हाम्रो त:ध ननि

 

                                हाम्रो त:ध ननि         

                                                                                                                                                                                    नन्द बहादुर महर्जन (थसिमी)
कृतिपुरसन्देश पत्रिकामा नेपाल सम्बत ११४३ \ बिक्रम सम्बत २०७९\चैत्र १ गते प्रकाशन भएको लेख 

      

    

तेता (ग्वार्को)बाट करिब ३.२ कि.मी. पुर्ब र कान्तिपुरबाट करिब ७ कि.मी.को दूरीमा रहेको पुरानो बस्ति अर्थात् प्राचिन मल्लकालीन सभ्यता र संस्कृतिको धरोहरको रूपमा रहेका ऐतिहाँसिक गाउँ अनि धर्म,भाषा ,भेषभूषा ,संस्कृति चाडपर्ब र रितिरिवाजको धनी र श्रीआदिनाथ लोकेश्वर विराजमान हुनुभएको पावन भुमि हो  थसी | समय क्रम संगै सिंपुर , अजयपुरी , थंसम्प्रिन्देव क्षेत्राल, थसि,सानागाउँ र सिद्धिपुर जस्ता बिभिन्न नामले चिनिदै आइरहेको यस थसीलाई  सुकुलको गाउँ भनेर पनि चिनिन्छ , हाल महालक्ष्मी नगरपालिकाको वडा नम्बर ६ अन्तर्गत पर्दछन |  

लिच्छ्बी  र मल्लकालीन समयमा ठुल ठूला बस्तिहरू बनाएको ठाउमा गाउँको रक्षा र सुरक्षा गर्नका लागि गाउँभित्र पस्न मुख्य द्वार बनाएको हुन्छन रे, यस्तै यहाँ पनि गाउँ भित्र पस्न टोल टोलमा मुख्य द्वार बनाएको थियो भने सुनिन्छ, बढी सुन्नमा आएको राम ढोका, झोल(छावनी टोल बाट खोला तिर जान)खुशि:लं ढोका, (फोंगा टोल बाट  पिर्मे छिर्न) भिन्द्यो ढोका र(द्दयो ननि बाट त:धननी छिर्न ) द्दयो ननि ढोका यी ढोका र ढोकाको नामहरू सायद कमै मात्रालाई थाह होला | जुन ढोकामा सेतो बर्जाले लिपेर देबताहरूको मूर्तिहरू कोरेर स्वागतम लेखेर गाऊ पस्ने सम्पूर्ण अतिथिहरूलाई स्वागत गरिरहेका हुन्थे | स्वागत द्वार बाट भित्र पस्नु अघि बायाँ पती एउटा पोखरी आउँछ जुन फ्वंगा पुखु :बाट प्रचलित थियो भने हाल शान्ति पुखु नाम बाट चिनिन्छ | भिन्द्द्यो ढोकाबाट केहि पाइला अगाडि बद्यो भने फेरी अर्को  शान्त र मनमोहक पुरानो पोखरी आउँछ जसलाई भिन्द्द्यो  पुखु बाट चिनिदै आइरहेका छौ भने फेरी केही पाइला अगाडि बध्यो भने लाछी देबीदेवताहरूको सँगम स्थल द्दयो ननिमा आइपुगछौ  जहाँ बिभिन्न पुरानै शैलीका थुप्रै मठ मन्दिरहरू ,बुद्धका स्तुपाहरू, पौवा पाटीहरू अनी सत्तल र इनारहरू देखीन्छ । अलि अगाडी वडा कार्यालयलाई बायाँपति मोडेर द्दयो ननि ढोकाबाट अगाडी बढ्यो भने चारै तिर बाट लहरै ठूलाठूला कंक्रीतका घरहरूबाट घेरिएको एउटा ठुलो चारपाते बहा:ननि वा चोक आँउछ जुन  आजकल त:धननि नामबाट प्रचलित छन , भनिन्छ प्राचिन समयमा सिंगो देश (गाउँ ) भरिमा एउटा मात्र गुठी थियो त्यो हो  त: गुठी , देश(गाउँ) भरिका सबैजना गुठियार थिए | केहि समयपछि विविध कारणबस गुठीबाट आधा छुटेर (बच्छी बाया वन) गए र आधा त्यही ननिमा (बच्छी व हे ननि च्वंन )बसेर गुठी चलाउन थाले र पछी देश(गाउँ)मा मान्छेहरू एक आपसमा कुरा गर्दा वा कहाँ जाने भनेर प्रश्न गर्दा त्यहीं बच्छी ननिमा जाने भनेर जवाफ दिइन्थ्यो त्यही “बच्छी” भने शब्द पछि बोलीचालीमा  “ बच्छी.... वच्छे (वछे)” मा परिबर्तन भयो र सोहि शब्दबाट टोलको नामाकरण “ वच्छे (वछे) ” ननि हुन् गएको हुन् सक्ने जेष्ठनागरिकहरूको बुझाइ छ र सोहि  “वच्छे (वछे)” ननि नाम बाट प्रचलित थियो रे,  थसिमा जति पनि ननिहरूछन् ति ननिहरू भन्दा अलि ठुलो ननि भएरै होला “बच्छी.... वच्छे (वछे)” ननिबाट बिस्तारै त: ध ननिमा रुपान्तरण भएको कसैलाई सुइँको नै पाइन् | नेपाल भाषामा त: को अर्थ नेपाली भाषामा ठुलो र ननिको अर्थ बहा: वा बही भनी बुझिन्छ |

 

त:ध ननि टोल सिद्धिपुर थसिको ऐतिहाँसिकतालाई बोकेको एउटा ठुलो साझा आँगन हो जसले  उच्च ,धार्मिक , साँस्कृतिक ,सांगीतिक अनि ऐतिहासिक धरोहरहरूको मूल्य र मान्याताहरूलाई साथ लिएर आज सम्म उभिरहेको छ, चाहे आफु “बच्छी.... वच्छे (वछे)”  ननि बाट त:ध ननिमा परिबर्तन भएको किन नहोस आफ्नो मूल्य र मान्यतालाई अझै बिर्सेको छैन । सामाजिक हिसाबले अति नै महत्वपूर्ण  मानिएको ३३० बर्ष पुरानो इतिहासलाई बोकेको सिंगो देश (गाउँ )कै मूल  गुठी त:गुठी आजसम्म जीवित अवस्थामा त:ध ननीमा उभिएकाछन, ननि धार्मिक र संस्कृतिक हिसाबले अति नै महत्वपूर्ण स्थान हो | यहाँ भिन्द्यो मन्दिर , गणे द्दयो मन्दिर ,२ वटा चिभा द्दयो अनि अन्दाजी  १५०  देखि २०० वर्ष पुरानो इतिहास बोकेको एउटा पौराणिक चैत्य, जसले आफ्नो अनौठो विशेषता बोकेर यहीं ननीमा आज सम्म सान मान संगै उभिएका छन् यसको अनौठो विशेषता भनु यस चैत्यमा मूर्तिहरू छैनन जसले गर्दा यस चैत्यलाई द्दयो मदुगु देग (मुर्ति नभएको मन्दिर वा चैत्य भन्ने गरिन्छ) | यो चैत्यमा तामाबाट बनेको मूर्तिहरू गुठियारहरूले वर्षको दुई चोटी  प्रदर्शन गर्ने गरिन्छ |



त:धननिको चैत्य (फोटो किरण कुमार महर्जन ) 
    देश(गाउँ )को ठुलो पर्ब बालकुमारी जात्राको शुरुवात पनि यही टोलबाट हुन्छ भन्दा हामीलाई पत्याउन गाह्रो लाग्न सक्ला तर यो कुरा साँचै हो , जात्रा सुरुवात हुनु अगाडी हामीले मनाउने छोइला बु को चार दिन अगाडी त:धननिमा रहेको आशाकाजी गुरुजुको घरदेखि ठ्याकै अगाडीको घरमा बेजमान (बं: प्येन्गु ) झुण्ड्याइन्छ | विधिपुर्बक तान्त्रिक बिद्दयाबाट पुजा गरि सिँना:बु(भू )जल न्हेकं,अक्षता ,चामल , अनि धाल्चामा मर्चा हालेर रातो जार्हं बनाउने भनेर पानी हालेर काँचो धागोले बाँधेर बेजमान झुन्द्याइन्छ | यसले जात्रा भरि देश (गाउँ )मा कसैलाई पनि रोग ब्याधि र अप्रिय घटनाहरूबाट जोगाइन्छ  भने भनाइ रहेको छ भने यो झुन्ड्याई सके पछी देश (गाउँ )मा कसैले लुगाहरू धुने कामहरू गर्न पाउंदैन र यसले जात्रा शुरू भएको संकेत दिन्छन | यो आठ दिन सम्म झुन्द्याइन्छ र जात्रासके संगै यसलाई पनि बिसर्जन गर्ने गरिन्छ |  



            बेजमान (बं: प्येन्गु ) झुण्ड्याइएको (फोटो : थहा भएन facebook बाट लिएको                     

राणा शासनकालमा हालको वडा अध्क्षय जस्तै देश(गाउँ)को प्रशासनिक,सामाजिक तथा साँस्कृतिक कार्य गर्ने जिम्मा द्वारेको हुन्थ्यो जसले गाउँको उठती पठती (सरकारलाई बुझाउने  र सरकारले दिने काम सम्हाल्थे ) काम गर्थे | सो समयमा दारू बुझाउनु पर्ने चलन थियो अहिलेको भाषामा कर बुझाउने भने बुझिन्छ | देश(गाउँ) बाट उठाउने दारू अर्थात् कर द्वारेमार्फत यहि त:धननि टोलमा बसेर उठाइने गरिन्थ्यो | त्यस्तै  देश (गाउँ)को खेति योग्य जमिनहरूमा सिंचाई गर्न सहजीकरण होस् भनेर बनेको दे :ध (राज कुलो )माथि बाट बग्दै त:ध ननि हुदै तल बग्छन् , बालकुमारी जात्राको अन्तिमदिन दये ख : (खत)लाई त:धननि बाट द्दयो ननि लानको लागि दये ध: राज कुलो तरेर लानु पर्छ सो दे:ध (राज कुलो ) तर्न कोलागि गणे द्दयोले कुमार, कुमारी ,र भैल द्दयोसंग कर लिने प्रचलन छ |  जुन  प्रचलन  यहि दारू संग सम्बन्ध रहेको देखाउन्छ किन कि त त:धननि टोलमा बाहेक यस्तो प्रचलन अरू टोलहरूमा गरिदैन  | कर भनेर पहिला पहिला बाँसको ति प्वाँ (एक प्रकारको बाँस सेतो कपडा कचिकाबाट बनेको धुप )लिने गरिन्थ्यो भने आजभोली २ पाउ मिठाई लिने गरिन्थ्यो | जात्राको बेला पूजा थाप्न खतहरू ल्याउने  क्रममा अन्तिम दिन द्वारीको घर अगाडी पुगे पछी त्यहाँ बाजा खलकहरू आएर भजन गर्न आउने गरिन्छ |   

यँया पुन्ही मनाउनु ठिक्क २ दिन अगाडी अर्थात हरिपरिवर्तनी एकादशीका दिन यहीं त:धननि टोलको दुइवटा फरक फरक ठाउँमा २ वटा काठको देवतालाई विधिपुर्बक पूजा गरि ठड्याउने गरिन्छ जसलाई हामीले यम्हा द्दयो:ब्वेगु (प्रदर्शन गर्ने)भन्ने गरिन्छ | यम्हा द्दयोलाई  इन्द्रको प्रतिक मानिन्छ | यँया पुन्ही(इन्द्रजात्रा) को दिन विधिवत पूजा गरि टोलमा सबैलाई समयबजि दान दिई यम्हा द्दयोलाई बिसर्जन गरि पालाको घरमा लाने गरिन्छ |

यति धेरै धार्मिक महत्व र विशेषता बोकेको त:धननी टोलमा बिगत केहि बर्ष अगाडिमात्र शान्तिको अग्रदुत गौतम बुद्धको प्रतिमा राखेर झनै सुनमा सुगन्ध थपी दिएका छन् | गुँला भरि त:धननी टोलका फल्चाहरूमा बिहानै संगीतका सुमधुर आवाजहरू सुन्न सकिन्छ | 

 

त:धननि धार्मिक महत्वको क्षेत्र मात्र नभई साहित्य ,संगीत र नाटक ख: प्याखंकको डबली पनि हो | जसको दक्षिणी भागमा एउटा इटाको डबली छन् जहाँ परम्परागत नित्य प्रदर्शन गर्ने प्रारम्भिकरुपमा प्रयोग गरिएको देखिन्छ | त: ध ननि त्यो ठाउँ हो जहाँ परम्परागतरूपमा संगीत कला र सम्पदा प्रेमीहरुको मिलन बिन्दु बनिसकेको थिय भने आज भन्दा आठ नौ वर्ष अगाडी सम्म पनि यहि ननिलाई डबलीको रूपमा प्रयोग हुदै आइरहेको कुरा हामि सबैलाई अवगत भएकै कुरा हो | यहीं डबलीमा धरै नाटक(ख : प्याखं )हरू मन्चन भए,सांगीतिक कार्यक्रमहरू भए ,नेपाल भाषाको प्रयोग गर्न बन्देज लगाएको अवस्थामा पनि हरेक बर्ष नेपाल सम्बतको पहिलो अर्थात् न्हुँदको दिन बिरोधासपूर्ण कार्यक्रमहरू बिशुद्ध नेपाल भाषामा हुने गर्थ्यो भने प्रजातन्त्र आइसके पछि पनि यहि ननिमा राजनीतिक बहसहरू हुने गर्थ्यो |

त:धननि टोलमा ताप:ला (गर्मि महिनामा)गर्मि छल्ने बहानामा अनि चिकु:ला (जाँदो महिनामा )न्यानो घाम ताप्ने बहानामा झोलँक मुना मुना  (सबै जना लाइनामा बसेर ) भला कुसारी गर्दै सुकुल बुनिरहेको त्यो दृश्यहरू अनि सामा:को (अन्न धान भित्र्याउने ) बेला अरू टोलमा भन्दा यो टोलमा अलि भिन्नै रौनक देखिन्थ्यो | सुनिन्छ त्यो समयमा महाँकाल द्दयोको मन्दिरको गजुर भन्दा अग्लो घरहरू बनाउदैनथ्यो ,किन कि मन्दिर भन्दा अग्लोगरि घर बनायो भने अनिस्थ हुन्छ भने सबैमा डर थियो त्यही भएर गाउँ भरि घरका छानाहरू सबै एकै नासका हुन्थ्ये र टोलमा दिन भरि घामका किरणहरू आउँथ्यो र धानहरू सुकाउन भुँईमा वा: दों ..दों (धानका थुप्रोहरू )राख्ने गर्दथ्यो | दिनभरि धान फिजाएर (वा: खिना : खिना पा: ना )बेलुकी पख फेरी  धान थुपारिन्छ र त्यसलाई सुकुलले छोपेर त्यही धानको थुप्रोसंगै  सुकुलबाट बल्चा बनाएर  रातभरि सुत्ने गरेका त्यो दिन र दृश्यहरूको  सम्झना गर्दा मेरो मन मात्र होइन सम्पूर्ण थसीवासीहरूको मन नै कति आनान्दित हुन्थे ,हामीले हाम्रो आफ्नै आँखाले देखेका ति बिगतका दिन र दृश्यहरू आज कथा जस्तै बन्दा  छाती नै चस्क दुखेको महशुस हुन्छ |      

धार्मिक सामाजिक मौलिक र ऐतिहासिक महत्वहरू बोकेको यस त :धननि टोलमा भएका बिभिन्न मठ मन्दिरहरू फल्चाहरू ईनार्हरू हाम्रा लागि एक खुल्ला संग्रहालयको रूपमा लिन सकिन्छौ | यतिका धेरै महत्व र ऐतिहासिकता बोकेको ननि भएरै होला सिद्धिपुरको बिभिन्न टोलबाट दशवटा ल:छिल्चाहरू(गल्लीहरू)  मार्फत यो ननिसंग  जोडिएको छ , ननि लाई स्थानीयहरूले अक्सर छोटो पैदल मार्गको रूपमा प्रयोग गर्ने गर्छन्। हाल आएर केहि ल:छि ल्चाहरू(गल्लीहरू)  बन्द भैसकेका छन् | यतिको धेरै महत्वपूर्ण धार्मिक , एतिहासिक, साँस्कृतिक, विशेषताले भरिपूर्ण थसीको यस ठाउँको जगेर्ना गरि यस  बारेमा प्रचारप्रसार गरेर आन्तरिक पर्यटकीय भित्र्याउन सम्बन्धित निकाय र सम्पूर्ण देश (गाउँ )वासिहरू सबै जना  मिलेर अगाडी बढन सक्यो भने सुनमा  सुगन्ध थपे सरि नै हुन्छ |   

 

जय सिद्धिपुर थसी

     







फोटो :- मनोज महर्जन  तध ननि 
                                                            
     
फोटो :- मनोज महर्जन  तध ननि  

त:गुथि भबनको नक्सा 


यस लेखको लागि सहयोग गर्नु हुने हाम्रा अग्रजहरु  
१, राम चन्द्र महर्जन दाई  (चनाच ), २,गंगाराम  महर्जन दाई  (चनाच ) ,३,न्हुछे बहादुर  नेम्कुल दाई  मंगलबजार ४ बुबा सिद्धी बहादुर महर्जन ,५,आशाकाजी शाक्य द्दयो ननि ,६,स्व.गणेश बहादुर महर्जन द्दयो ननि ७,कृष्ण कुमार महर्जन  दाई (पुर्ब गाबिस अध्क्षय ) ८,मध्यकालीन अभिलेख -धन बज्र बज्राचार्य 

Comments

Post a Comment

Popular posts from this blog

बिक्रम सम्बत २०७० साल फागुन १६ गते नेपाल सम्बत ११३४ सम्झनाका फोटोहरू

य: मरी पुर्णिमा र य:मरीको बारेमा पुनर लेखन गर्न ढिला भएन र ?

आदिनाथको उत्पति र सिद्धिपुर थसी