Posts

Showing posts from 2015

योसिँ धकेगुं (लिँगो गाड्ने)

Image
        योसिँ धकेगुं  सिद्धिपुर गा.वि.स.ले आफ्नो छुट्टै परिचय दिन प्रत्येक तिथी मितिहरुमा विभिन्न प्रकारका चाडपर्वहरु मनाउदै आइरहेका छन् । यहि क्रममा कोजाग्रत पूर्णिमा (कति पुन्हि) का दिन यस गाउँभरी टोलटोलमा रहेका चिःबा द्योहरुको जात्रा मनाउने गरिन्छ । चिःबा द्योहरुमा चाँदीबाट बनाइएका चिःबा द्यो का कृपाहरु राखेर विधिपूर्वक पूजा आजा गरी गुठियारहरु भोज खाने गरिन्छ भने भोलीपल्ट विहान पनि अटः पूजा गई विसर्जन गरिन्छ भने उता आजको दिन नमो बुद्ध र खास्ती(बौद्ध) मा बुद्ध लिल ा(जिवनी) मा आधारित घटनाहरु सजिसजाउ गर्ने गरिन्छ । कोजाग्रत पूर्णिमाको दिन देवननी स्थित द्द्यो छेयं  को अगाडि विधि पूर्वक पूजागरी  (योसिं धकेगु) गाड्ने चलन प्रचिन काल देखि नै चलिआइरहेको देखिन्छ । जुन  योसिं करिब ३२ हातको हुन्छ भन्ने भनाई छ । आजको दिन देखि हरेक साँझ दिवंगत आफन्तको नाममा पूजा र बत्ति बालि गुठियारद्वारा हलमल (मकै, गहुँ, भटमास, केराऊ, आदि) दान दिइने चलन छ । जुन एक महिनासम्म निरन्तर चल्छ र अन्तिम दिन अर्थात सकिमना पून्ही (पूर्णिमा) का दिन बिहान विधि पूर्वक पूजा गरी ...

सिद्धिपुरमा मनाइने श्री पञ्चमी र गुठी गानाको केहि जानकारी ....

Image
श्री पञ्चमी बर्ष भरि मनाइने चाँडपर्व मध्ये माध शुक्ल पंचमकिा दिन मनाइने श्रीपञ्चमी पनि एक हो । आजको दिलाई बसन्त पञ्चमी , श्रीपञ्चमी र सरस्वती उत्सबको नामले चिनिदै आएका छन । एक पौराणिक कथन अनुसार लक्ष्मीले नारदालई जुन सौभाग्याबत िस्तीले यस माघ शुक्ल पञ्चमीका दिन देखी ६ बर्ष सम्म प्रत्येक महिनाको पञ्चमीका दिन ब्रत बस्नाले सधै शुद्धि , खुशी र पत्तिकी प्यारी हुन्छे  भनि उपदेश दिएका छन । यसले गर्दा आजको दिन अरु पञ्चमीको दिन भन्दा महान भएकाले श्रीपञ्चमी रहन गएको मानिएको छ । आज कै दिन देखी प्रकृतिको रुप , रङ्ग र स्वरुप वदलिएको , परिवर्तन भएको आभास सबै मान्छेको मनमा हुन्छ । रुख विरुवाहरुमा नयाँ नयाँ पालुवा पलाउनु , शिशिर ऋतुको भन्दा अलगै किसिमको शितल हावा बहनु , जसले आम मानिसको मुहारमा हाँसो , खुशी र उमङ्गले छइदिनु नै ऋतु परवर्तको संकेत हो , यसैले आजको दिनलाई बसन्त ऋतुको पहिलो दिन मान िबसन्त उत्सव मनउने गरिन्छ । जसले गर्दा आजको दिनलाई दोस्रो नाम अर्थात बसन्त पञ्चमीको नामले पनि चिनिन्छ । आजको दिन कुनै मानिसहरु विहानै सबेरै देखि स्नान गरी आफूलाई शुद्धपारी बीणा हातमा लिएकी सरस्वत...

“ बुंख्याचा ’’

Image
                                 “ बुंख्याचा ’’                 सधैं बिहान सुर्यको कलीला किरणहरूले  यो संसारलाई उज्यालो बनाइदिन्छ त्यस्तै त्यो किरण सिं-पुर(हालको  सिद्धिपुर ) मा पनि सधैं झै आज पनि झुल्किन्छ तर आज अली फरक छ ,  ति कलीला किरणहरू संगै हीरा जस्तो चम्किने स-सना बरफको रूपमा बर्सिएको छ । गाउलेहरू एकाबिहानै देखी ति स-साना बरफका ढिक्काहरूसँग खेल्दै रमाउदै छन , कोही रहरले त कोही करले । सधैं झै बसन्त आउछ , ग्रीस्म आउछ , शरद आउछ अनी हिउंद पनि आउछ सिं-पुरको माटोमा । यो प्रकृतिको नियम हो ,  हिउदे मकै , पाखा भरी फलाएर , गहुं र केराउले फांट नै हरियो बनाएर । गहुं कातिन्छ , बीउ लगाइन्छ हांस खेल र रमाइलो गरीन्छ । गाउंलेहरू काम मात्रा होइन कामबाट बिश्राम लिएर इस्त , मित्र , साथी सङिनी र आफ्न्तहरू सँग बसेर चाडबांड पनि मनाउने गर्छ । जुन भेटघाटमा मनका  भाबनाहरू , दु ; ख ,...