सिद्धिपुरमा मनाइने श्री पञ्चमी र गुठी गानाको केहि जानकारी ....

श्री पञ्चमी
बर्ष भरि मनाइने चाँडपर्व मध्ये माध शुक्ल पंचमकिा दिन मनाइने श्रीपञ्चमी पनि एक हो । आजको दिलाई बसन्त पञ्चमी, श्रीपञ्चमी र सरस्वती उत्सबको नामले चिनिदै आएका छन ।
एक पौराणिक कथन अनुसार लक्ष्मीले नारदालई जुन सौभाग्याबत िस्तीले यस माघ शुक्ल पञ्चमीका दिन देखी ६ बर्ष सम्म प्रत्येक महिनाको पञ्चमीका दिन ब्रत बस्नाले सधै शुद्धि, खुशी र पत्तिकी प्यारी हुन्छे  भनि उपदेश दिएका छन । यसले गर्दा आजको दिन अरु पञ्चमीको दिन भन्दा महान भएकाले श्रीपञ्चमी रहन गएको मानिएको छ । आज कै दिन देखी प्रकृतिको रुप, रङ्ग र स्वरुप वदलिएको, परिवर्तन भएको आभास सबै मान्छेको मनमा हुन्छ । रुख विरुवाहरुमा नयाँ नयाँ पालुवा पलाउनु, शिशिर ऋतुको भन्दा अलगै किसिमको शितल हावा बहनु, जसले आम मानिसको मुहारमा हाँसो, खुशी र उमङ्गले छइदिनु नै ऋतु परवर्तको संकेत हो, यसैले आजको दिनलाई बसन्त ऋतुको पहिलो दिन मान िबसन्त उत्सव मनउने गरिन्छ । जसले गर्दा आजको दिनलाई दोस्रो नाम अर्थात बसन्त पञ्चमीको नामले पनि चिनिन्छ ।
आजको दिन कुनै मानिसहरु विहानै सबेरै देखि स्नान गरी आफूलाई शुद्धपारी बीणा हातमा लिएकी सरस्वती माताको पूजा पाठ गर्ने गरिन्छ भने काठामाडांैको देउपातन टुकुचाको किनारकी सरस्वती, ठिमी सरस्वती, लेलेको सरस्वती कुण्डमा नुहाउन जाने यात्रीहरुको ठूलो घुईचो लाग्ने गर्छ । यसमा पनि विशेष गरेर बौद्ध धर्मालम्बीहरुले मञ्जुश्री बोधिसत्व भनि पुकार्ने स्वयम्भुमा सरस्वतीको दर्शन पूजा गर्न जाने ब्यक्तिहरुको ज्यादै भिड हुने गर्छ । आजको दिन यस स्थानमा रहेका भित्ता भरि नमो बागेश्वराय् भनि सरस्वतीको नाम लेखि तथा समरणशक्ति बलियो पार्न भनि सरसवतीको छातिमा हातले छोएर आफ्नो छातिमा छुवाई र सरस्वतीलाई पुजा गरिएका अक्षताहरु सात गेडा दाँतले नछुन्ने गरी खाने गरिन्छ ।यस्तै सिद्धिपुर वासीहरू पनि देब नानीमा अवस्थित सरस्वती मन्दिरमा जाग्राम बस्नेको घुइचो लाग्ने गर्छ भने  आज  पञ्चमीको दिन सरस्वती बर्षेनी ल्हासाको बाटो गरी नेपाल आउनु हुन्छ  भनि रातभरि जाग्राम बसि सरस्वतीको थकाई मेटाउन भनि सरस्वतीका मुर्तिहरुमा कपास र तेल घसिदिने र भिता भरि स साना नानीहरूलाई  " नमो बागेश्वराय् भनि सरस्वतीको नाम लेखाउने गर्दछन ।
गांसी आजु ,छोरा गंगा राम र श्रीमती गंगा लक्ष्मी 
बसन्त ऋृतुको आगमनको खुशीयालीमा यस सिद्धिपुर गा.वि.स.का बासिन्दाहरु आफ्नै विशेष किसिमले भोज बनाएर (भोज खाएर ) बढी हर्षो उल्लासका साथ बसन्त ऋृतुको आगमनलाई स्वागत गर्ने गर्दछन । यहाँका आदिवासीहरु पाटन बासी नै हो भनि प्रमाणित हुन्छ । किनकी धंःगु खल, यलम्बु खलः घवा खलः र नेमकुल समेतको कुल घर कुतम्बको काम पाटन मा नै छन् । पछि गाउँ ब्यवस्थीत भैसकेपछि गुठी गानाको अवधारणा आईसके पछि थसीमा पनि यी चार खलकहरु मिलेर गाँ सी आजुको नेतृत्वमा सबैलाई समेति तः गुठी (तः धं मंका खलः) नामाकारण गरी स्थापना गरीएको देखिन्छ जुन वडा नं. ४ तधननीमा पर्दछ । मूलत तःगुठि यस गाउँको जेठो गुठिको रुपमा मानिन्छ । जस्को नेतृत्व घवा खलकका गाँ सी आजुले गरेको हुनाले हाल सम्म पनि सो गुठिमा जेठा भनेर घवा खलकको व्यक्तिलाई राख्ने गरेका छन् । पहिले यस्तो सामाजिक र ऐतिहासीक काम गर्ने ब्यक्तीहरुको योगदानको सम्मानजनक  कदर गरिन्थ्यो । गाँ सी आजु  जो हामी जस्तै एक आम नागरीक थिए ।गाँ सी आजुको यस गाउँमा विषेश सहयोग र योगदान भएकोले होला देवननी अवस्थीत भैरबको मन्दिर भित्र भैरब नाथको मूर्ति भन्दा सात सुल माथी गाँ सी आजुको परिवारको मूर्ति स्थापना गरिएका हुन सक्छ । जुन मूर्ति गाँ सी आजु, छोरा गंगाराँ र श्रीमती गंगा लक्ष्मीका हुन् । जुन मुर्ति अहिले पनि भैरब मूर्तिको बाँया पट्टि देख्न सकिन्छ । जस्लाई हाल सम्म पनि हामीहरुले पुज्दै आईरहेका छौं ।
यस सिद्धीपुर गाविसमा परम्परादेखी चलाई आएको  मृत्यु संस्कार गुठीहरु विभिन्न नाममा १० वटा गुठी संञ्चालन गर्दै आइरहेका छन । यी विभिन्न गुठीहरुले विशेषत गाउँ भरि गरिने विभिन्न सार्वजनिक कार्यहरुमा सहयोग गर्ने गरिन्छ भने सामाजिक कार्यहरुमा पनि उत्तिकै सहयोग पु¥याउने गर्छन जस्तो कुलो र नहर खन्ने काम पोखरी सफागर्ने आदि इत्यादि ।
श्री पञ्चमीको दिनमा श्री प्राप्ती देखि माथि उल्लेखित कथावस्तु समेत प्राप्त भएको दिनलाई लिएर श्री पञ्चमीको अघिल्लो दिनलाई स्वाँज भन्ने गरिन्छ । आज विहान पूजा गरि पालाको घरबाट आजु (गाँ सी आजु) लाई धुप बत्ती बाली बोकेर गुठीसम्म ल्याइपुर्याइन्छ । साथै उसको सम्पति पनि संगै ल्याइने गरिन्छ । आजुको लागि छुट्टै सिंहासन बनाइराखेको हुन्छ र त्यसमा स्थापना गर्ने गरिन्छ । आजुलाई स्थापना गर्दा जहाँपनि ईटाको सातसुल माथि नै स्थापना गर्ने गरिन्छ । स्वाँजको दिन प्रत्येक आआफ्नो गुठीका थकालीद्वारा भैरवको मन्दिरमा विधि पूर्वक पूजा गरी मन्दिरको अगाडि नै राँगोलाई बली दिइन्छ । पहिला पहिला भए पन्चे बाज बजाई थकाली सहित पूजा गर्न देवननी गइन्छ र पुजा गरिन्छ र बलि दिने समयमा पालाको कन्छाले मन्दिर भित्र भैरबको र्मुिर्तमा छ हाय्के गुभनेर माटोका अपचाबाट पानी चढाइ रहने गर्दछ । यो गरे बापट गर्धनको मासु दिइन्छ भन्ने दर्शन धारीहरुलाई पञ्चेबाजा बजाए बापत रगत र कंशाहीलाई (बल बा) डोेरीले बाँधेर नशा खोजेर रेतिन्छ र रगत भैरबकोतुनाल सम्म चढाइन्छ । यति गरे बापत वल वा दिइन्छ भनेर अलि मासु दिइन्छ । तर २०२९÷३० साल देखी म्हासि सकेको छ । तर हिजो आज  हाम्रो लागी यो एउटा कथा मात्र भएको छ । हामीले  देख्न र हेनै नपाइने भैसकेको छ । हिजो आज ति शाही र दर्शनधारुको जरुरी भए पनि लागु गराउन नसक्ने भइसकेको छ । खाली थकलीहरु द्वारा पूजा गराइ आफ्नै गुठीको आँगन मै राँगालाई बलि दिइन्छ ।
सबै गुठीयारहरु मासु कात्ने बेलामा या  त्यो भन्दा अगाडी छ जना थकालीहरु बाँध थुन्न जाने भनेर पालाको घरमा गई बाक्लो जाँडको घ्यम्पोलाई पूजा गरि सबै थरीका जाँड चाख्ने गर्छन र जुन मिठो छ त्या ेजाँड पहिले पठाउने नमिठो जाँड चाँहि दाउरा लिन जाने बेला पठाउनु भनि सल्लाह दिएर आउँछन् । दिउँसो बाक्लो जाँड ( थ्वँ कया हैगु ) निकालेर ल्याउँछ । मासु काट्न  सिद्धिसके पछि सबै गुठियारहरुलाई छोय्ला दिएर जाँड पिलाउछन् र केहि छिन पछि समय बजि दिइन्छ ।
साँझ गुठीयारहरु सबै जना भेला हुन्छन् भेला हँुदा दिउसो टिका लगाई समय बजि खाएको व्यक्ति नै भोज आउनु पर्छ भन्ने भनाई छ र भोजको लागि (ब्वँ) लपतीमा बोकासा (ब्वय्गु) हाल्ने चलन छ । बोकासा भन्नाले पालु (अदुवा), मुस्या (भटमास) भुटी (बोडी) वः (बारा), पम्याचा  खेपिचा वाँमचा(साग), चपि, र कमलोसा (केराउको अचार)  ( पहिला पहिला बाह्र थरीका बोकासाहरु हाल्नुपग्र्यो । जुन बाह्र थरी बोकासाहरुले बाह्रकोटी देवताजनहरुको नेतृत्व गर्दछ भन्ने विश्वास छ । अहिले नौं थरीका बोकासाहरु हाल्ने चलन छ । जुन नौ बोकासाहरुले नौ वटा ग्रहहरुको प्रतिनिधित्व गर्दछन् भन्ने जन विश्वास रहेको पाइन्छ ।) सबै परिकारहरु राखि सके पछि देवननी टोलमा अवस्थित न्हुपुखु (नयाँ पोखरी) मा देबटा लिन पठाइन्छ । अगाडी पछाडी छ्वाली बालेर बीचमा बस्नेले झारी लिचु (मः भलि) ले लिएर आउने गरिन्छ । पोखरीमा पुगिसकेपछि दुई चोटी झारीमा पानी भरेर फेरि फेरि खन्याइन्छ र तेस्रो चोटीको पानी गुठीमा लगि भण्डार कोठामा राखिन्छ । पोखरीको पानी नल्याए सम्म कसैले भोज खाँदैन । जब पानी गुठीमा पुग्छ अनि जेठा भन्ने विशेष घं बा खलकको हुन्छ । कथंकदाचित यो गुठीमा घंःबा खलक नै नभए पनि घं बा खलकमा गई अनुरोध गरी ल्याइ जेठा बनाइन्थ्यो । अरु कुनै पनि खलका ब्यक्तिहरुलार्इै जेठा बनाइदैन किन भने यो गुठीको नेतृत्व गर्ने पहिलो ब्यक्ति गाँ सी आजुनै घःवा खलकको भएको हुनाले । थकालीहरुले भन्दा पनि पहिले जेठाले देवतालाइ चढाइन्छ अनि मात्र थकालीले चढाई भोज खान शुरु गरिन्छ । पहिला पहिला भए देवताहरुलाई चढाउनु अघि पञ्चे बाजा बजाउन आउँथ्यो । भोज खाई सके पछि अर्थात सिकाबु गर्नु भन्दा पहिले देवता (पोखरीबाट ल्याइएको पानी) लाई पूनः पोखरीमा नै आगाडि पछाडि छ्वाली बालि लगिन्छ र त्यहाँ खन्याएर  र खाली झारी लिएर गुठीमा फर्किन्छ, जुन आज भोलि सम्म पनि यथावत नै छ र हामीले आजको दिन यो सबै देख्न र हेर्न सक्छौ । पुग्नासाथ सिकाबु गरिन्छ ।
सिकाबु ६ जना थकालीहरुलाई भाव पूर्ण मान स्म्मान र आदर गर्ने एउटा प्रचिन तरिका हो । सिकाबु गर्दा सबै भन्दा जेठो थकालीलाई दायाँ आँखा, दोस्रो थकालीलाई बायाँ आँखा, तेस्रो थकाली दायाँ कान, चौथो थकालीलाई बाँया कान, पाँचौलाई थुन (भौख्वा) र छैठौलाई जिब्रो दिईने परम्परा छ र भने बाकी सबै गुठीयारहरुलाई प्रसाद सरी एक उक टुृक्रा मासु हाली दिइने चलन छ । सिकाबु गरीसकेपछि भेला बो सनेगु (जुन पहिला नै राखिसकेको हुन्छ ।) भनेर भेला ब्वँ को प्रसाद बाँडिदिन्छन् । यो प्रसाद बाँड्ने बेला एक पाइलामात्र सारी ५ जना थकाली सम्मलाई भ्याउनु पर्ने प्रचलन छ भने बाँकी गुठियाहरुलाई बाँढ्दा जति पाइला सरेर दिएपनि केही फरक पर्दैन । कम्से कम एक डेढ घण्टाको लामो भोज खाईसके पछि थकालीले द्योे ब्वँ (देवताको भाग) मा पानी नचढाए सम्म कोही पनि उठन नपाउने नियम गुठिको छ । भोज खान सिद्धिए पछि नुसिला दिइन्छ यसपछि खौका (सिन्का ) दिइन्छ र फेरि नुसिला दिइन्छ । नुसिला भन्नाले हात धुने, फेरि मुखमा पानी छर्ने फेरि हात धुने र अन्तमा सुपारी बाँडी आजको भोज विर्सजन गरिन्छ । पहिला पहिला आजको दिन विहानै देखी पञ्चे बाजा बजाउँदै बसन्त सुनाउन टोल टोलमा गइन्छ र द्वारी, प्रधान पञ्च, दुवा, नायकहरुका घरमा खुसि भए चामल दान दिएर पठाउने गर्छ ।
श्रीपञ्चमीको दिन सबै जना गुठीमा गई जलपान गरी हिजो बनाएर राखेका मासुको थलथले प्रति ब्यक्तिलाई एक एक वटा बाँड्ने गर्छ । यस्तै १०११ बजे तिर टिका लगाएर भोलिको लागि कोही (चार÷पाँच) दाउरा खोज्न हिड्छन् भने गुठीमा बैदार हाकिम र पालाहरुको आवाजहरु गुन्जिवएको हुन्छ भने गुठीयारहरु पनि आज विहान देृखी नै गुठीमा देखिन्छ । आफूले तिुर्न पर्ने जरिवाना, र ल्हासा तिर्न आउने गर्छन् । आज सुर्य अस्ताउनु अघि नै भोज खान शूरु गरिन्छ र जो ब्याक्ति आज ढिलो आउँछ त्यो ब्यत्तिललाई जरिवाना तिर्न लगाउँछन । आज पनि भेला ब्वँ सनेगु गर्छ । यो ३ दिन सम्म पनि गुर्न पर्छ । जुन महिलाहरुले हेर्नु हुदैन भन्ने भनाई छ ।
श्रीपञ्चमीको दोस्रो दिन सबै जना गुठिमा आउछन् र जलपान (जाँड रक्सी) पीएर, टिका लगाएर सबै जना आफु संग भएको चुपी, बन्चरो ... इत्यादी लिएर  दाउरा लिन जान्छन । आजको दिन दाउरा मात्र राख्ने .(सिँ गुँचाको ) ब्यक्तिहरु पनि दाउरा लिन आउँछन् । सिँ गुचाको ब्यक्तिहरूलाई श्रीपञ्चमकिो दिन र अघिल्लो दिनको भोजमा सहभागि गराउँदैन खाली समय् बजिमात्र खिलाइन्छ । बरु सिँ गुचाको भोज भनेर घोडे जात्राको अघिल्लो दिन मनाउने गरिन्छ । जस्मा सबै गुठीहरूलाई साथै सिँगुचाका ब्यक्तिहरूलाई पनि समबेश गरिन्छ । दाउरा लिन गएका गुठियारहरूलाई सहयोग गर्न (लँ स्वा वनेगु) जाने भनेर ६ जना थकाली, हाकिम, बैदार पाला (पालो पर्नेको) चार जना, गएको वर्ष पालो परेकोबाट चार जना अब आउने वर्ष पालो पर्नेबाट चार जना गरी सबै जना मिली समय् बजि लिएर जान्छ । बिच बाटोमै सबै जनालई समय बजि खुवाई हाजिर गर्ने गरिन्छ, हाजिर गर्ने बेला आफु त्यहाँ अगाडी भएन भने अनुउपस्थती भएको ठान्छ र जरिवाना तिर्न लगाउँछ । हाजिर लिन सिद्धिएपछि सबै जनाले आआफुले ल्याएको दाउरा बोकेर गुठीसम्म या निश्चित ठाउँ सम्म पु¥याउछन् र चार बजे तिर भोज खान्छ, बेलुकी फेरि भोज खान सबैजना जम्मा हुन्छन् । आज आर्थिक बर्षको सबै प्रकारका आय ब्ययकोबारेमा सबै गुठियारहरुलाई जानकारी गराई हिजोको जस्तै भोज खान्छन् तर आज अन्तमा अलि भिन्नै किसिमले भोज खुवाइन्छ । आजको अन्तिम समयमा (पा चिकिगु) पालो अर्काेलाई दिने भनेर पहिलापहिला चार जनाले सुकुन्दा चार जनाले (पुकुलाः) भुतना, २ जनाले घउ (मातोको भाँडो) र २ जनाले सोमा लिएरआउने गर्दथ्यो । आज भोलि वर्षको पालो पर्ने (मु भलिँ)ले मासुको थलथले र बाँकीले विभिन्न परिकारहरूका साथै बाक्लो जाँड रक्सी लिई जम्मा १२ जना आउने गर्दछन् र सबै गुठियारहरूले उनीहरूलाई अब मनाउने बर्ष बढो खुशी र राम्रो संग मनाउन सकोस् भनी सबैजनाले आशिर्वाद दिने गर्छन भने यो बर्ष पालो पर्नेले राँगोको गर्धनको हड्डीको माला लगाएर बडो हाँसो, खुशी र ठट्टा गरी यो बर्षमा केही भुल र गल्ति भए क्षमा गरिदिनु भनी सबै संग क्षमा माग्दै विदाइ हुन्छन् र पछि न्ह्यपु सबै गुठीयारहरूलाई बाँडी आज पनि भेला ब्वँ बाँडी खौका, नुसिला र सुपारी दिई आजको भोज अर्थात यो बर्षकै भोज बिर्सजन गरिन्छ । अन्तमा भो बाया वनेगु भोजबाट छुटेर जानु भन्दा पहिले सबै सामानहरू गन्ती गरेर लिचु पाला अगाडि सबै सामानहरू बाकस भित्र  राख्ने गरिन्छ । बाकस भित्रको समान राख्दा र झिक्दा सिधा आँखा बाकसमा पर्ने गरी समान निकाल्नु हुँदैन । समान झिक्दा अर्कै दिशामा फर्केर समान झिक्ने र राख्ने गर्नु पर्छ भनि थकालीको भनाई छ । अन्तमा देवता (गाँ सी आजु) र सम्पति सबै अर्को बर्ष पालो पर्ने को घरमा धुप बत्ति र दियो बाली लगिन्छ । गाँ सी आजु लाने बेला, गाँ सी आजु आयो है झ्यालबाट नहेर्नु भन्दै कराएर आउने गर्छन् । ६ जना थकालीहरू हाकिम, जिठा, बैदार सबै जना जान्छन् । यहाँ स्थापना गरिसकेपछि समय बजी खाई आआफ्नो घर फर्किन्छ ।

गुठी जस्ले आफ्नै छुट्टै किसिमको महत्व र विशेषता बोकेको पाईन्छ र छुट्टै किसिमका निती नियम र ब्यवस्थापन पनि रहेको पाईन्छ ।
गुठी थकालीगुठीयारहरू मध्येमा पाको उमेर र वढी उमेरको ब्यक्तिलाई थकाली मानिन्छ । जस्मा जम्मा ६ जना रहने गर्दछ ।
हाकिमगुठिको सम्पूर्ण कार्यहरूको रेखदेख गर्ने र के कस्तो गर्नु पर्छ भनि सर सल्लाह गरी निर्देशन गर्ने अधिकार प्राप्त ब्यक्ति ।
बैदार गुठिमा आर्थिक कारोबार सम्वन्धी जिम्मा लगाइएको मान्छेलाई बैदार भनिन्छ । जस्ले साल भरको जरिवाना उठाउने देखि भोजको बेला खर्च भएको सम्पूर्ण विवरण गुठियारहरूलाई सुनाउने काम गर्छ ।
प्रत्येक बर्ष जम्मा १२ जना (खलक) मिलेर मनाउने गरिन्छ । गएको बर्ष पालो पर्नेलाई यो साल लिचु भनेर भनिन्छ  भने यो बर्ष पालै पर्नेलाई पाला र आउदो बर्ष पालो पर्ने (लिनें लाइ न्हेचु भन्ने गरिन्छ । आउँदो बर्ष पालो पर्ने  खलक मध्ये एक जनालाई छानेर मु भलि बनाइन्छ । मु भलि (मुख्य सहायक कर्ता) ले गुठीमा बनाइने सबै परिकाहरू जिम्मा लिइन्छ र अर्कोसमानहरू पनि । केही समान या अरुकेही चाहेमा उसको अनुमतिमा मात्र लिन पाईन्छ ।
पहिला पहिला भए यो गुठीमा जम्मा ६ ७ दिन सम्म भोज खाने चलन थियो । अहिले ति दिनहरूलाई घताउँदै ३ दिनमा मात्र सिमित गरिएको छ । हुन त पहिला गुठी एउटा मात्र थियो । त्यसरी एउटै मात्र भएकोले यो गुठीमा मान्छेहरूको चाप बढ्न थाल्यो । मान्छेहरूको धेरै चापले गर्दा गुठी भित्र एक अर्कामा मन मुटाव बढन् थाल्यो, अन्तत त्यही मन मुटावको कारण त्यहाँबाट गुठी टुक्रिन पुग्यो । त्यसरी तुक्रिएका गुठिहरूका नामहरू निम्न प्रकार छन् । १) तःधँ बा गुठी, २) चिःधः बा गुठी, ३) पोथा गुठी (देवननी), ४) लतम् बीर गुठी (गल्ली), ५) त्व कः गुठी (कुलाँचा), ६) परोपकार, ७) तः धुं नेम्कुल गुठी, ८) चिधं नेम्कुल गुठी, ९) श्रेष्ठ गुठी,र १०)शाक्य गुठी  विशेषतः यो लेख तः गुठी सँग सम्बन्धित छ । बाँकी ९ गुठीहरूको पनि आआफ्नै किसिमको रिति, परम्परा, निति नियम र व्यवस्थापनहरू रहँर्दैै आइरहेका छन् ।
केहि सुझाब र सल्हाको भए यस्मा nanda7sak2002@yahoo.com मा mail पठाउन सक्नु हुन्छ |

Comments

Popular posts from this blog

आदिनाथ र सिद्धिपुर थसी

हाम्रो त:ध ननि

" शब्द सुकुल "