकायालाई फाईदा र सजिलो हुने तरिकाले बनाइन्छ जस्ले गर्दा हामि जहाँको त्यही हुने छौ | अहिले सम्म केहि बिग्रेको छैन , ढिला भएको पका हो | हाम्रो मौलिकतालाई जोगाउन हामी सबै मिलेर अगाडी बढ्यो भने अझै ढिला भएको छैन जस्तो लाग्छ , आउनुस सम्बन्धित निकायले केहि गर्लाकी भनेर आशा गर्नु भन्दा पहिले आ आफ्नो ठाउँबाट आ आफ्नो गाउँ परिसद्दमा सबै बुद्धिजीवीहरू , पार्टीका कार्यकर्ताहरू र सम्पुर्ण गाउँ वासिहरू एकै ठाउँमा बसेर छलफल गरेर गाउँलाई कसरी फाईदा हुन्छ र मौलिकता कसरि बचाउने बारे निर्णय गरेर सम्बन्धित निकायमा पठाउनु पर्ने बेला आईसकेको छ | अन्तमा यी दुई उदाहरणलाई अनुसरण गरेर जाने हो भने पक्कै पनि केहि न केहि परिबर्तनहरू गर्न किन नसकिएला र ?


Comments

Popular posts from this blog

बिक्रम सम्बत २०७० साल फागुन १६ गते नेपाल सम्बत ११३४ सम्झनाका फोटोहरू

य: मरी पुर्णिमा र य:मरीको बारेमा पुनर लेखन गर्न ढिला भएन र ?

आदिनाथको उत्पति र सिद्धिपुर थसी