खेति योग्य जमिन बचाउँ ..अनि हाम्रो भाषा ,संस्कृत बचाउँ
खेति योग्य जमिन बचाउँ .....
सिद्धिपुर थसी जसको बारेमा लेखक बिपिन कपालीले आफ्नो लेखमा यसरी बर्णन गर्नु भएको थियो “ काठमाडौं उपत्यका भित्र कमै मात्रामा आफ्नो मौलिकता विथोलिएको ,वरीपरी गाउँ नै गाउँले घेरिएको , बीचमा शान्त र स्वच्छ वातावरणमा अवस्थित गुच्च मुच्च परेको ,धर्म ,भाषा , भेषभूषा , संस्कृति , रितिरिवाज र चाडपर्वको धनी अनि प्राचिन ऐतिहासिक गाउँ “ भनेर | उहाँको यो भनाई आज भोलि दिना नु दिन फरक हुदै गैरहेको छ | बिकासको नाममा खेतीपाती गर्न योग्य जमिनहरूमा भईरहेको अनियमित तवरले प्लातिंग गर्ने र त्यस्ता घर घडेरी किनबेचले गर्दा उहाँको भनाईमा केहि परिबर्तन गर्नु पर्ने भएको छ , बिपिन जी “ कमै मात्रामा आफ्नो मौलिकता होइन अब त पुरा नै आफ्नो मौलिकता बिथोल्ने अवस्था सृजना भैसकेको र गरिससकेको छ भनेर लेख्दा केहि फरक नपर्ला जस्तो छ |
हाम्रो आफ्नै मौलिक संस्कृति छ ,भाषा छ ,भेस भुषा छ ,परम्पराहरू छन् भन्दा यसमा कसैको दुई मत नहोला | यसरी नै हामीले हाम्रा खेति योग्य तथा अन्नको भण्डार भनेर हाम्रा पूर्वज देखि अहिलेसम्म हामीले समेत पुज्दै आएका यस्ता जमिनहरूमा अनियमित तवरले पल्टिंग गर्दै अरू ठाउँका मान्छेहरूलाई किनबेच गर्ने हो भने गाउँको मौलिकता माथि ठुलो प्रश्न चिन्ह खडा हुने छ | यस्ता अनियमित तरिकाको प्लतिंगमा बनाएका घरहरूले गाउँको मौलिकतालाई कंक्रिटको कुरुप सहरमा परिणत हुने त पका पकी छ नै जसले हाम्रो मौलिक संस्कृति , मातृ भाषा , आफ्नो भेष भूषा , परम्परा र चाडपर्बहरू किताबका पानाहरूमा मात्र सिमित बनाउदै लोप हुने बढी खतरा देखिन्छ | जुन कुरा सबैले महसुश गरेकै हो र यो नै ध्रुब सत्य कुरा पनि हो | जुन घर जग्गा किन बेच ले गर्दा कसै कसैलाई फाईदै फाइदा त गाउँलाई भने घाटा नै घाटा छ |
हामी आफै कल्पना गर्न सक्छौ त्यो काठमाण्डौ कस्तो थियो र अहिले कस्तो भयो ? हाम्रो थसी पनि त्यस्तो नहोला भन्न सक्दिन ,आज एउटा घर ..भोलि एउटा घर बन्दै बन्दै कंक्रिटको ठुलो मरुभूमि बन्ने छ तब हामि सिप र पैसा भएर पनि भोकै हुने छौ , र अहिलेको जस्तो आफ्नै बारीमा केहि ताजा तरकारी उब्जाएर खाउं न भने इच्छा हुदा हुदै पनि इच्छामा मात्रै सिमित हुने छ | तब हामि ढिला भैसकेका हुन्छौ र हामि आफ्ना सन्ततिहरूलाई एकादेशमा एउटा यस्तो गाउँ थियो भनेर बखान गर्न बाध्य हुने छौ | दलालहरूले व्यक्तिगत तवरले आफु विलासी र सुखी सम्पन्नता हुन् आफ्नै मातृभूमिलाई आफ्नै आमाहरूलाई बेच्दै छन् , आफ्नै आमाहरूको सुन्दर रुपहरूलाई कुरुप बनाउदै छन्
अहिले सम्म केहि बिग्रेको छैन ,ढिला भएको पक्का हो | हाम्रो मौलिकतालाई जोगाउन हामि सबै मिलेर गर्यो भने अझै ढिला भएको छैन , आउनुस हामि सबै मिलेर बाचाहरू गरूँ न त गाउँ परिसद्ममा बसेर गाउँको मुख्य ठाउँहरू जस्तो कि देव ननि ,तध:ननि , पिन ननि ,पिर्मे ,धसी ........ घडेरी किन बेच गर्न नपाउने निर्णय गर्न र गराउन कथम्कदाचित किनी हाल्यो भने पनि गाउँ बिकास समितिलाई प्रत्येक वर्ष स्थानीयवासीले भन्दा दोब्बर या तेब्बल राजश्व बुझाउनु पर्ने गरि नियम बनाउँ र खेति योग्य जमिनहरू जस्तो कि हाम्रो अन्नको भण्डारको रूपमा चिनिदै आएको (दे:ध)राज कुलोको पानी बाट सजिलैसँग सिंचाई गर्न सकिने बगरहरू ,पों :बु , बेपाई ,भं सारी , झुल :,तमोचा :पं फुटी :इगतगी मे ,यस्तै यस्तै खेति योग्य जमिन हरूमा प्लतिग्न हुन् बाट रोक्नु अनि किन बेचको कार्यलाई हामीले नै रोक्ने प्रयास गरूँ जस्मा सम्पूर्ण गाउँवासी बुद्धिजीवी ,राजनीति र समाजसेवीहरुको एक जुट हुन् जरूरी देखिन्छ |
जय सिद्धिपुर थसी

Comments
Post a Comment