“ बुंख्याचा ’’

                               बुंख्याचा ’’
       
        सधैं बिहान सुर्यको कलीला किरणहरूले  यो संसारलाई उज्यालो बनाइदिन्छ त्यस्तै त्यो किरण सिं-पुर(हालको  सिद्धिपुर ) मा पनि सधैं झै आज पनि झुल्किन्छ तर आज अली फरक छ ति कलीला किरणहरूसंगै हीरा जस्तो चम्किने स-सना बरफको रूपमा बर्सिएको छ । गाउलेहरू एकाबिहानै देखी ति स-साना बरफका ढिक्काहरूसँग खेल्दै रमाउदै छन , कोही रहरले त कोही करले । सधैं झै बसन्त आउछ, ग्रीस्म आउछ, शरद आउछ अनी हिउंद पनि आउछ सिं-पुरको माटोमा । यो प्रकृतिको नियम हो ,  हिउदे मकै, पाखा भरी फलाएर, गहुं र केराउले फांट नै हरियो बनाएर । गहुं कातिन्छ , बीउ लगाइन्छ हांस खेल र रमाइलो गरीन्छ । गाउंलेहरू काम मात्रा होइन कामबाट बिश्राम लिएर इस्त,मित्र,साथी सङिनी र आफ्न्तहरू सँग बसेर चाडबांड पनि मनाउने गर्छ । जुन भेटघाटमा मनका  भाबनाहरू, दु;,सुखहरू एक आपसमा साटासाट गरी आत्मा सन्तोष गर्दै जीबनलाई आनान्दीत र सुख शान्ती बनाइ प्रगती पथतिर निरन्तर अगाडि बढीरहन प्रेरित गरीरहेको हुन्छ । तर यस्ता सुख दु:खका कयौ घडीहरू हाम्रो मनमा मोहनी लगाएर अमित छाप भएर बसेका हुन्छनजस्लाई  हामीले हाम्रो जीबनको मन मन्दिरको  सङ्राहलयमा सजाएर राखेका हुन्छौ | हरेक दिन नयाँ सुर्य उदय हुन्छ त्यही सुर्य अस्टाउन नपाउदै जीवनको सङ्र्हालयमा एउटा नयाँ कथाको पाना थपिएको हुन्छ यसपाली पनि सुर्य अस्ताउन नपाउदै एउटा नयाँ कथा  थपिएको छ
पोहर  साल पनि यसरी नै मुटु काम्ने गरी बितेको थियो चीसो हिउंद , भने गरिन्थ्यो यो वर्ष जस्तो चिसो कहिले भएको छैन भनेर तर बितेको समयलाई कसले पो सम्झिने गर्छ र ?  बिहान घरबाट बाहिर निस्किदा हरिया घांसहरू नै छोपिने गरी चादी जस्तो टल्क टल्कीने त्यो स - सना बरफहरू देखीन्थै, कहीले काही त बिहानको छ र सात बजे सम्म पनि ओच्छ्यान छोडन मन लागदैनथ्यो , बाहिर चियाउछु त हुस्सुले गर्दा केहि देखिदैनथ्यो | ओच्छ्यान छोडी हाले पनि चिसो पानीका डरले मुख धुन गार्हो मान्थे । आमा भनुहुन्थ्यो इनारको पानी तातो हुन्छ इनारमा गएर मुख धोउ, तर म कहीले गएन । बरू आमाले ल्याउनुभएको पानीले घरमै बसेर मुख धुन्छु , सबैले मलाई अल्छी भन्ने गर्द्थे । हुन पनि हो कि जस्तो लाग्छ आमा भाले नबास्दै उठेर घरको माथि देखी तलसम्म सफा सुग्घर अनि लिप पोत को काम भ्याएर इनारमा गएर हात मुख धोएर पानी ल्याउनु हुन्छ र खाना पकाउनु हुन्छ ,  उहांलाई कहिले चिसोको महशुस भएन् । म चाँही उहांले पकाउनुभएको खाना खान बोलाँउदा पनि चीसो मानेर उच्छ्यान्मै हुन्थे । खाना खाइस्केपछी पनि म न्यानो घामलाई पन्छ्याउदै पन्छ्याउदै कहाँ कहाँ सम्म पुग्थे , झिसमिसे साँझ हुँदै आए पछी फेरी त्यही मुटु नै ठरठर काम्ने चिसो शुरु हुन्थ्यो, अनी हामीहरूलाई तताउन एउटा पुरानो मकल बाल्थ्यौऔ हाम्रो माझ, हामी सबै जना न्यानो मान्दै मकल वरिपरी बसेर सबै जना  लों दा: ख:दा,हाच्छी मैचा,बर्मु बाज्या बि:गु ईकम पो काम ब्यां…. छी…… कि…. ब्यां …. ना :य पाय : ह्व्य “( एक नेवारी खेल) खेल खेल्थ्यौ |**********************************
बाज्येले आफ्नो रामकहानी समेतेर हरेक साँझ हामीलाई एउटा न एउटा कथा सुनाउनु  हुन्थ्यो कथा पनि के हुनु नि आफ्नै मन मन्दिरको सङ्राहलयमा सजाएर राखेको आफ्नै जीबनमा धरै पहिले घटेका घट्नाहरू न हुन , जुन भने बेला र सम्झीने बेला त सपना जसतै हुन्छ नै तर अनौठो लागेको थियो ,  अहीले सुनाउदा त कथा नै बन्दोरहेछ । उहा यस्तो भन्नुहुन्थ्यो , आफु शिक्षित हुँदा हुँदै पनि यो सिं-पुरमा किसानको रूपमा भीत्रीएको घट्ना उहा बाट सुन्दा हामी आच्चम मानेका  थियौ…….
तर आज उहा हामीहरूको सामु हुनुहुन,खोइ स्वर्गको कुन चाही गाउंमा बसेर कस्लाई पो कथा सुनाउदै होलान । पोहर साल उहाले आफ्नो कथा यसरी सुनाउनु भएको थियो………………..
हुन त म उत्ती धरै पढेलेखेका त होइन , खासै भनु पर्दा मेट्रीईक भन्दा एक तह माथि सम्म पढेको छु  । उत्ती बेला हामी किसानको छोराहरूले धरै पढ्छु भनेर कहाँ पाईन्थ्यो र ?  सुर्य उदय भए देखी सुर्य नअस्ताए सम्म खेतको काममै व्यस्त हुन्थे । धैरैमा महिनको १० देखी १५ दिन मात्रा पाठशाला गन्थ्यो होला ।
       पहिला पहिला अहिलेको जस्तो कालो पाति , बस्न बेन्च् , कहा थियो आफु पढनलाई आँफैले घरबाट सिलत , चक: अनी बस्नको लागि सुकुलको चक्ती लिएर जानु पर्द्थ्यो । अहिले पो सजिलो छ एउटा झोला बोक्यो हिद्यो बस:,  मार साहेबहरूले ग्रीहकार्य दिएर पठाउनु हुथ्यो त्यो सिलतमा : पाठशालाबाट घर फर्किदा बाटोमा खेल्दा खेल्दै घर पुगिसक्दा सिलतको गृहकार्य मेटिस्केको हुन्थे , अनी गृह कार्य के हो भने नै थाहा हुँदैन्थ्यो त कहिले गृहकार्य गरेर पाठशाला सम्म पुग्दा सबै मेटिस्केका हुन्थे जस्ले गर्दा सधैं जसो मारसाहेबहरूको पिताइ खानु पर्द्थ्यो । पिटाइका कारण कती साथीहरू त पाठशाला आउन पनि छोडे । अहिले पो भनेको जस्तो गृह कार्य गर्न कपी छ ,कलम छ,किताब छ………………..सब थोक छ  ।
      एकमहीना जती म पनि पाठशाला गइन , खेतको कामले गर्दा । हिजो आज जस्तो धेसी मल(युरीया मल) कहाँ पाइन्थ्यो र , मान्छेले खेतीपातीको सुरू गर्दा मलको रूपमा कालोमाटोको प्रयोग गर्थे | कालोमाटो झिक्न धेरै गहिरो खाल्डो खन्नु पर्थ्यो | जमिनको धेरै तलमात्र कालो माटो पाइन्छ खाल्डो धरै गहिराइ सम्म खन्नु पर्ने भएर माथि ठुलो ठाउँ ओगतेर मान्छेहरू बस्न मिल्ने गरी खन्दै खन्दै  धरै गहिराइ सम्म पुग्छन। गहिराइ सम्म  बस्ने ब्य्क्ती अली बलिया,आटिला हुन्छन , जुन ठाउँ धरै नै खतरनाक हुन्छन् ।जहाँ माटो झिक्दा कोहि घाइते हुन्थे त कोही पुरिएर मर्थे | सकुशल कालोमाटो झिक्नेलाई खाल्डोबाट निस्केपछि मान्छेको पूजा गरिन्थ्यो ,त्यही पूजा गर्ने चलनलाई पछी म्ह पूजाको रूपमा विस्तार भएको मानिन्छ | म्ह पूजा सबै नेवा हरूले गर्दैनन् | गहिराइमा बस्ने मान्छेले कालो माटो  खनेर एक ब्यक्ती बाट अर्को ब्यक्ती लाई दिदैं माथि जमिन (खेत ) सम्म ल्याइपुर्याउछ । खेतको आली अनी खेतको बिचमा सुकाउनको लागि लहरै सजाएर राखिने  गर्द्थ्यो , ज्यानको जोखिम धरै  हुने र काम धरै हुने भएर होला खाजा खाने बेला पूजा गरेर २ भाग दिन्थ्यो । खानामा अहिलेको जस्तो ८४ ब्यन्जन कहाँ पाइन्थ्यो र त्यही घरमै बनाएको रोटी र गुन्द्रुक त हो नि ।

         एकाबिहानै भाले नबास्दै ओछ्यान बाट उथाएर लानु हुन्थ्यो। अन्ध्यारोले केही देखिदैन्थ्यो, खुट्टाहरू लरबराउदै जसो तसो खेत सम्म  पुगिन्थ्यो र दिन भरी काम गरेर साँझ पख फेरी घर फर्किन्थ्यो जुन  दैनिक नित्य कर्म गरे जस्तो नै भइसकेको थियो यस्तै एक दिन खेत बाट फर्किदै थिए र आमाले भनु भयो छिटो छिटो हिड नत्र होइन भने उ त्यो मान्छे कां छोडेर जान्छु , साएद म अली बिस्तारै हीडेर हो कि , मेरो मनमा खुल्लदुली  भईहाल्यो मैले सोधी हाले त्यो को हो ? अहिले सम्म एक्लै खेतमा किन बसिराखेको ? घर जानु पर्दै................?
          मैले धरै प्रश्न गर्न थाले छु क्या रे आमा रिसाउनु भएछ र कती कराउन सकेको चुप लागेर खुरू खुरू नहिडिकन त्यो बुंख्याचा हो बुख्याचा ;;;;| के हो ….बुख्याचा ..….. ? खेतको पाले हो चौकिदार हो ? साथिहरूको मुख बाट त नाम कता कता सुने जस्तो लाग्छ मुखुण्डोधारी अनुहार भएका पाले लाई बुख्याचा भन्छ क्या रे हगी | पराललाई पोको पारेर अथवा माटोका गाग्री लाई खप्पर झै  बनाएर आँखा र दांतहरू खोपेर  नरकत, काठ वा बासका टुक्रा टुक्रिबाट नक्कली हात र खुताहरू बनाएर पुराना कपडाले शरीर छोपिएको हुन्थ्यो र भर्खरै बीउ छरिएको आलो बियाद्को बिचमा या करेसा बारीहरूमा  थिङ उुभ्याएको हुन्थ्यो एउटा अनौठो रूप रङ्ग र आकारमा । झ्वात हेर्ने हो भने साह्रै डर लाग्दो अनी तर्साउने र सातो लिने खालको थियो । स- सना बचाहरूले देख्यो भने त झस्किने र तरसिन्थे होला । अझ साँझ पख हावा चलेको बेला टाढा बाट हेर्नु पर्छ उस्का ति कुत्रिम हातहरू मनपरी सलबलाउने शरीर छतपताउने र टाउको मनपरी हलिने गारिन्छ जुन अती नै भयानक र खतरानायक देखिन्थे,साचै नै सातो लिने खालका  देखिन्थे,त्यसैले होल सलबलाएका उनका ति कुत्रिम हातहरूले गर्दा बिउ खान तल उत्रिन खोज्ने चराहरू पनि डरले भुरर उडेर अर्कै दिशातिर जान्थे त कोही आकाशिने गर्द्थे । अनी हामी नाबालक केटाकेटीहरू थरर काम्थ्ये र भागदै घरमा आएर कोठा भित्र ढोका लगाएर लुकेर बस्ने गरेका थियौ । कोठा बाट बाहिर निस्किन पनि साथी बोलाउथे, नत्र होइन भने खाना खान पनि कोठा बाट  बाहिर निस्क्दैन्थे ।
        साथीहरू सँग खेल्न जादा यस्तै बुख्याचाका बिभिन चर्तिकलाले अनी डर र त्रासका घटनाहरूले गर्दा मेरो मनमा  मानसिक चिन्ताले जरो गाडी सकेको थियो | जस्ले कारणले गर्दा सपनामा पनि रूने ,चिच्याउने , कराउने र भाग्ने  गरेका कुराहरू बिहान पख दाइहरूले सबैका सामु सुनाउनु हुन्थ्यो , म लज्जाएर बसिरहन्थे र दिदिहरूले मायाले कपाल सुम सुम्याइदिनु हुन्थ्यो । रूप पनि यती भयंकर् ,खतरानाक र डर लाग्दो छ कि साँझ परे पछी त घर बाट निस्कन पनि साथी सँग मात्रा निस्किन्थे । डर र त्रासले सातो जाला भनेर सातो जान नदिन घर नजिकको बैध्य बाज्य का लगेर मेरो शरीर भरी मन्त्रहरू फुकिदिनुहुन्थ्यो र खाने चिज र पानी लाई फुकेर मलाई पिलाई दिनु हुन्थ्यो भने तन्त्र मन्त्र (जम्त्र)  फुकेर घाटिमा झुन्द्याइदिनु हुन्थ्यो ।
         अरू गाउमा बिकासका लहरहरू पहिला नै पसिसकेको थियो भने हाम्रो सिं-पुरमा भर्खर मात्रा बिकासका लहरहरू पस्न शुरू भएका थिए । नयाँ सडक बनाउन शुरू गर्ने क्रममा हरेक दिन प्राय जसो दुई तीन वता सरकारी गाडीहरू निरीक्षणको लागि दाँया बाँया झारहरूको बिचबाट यत उता धुलो उदाउदै दगुरिरहेको थियो । हामी सबै साथीहरू पाठशाला बाट छुती भइसकेपछी त्यो गाडीहरू कहिले आउँला र हेराउला  भनेर झारको दाँया बाँया खेलिरहेका हुन्थ्यौ । अब त आउछ  होला भन्छु आउँदैन, आउछ  होला भन्छु आउँदैन  यस्तै घण्टाउ घण्टाको  प्रतिक्षा पछी सरर धुलो उदाउदै आईपुग्यो र झारको बिचमा  गाडी रोकियो र बुख्याचाको जस्तो तीन खुट्टे भएको खोइ के औजार भन्छ त्यस्लाई बिचा बाटोमा उभ्याएर  फोटो खिचे जस्तो गर्छ खोइ के गरेको हो बुझनै सकिन । एकछिन पछी हाम्रो रमाइलोपना र हो हल्ला पूर्ण माहोलला चीरेर फेरी धुलो उदाउदै हामीले बनाएका माटाका घरहरू किचेर आफ्नो लक्ष्यतिर हुइकेका थिएे । सरकारी गाडी अली पुरानै थियो , गाडीबाट फ्याकेका गन्हाउने त्यो कालो धुवा अनी हावामा उडाएका त्यो धुलो लाई धरै परसम्म उभेर हामीहरू हेरिरहन्थे ,जब गाडी हाम्रो आँखाबाट अद्रीश्य  हुन्छ  पुन हामीहरू त्यही झाडिको वरपर त्यही धुलोबाट माटोका घर बनाउने , धुलोमा गुच्चा  खेल्ने अनी कपडाहरूबाट पुतली बनाएर पुतली को बिहे गराएर  खेलथ्यौ । यसरी खेल्न पाउदा हामीलाई धरै नै खुशी र आनन्दको महशुस हुन्थ्यो भने जब साझ पर्दै आउछ तब बुख्याचाको अनुहार हाम्रो सामु नै आएर उभिएको जस्तो मासुस हुन्थे र म झस्किथे डर र त्रासले  म चिच्याउठे ,कराउठे र डरले अगाडि र पछाडि नबसी प्राय जसो साथीहरूको बीचमा बस्ने  गर्द्थे । यसरी बीचमा बस्दा बस्दै पनि कहिले काही साथीहरूले तर्साउथे अनी मेरो मन भित्र भित्रै जल्ने र पोल्ने गर्द्थे भने कयौ दिन सम्म त म साथीहरू सँग बोल्दिन्थे ।
                  कहिले कही भेडा बाखारा चाराहउन नजिकैको पाखाहरूमा गईन्थो र मनपरी खुब खेलिन्थे, पाखाका रूखबाट झाङाहरू कातेर त्यैसबाट डन्डिबियो  बनाएर खेलिन्थे त कती चोटि रूखहरू चढेने होड्बाजिमा रूख च्ढदै गर्दा आफु रूखबाट खसेको कुरा आहिले सम्म मेरो मस्तिसक्मा ताजै छ  । जुन अहीले सम्झदा त जिउनै सिरिङ्ग भएर आउछ । साइकलका पाङ्रा र नाङ्लोलाई गुडाउदै हामी त धरै टाढा टाढा सम्म पुगिन्थ्यो, त कहिले पाठशाला नगैइ खोलामा पौडी खेल्न र चौरमा गएर गेम (बाकुचा) बल दिन भरी खेलेर पाठशालाको समयमा घर गईन्छ , घर पुग्दा त घर परिवारले थाहापाइसकेको हुन्थ्यो र घरमा पुग्द आमा बुवा र दाइको नराम्रो सँग गाली खाइन्थ्यो त खाना समेटा खान दिदैन्थ्यो । केही समयको लागि यतिकै रूवाएर राख्थे र एकछिन पछी पुन्:माया र प्यारले बोलाएर यस्तो उस्तो नराम्रो काम गर्नु हुँदैन पाठशाला जानु पर्छ धरै पढेर ठुलो मान्छे बन्नु पर्छ  भनेर सम्झाउने र बुझाउने गर्नु हुन्छ र पछी खाना दिनु हुन्थ्यो। यस्ता राम्रा र नराम्रा गुणहरूले गर्दा मेरो  टाउको सधैं चिलाउने गर्दथ्यो ।  बचपनाको त्यो डरलाई मैले धरै पछाडि छोडेर आइसकेको थिए किन कि म  अली ठुलो भईसकेको थिए र पनि बाल्यकालको त्यो बुख्याचाको सम्झनाले गर्दा आज पनि मेरो मनका धड्कनहरू अद्रिश्य रूपमा ढुक……………. ढुक गर्न छाडेका थिएन  ।
           समयको रफ्तारलाई कसले पो रोकन सकिन्छ र ? उ आफ्नै रफ्तारमा अगाडि बढीरहेको हुन्छ ,समयको रफ्तार सँग सगै म पनि गाउँले शिक्षा पुरा गरेर ठुलो शहर पस्नु परेको थियो । गाउको पाठशालामा जम्मा सात कक्षा सम्म मात्रा भएकोले शहर पस्नु परेको थियो । शहरको बारेमा कुरा सुन्दा एक मन त शहर जान पट्ट्कै मन थिएन तर आफ्नो भबिश्य उता तिरै लुकेर बसिराखेको थियो । बाधयता बश म समय सँग सगै शहर पस्न बिबश भए । शहर त पुगे तर एक महिना सम्म त मलाई घुलमिल हुन सार्है गार्हो भएको थियो,स्वच्छ ,सुन्दर रमणिय त्यो आफ्नो गाउँ अनी गाउँका ति साथीहरू आफ्न्त र परिवारको सम्झनाले मन छटपतिएको थियो । नाङो आँखाले दिखिने ति खोला नाला  पाखाहरूले मनलाई तानिरहेको थियो,कती सुन्दर, कती स्वच्छ र कती रमणिय द्रिश्य थियो जस्लाई सम्झदैमा मन नै शितल र आनन्दको मह्शुस हुन्छ । तर शहरमा रमणिय ठाउँ , स्वच्छ हावा, र हरियाली खोइ कहाँ छ ? छन त छ ति पंखाहरू बाट आउने कुत्रिम  हावाहरू अनी भिता र सडकका बार वारीपरी हरियो रङ्घरू लगाएर शहरलाई रङाएका छन  । कुत्रिम मनोरजन , अड्म्बरी शहरको डर लाग्दो कोलाहल अनी मान्छेहरूको त्यो भिड्,जुन भिडको तछाड माछाड्मा आफु हराउने पो हो कि भने डरले मेरो मुटु कापिरहेको हुन्थ्यो । शहरमा बुख्याचा भने नामो निसान थिएन लाग्छ धरै पहिला नै यहाँ बाट लोप भईसकेको थिए । त्यसैले मनमा बुख्याचाको कुनै डर र त्रास थिएन  थियो त शहरको भौतिक डर त्रास थियो यहाँको परिबेशमानबिय सेवा अनी  सभ्यता सँग । साच्चै म त तीन छक्क परेको थिए यहाँको  आनी  बानी र परिबेश देखेर छि: कस्तो परिबेश , कस्तो व्यबहार के यही हो शहर बाट सिकने ? मान्छेहरूको त्यो भिडमा आफुलाई नै चिन्ह गार्हो हुन्थ्यो त अरू लाई कसरी चिन्ने ? गुणै गुणका बखान गर्ने शहरीयाहरू आबगुणी हुँदारहेछ । साथी  त छ तर साथ कसैको पाउदैन  । आपत बिपतको बेलामा कोही नपाउने सिवाय सुन्यता र कोलाहल बाहेक , शहरले मानिस लाई कहिल्यै फुर्सद दिदैन्,काममा ब्यस्त , खान पिउन ब्यस्त ,किन मेलमा ब्यस्त,मनोरजनमा समेत ब्यस्त जुन ब्यस्तताको कुनै अर्थ नै छैन , अर्थ छ त यस्ले शहरीया मानिस लाई एजेन्दा लिएर हिंड्ने र डायरी हेरेर समय बिताउने एक मानब यन्त्र मात्रा बनाइदिन्छ |
            गाउँमा यती धरै मान्छेहरू ब्यस्त हुँदैनन अली बढी नै फुर्सद हुन्छन, समयमा सुतने, खाने, र उथन पाईन्छ । परिश्रम धरै गर्नु परेपनी बिसाउन को लागि समयहरू धरै हुन्छन कामबाट थकाई मेटान कामको बिचमा बिचमा मनोरन्जन गर्न पाईन्छ  । दु:ख सुखका कुराहरु एक अर्कामा बाड्ने थुप्रै फुर्सद्का समयहरू पाईन्छ  । सुख दु:ख अनी मनोरन्जनमा  रम्न  नजाने ति शहरी छर छिमेकी देखेर मलाई हासो उठेको थियो, गाउँमा भए एउटा घर मात्रा होइन पुर गाउँ नै रमाउथे । गाउँमा चिनेको मान्छे देख्दा परै बाट मिठो मुस्कराउने बानी छ  अझ सम्म अनी गाउँमा सरल, सुसिल्,बिनम्रत, क्रितज्ञा स्वभाबका मुस्कानहरू बाँकी छ | शहरमा जस्तो कोठाबाट हिड्दा आज कोही चिन्ने मान्छे बाटोमा भेटला भनेर मनमा डर लिएर हिंड्नु पर्दैन  गाउँमा । शहरमा अगाडि चिनेको मान्छे  देखदा पनि देखवती मुसकान हासेर जती सक्दो त्यो ब्यक्ती सँग  छुतिन प्रयास गर्नु पर्छ  तर गाउमा यस्तो केही गर्नु पर्दैन । म त झस्केको थिए आफ्न्त ,साथी भाईहरूले गर्ने फोस्रा माया र प्रेमका कुराहरू अनी शहरको सभ्यता सँग , मलाई त लाग्छ माया प्रेम अनी आफ्न्त , छर छिमेकी को अर्थ नै थाहा छैन ,अनी त भन मन लाग्छ यस्को अर्थ खोज्नु नै छ भने  माया र प्रेम का परीभार्षा नै बुझुनु छ भने गाउँमा गएर बुझुनु । म त ज्यादै भाबुक भए अनी मेरो मन शिथिल बन्न पुग्यो, मर्दा पर्दा मलामी  नपाईने शहरी मानबीय सेवा सँग, कस्तो अचमको शहर  फेरि भन मन लाग्छ मानबीय सेवा  सम्बन्धी जानु , बुझ्नु र सिक्नु नै छ भ ने गाउँमा जानु । छि: छि: शहरका यस्ता सभ्यता ,व्यबहार अनी परिबेशले गर्दा मेरा मनमा शहर प्रती एक किसिमको घ्रिणा पैदा गरिदिएको छ  भने शहरमा पाइने नक्कली बास्नाहिनका ति रङिचङी प्लास्तिकका गुलाबका फुलहरू भन्दा हाम्रो गाउको घर अगनको फुर्फुराउदो माटोमा  अनि गमलामा फुल्ने सयपत्री र ईन्द्र कमलको  सौन्द्र्यता र बास्नालाई सम्झिन्थे जस्को बास्ना गाउँ भरी फैलिन्थ्यो ।
                 समय जस्को न रूप रङ नै छ ,न आफु हिदने कुनै निश्चित ढंग र बाटो नै छ । धनी गरीब ,सुख दु:ख अनी घामपानीको वासता नै छ , न त पानी मा चिप्लिने डर र त्रास नै छ , उ आफ्नै रफतारमा हलिदै उफ्रदै,चिप्लिदै अनी हावा सँग मस्किदै निरन्तर रूपमा अगाडि बढीरहेको थियो । यस्तै  मस्किने  क्रममा पाँच वटा बर्षा रीतुहरूले शहर पूर्ण रूपमा भिजिसकेको थियो  भने उती नै हिउदहरूले धर्तिलाई चिस्याएर गाएब भईसकेका थिए । खोला झै असमान रूप लिएर बहने जिबनको मेरो यात्रामा मेरा मस्तिस्कले छिन छिनमा भबिस्यको सुन्दर सपना अनी बिगतका डर र त्रासका अनुभबहरू सगालेर मनमा एउटा तलाउ बनाइसकेको थियो । भुत्,भबिस्य र बर्तमानको यथार्थलाई कोत्याउदा मेरो मनको तलाउमा कयौ तरङ्गहरू उठे र फेरी शान्त भए जुन तरङगहरूको मुल्याङ्कन गर्न खोज्दा म सधैं निराश,बाध्यता र बिदम्बनाको भुवारीमा अद्किरहेको हुन्थे । नोकरीको लागी अबसरहरू  नआएका होइनन थुप्रै अबसरहरू आएका थिए,शहरका आनी बानि,व्यबहार,सभ्यता अनी सस्कार देखेर शहरमा बस्ने मन मरिसकेको थियो । आफ्नो गाउको  ति सुन्दर हरियाली फातहरू,खोलानाला ,पाखा पर्बत अनी चिसो चिसो ताजा हावाहरूले मलाई नै बोलाइरहेको मशुस हुन्थे , गाउँमा मान्छेको पहिचान हराउदैन ,काम गरेको जस धैरैले पाईन्छ ,योगदानहरूको ठुलो कदर हुन्छ । त्यसैले आफ्नै गाउँमै गएर आफ्नै पेशालाई निरनतरता दिन पायो भने मेरो मनलाई सुख र शान्ती होला भनेर आफ्नै गाउँ फर्के ।
               धरै बर्ष पछी म आफ्नो जन्म भुमी पुग्छु , खुसी र उमङग लिएर ति हरियाली फातहरू अनी धान्,गहु , टोरी र मकैका बोटहरू हेर्न  तर ति फातहरूमा त निलो आकाशअलाई टक्कर दिदै गगनलाई छुन्न खोज्ने ठुल ठुला नयाँ घरहरूले गाउँ नै सानो भएर फैलिसकेको थियो । अनी शहरमा जसतै  मान्छेहरूको भिड ,कोलाहल र कुत्रिमताको मैलो सास गाउँमा पनि बिस्तारै गनाइसकेको थिए भने शहरको असभ्यताबिकृतिले सेमत गाउँमा बास पाइसकेका  थिए । एक छिन त अल्ल मल्लमा परे म आफुले आँफैलाई प्रश्न गर्न थाले -के मैले छोडेर गएको मेरो जन्म र कर्म भुमी यही हो त ? कस्तो अवस्थामा छोडेर गएको थिए र आज कस्तो अवस्थामा पाए । मान्छेहरू सबै उही हुन ,ठाउ पनि उही हो, गाउँको अनुहारमात्र अर्कै……….भनिन्छ नि " बिकासको लागि परिवर्तन जरूरी छ " भनेर, नचाहदा नचहादै मैले गाउँको नयाँ अनुहारलाई स्विकार्न बाधय भए । समयको माग नै यस्तो भईसकेको थियो । राम्रा नराम्रा धैरै परिवर्तनहरू  भइसकेका थिए । अब म जसतै यो गाउको कोही पनि बिधयार्थिहरू गाउँ छोडेर शहरमा गएर पढन जानु पर्दैन किनकी अहिले त पढन को लागि आफ्नै गाउँमा एक से एक राम्रा र माधयामिक सम्मका बोर्दिङ्ग स्कुलहरू खोलिसकेका छन्,खाने पानीको राम्रो ब्यबस्था अनी सरस्फाइको तिर उतिनै अगाडि बढीसकेक थिए । आफ्न प्राचिन कला संस्कृति र परम्परालाई बिर्सेंर शहरको असभ्यता र बिक्कृतिलाई गाउँमा भित्र्याउन जोड तोड कोशीसहरू पनि भएका छन भने पहिला झै खेतका बियाद र करेसा बारीहरूमा बिभिन्न प्रकारका सागपात मकै,धान्,गहु,का बिउहरू छर्न छोडिएका छैन ,पाहिला झै चराचुरिङ्गगीको शत्रु मानिने , नाबलखहरूको सातो निकाल्ने बुख्याचाका बशहरू नयाँ नयाँ रूप र आकारमा ति खेतका बियाद र गहराहरूमा ठदयाउन छोडेका हुँदैन | पहिले धरै मात्रमा देख्ने बुख्याचा अहिले फात फुत मात्रा देखिन्छ ……… बुख्याचाको बदलमा नरकतका लठ्ठिरू ठद्याएर बातावरण लाई फोहर बनाउने ति सेता ,हरिया,काला प्लासतिकहरू झुन्द्याका धैरै देखीन्थे …..भने पहिलाको जस्तो जैबिक मलको लागि खेत खानेर कालो माटो निकाल्न छोडिसकेको थियो त्यस्को बद्लामा अहिले बोराको यूरिया मलको प्रयोग गर्ने भइसकेको थियो ।
        अच्च्म त यहाँ लाग्छ कि पहिला पहिला बुख्याचा देखी डराउने ति चरा चुरिङ्गगिहरू आज भोली बारीमा आएर निडर बिउ टिपेर खाइरहेका छन् , | धानका बालाहरू लुछिरहेकाछन त पाखाबारिको मकैहरू चिथोरिएका छन । जती सुकै ठुलो हावा हुरी चलेर बुख्याचाको मुखुन्दो हलिए पनि कोही कसैलाई केही फरक पर्दैन, चरा चुरिङ्गगिहरू उद्ने छताकात नै देखिदैन। हावा हुरी सँग झन खुशी मान्दै रमाइ रमाइ खेलिरहेकछन । बरशौ देखी निर्जिब बुखयाचाले चरा चुरिङ्गइगीहरू र स साना बच्चाहरू माथि डर त्रास देखाएर अन्यायको राज गर्दै अैरहेका थिए, त्यही अन्यायको परिणाम बुख्याचाले अहिले भोग्नु परिरहेको छ , साझ परेपछी बुख्याचा देखी धरै टाढा भाग्ने केटाकेतीहरू आज भोली त साझा परेपनी त्यस्को वारीपरि बसेर बुखयाचालाई नै सहारा मानेर लुकामारी खेलिरहेका थिए अनी नि:सन्कोच रमाइ रमाइ चरा चुरिङ्गहरू कहिले टाउकोमा त कहिले हातमा बस्न हिच किचाउदैन अनी ति  चरा चुरिङ्गइगीहरूले बिस्त्याएका सेता र काला दागहरू निर्जिब बुख्याचाको शरीर भरी टल्की रहेका देखिन्थे

      पहिला त बालिनालिको सुरक्षाको लागि बुख्याचालाई खडा गरिन्थ्यो । हुन त  शहरमा धैरै पहिले नै लोप भइस्केको  बुख्याचाको अस्तित्व अब गाउँ बाट पनि लोप हुने पका पकी भइस्केको छ । बाली नालिको सुरक्षारथ बुख्याचाको बदलामा नरकतलाई खदा गरिसकेको छ …….. पहिला पहिला त केटाकेटिहरूमात्रा डराउथ्ये बुख्याचासँग तर आजभोलि केटाकेटिहरूमात्रा होइन सिङ्गो गाउँलाई बुख्याचाको डर भन्दा पनि एउटा नयाँ डर र त्रासले समात्न थाले को छ  त्यो डर हो कतै शहरको बिकृति र अस्भ्यताले आफ्नो गाउँको प्राचिन, ईतिहास,परम्परा,चाड पर्ब र संस्कृतिलाई बिर्सिने त होइन…………………………………..?

Comments

Popular posts from this blog

आदिनाथ र सिद्धिपुर थसी

हाम्रो त:ध ननि

" शब्द सुकुल "