नेपाल संवत् र यसको महत्त्व ...................

प्रो. माणिकलाल श्रेष्ठ

यही वि.सं. २०६४ सालको कार्तिक शुक्ल प्रतिपदा (२०६४ कात्तिक २४ गते) को दिन नेपाल संवत्को नयाँ वर्ष ११२८ को वर्षारम्भ हुन्छ नेपाल संवत्को महत्व थाहा पाउन यो संवत् के हो, कहिले कसरी सुरु भयो, नेपालमा इतिहासको क्रममा कहिले कहिले राज्यस्तरमा कुन कुन संवत् प्रचलनमा रहृयो छोटकरीमा चर्चा गर्नु उपयुक्त हुनेछ
अब नेपालमा कहिले कहिले कुन कुन संवत् प्रयोग गरे भनी इतिहासतिर ध्यान दिंदा खास खास सन्दर्भमा अरू संवत्हरू प्रयोग गरे पनि (उदाहरणार्थ अन्तराष्ट्रिय सम्बन्धमा इस्वी संवत्, त्यसैगरी विशेष धार्मिक सन्दर्भमा बुद्ध संवत् आदि) राज्यले औपचारिक रूपले प्रयोग गरेका संवत्हरू क्रमिकरूपले सबभन्दा पहिले शक संवत्, त्यसपछि मानदेव संवत्, अनि नेपाल संवत्, फेरि शक संवत् हालसालै विक्रम संवत् प्रयोग गरिएको ) शक संवत्- आजसम्म प्राप्त भएका कागजातहरू, ग्रन्थहरू, ताम्रपत्र, शिलालेख आदिमा औपचारिक रूपमा प्रयोग गरिएका संवत्मध्ये सबभन्दा पुरानो शक संवत् हो लिच्छविकालका अभिलेखहरूमा शक संवत् ३८१ देखि ५२६ सम्म अविच्छिन्न रूपले त्यसपछि फेरि एकफेरा शक संवत् ५३५ उल्लेख भएको पाइन्छ जे होस् शक संवत् ३८१ देखि केही वर्षपहिलेदेखि यो संवत् नेपालमा पनि प्रयोग भयो भनी अनुमान गरी ५२६।२७ सम्म चलेको हिसाब गर्दा पहिलो पटक यो संवत् करिब डेढ सय यहाँ प्रचलनमा रहेको पाइन्छ त्यसपछि मानदेव संवत् अनि नेपाल संवत् गरी जम्मा झण्डै साढे एघार, पौने बाह्र सय वर्षहटिसकेपछि पृथ्वीनारायण शाहले फेरि शक संवत्लाई राज्यगत रूपमा चलाए पृथ्वीनारायण शाहद्वारा गोरखा राज्यविस्तारको अभिभावको क्रममा वर्तमान नेपालको ठूलो भाग कब्जा गरिसकेपछि तिनले आफ्नो राज्यभरि फेरि शक संवत् लागू गरे दोस्रोपटक शक संवत् १३५ वर्ष(१६९०) देखि १८२५ सम्म) चल्यो शक संवत्को १८२५ (विक्रमको १९६०) मा चन्द्रशमशेरले विक्रम संवत् चलाएको थियो यसरी पहिलोपटक करिब डेढ सय वर्ष दोस्रोपटक १३५ वर्षगरी जम्मा पौने तीन सय वर्ष नेपालमा शक संवत् प्रचलित रहृयो यी दुवै अवधिमा नेपालमा शक संवत् व्यापकरूपमा चलेको थियो
प्राचीनकालमा भारतमा (खासगरी भारत वर्षवा उत्तरी भारतभरि) शक संवत् प्रचलित रहेको आजकाल फेरि भारतको स्वतन्त्रतापछि भारत सरकारले यसलाई राष्ट्रिय संवत्को रूपमा मान्यता दिएको यो संवत् (शक संवत्) भारतमा चैत्रादि संवत्, अर्थात् चैत्र महिना सकिएर वैशाख सुरु हुँदा, संवत् फेरिन्छ अर्थात् नव वर्षारम्भको दिनपर्दछ, तर नेपालमा भने शक संवत् नै चलेको भए पनि शकको प्रचलनको पहिलो अवधिमा -अघिल्लो लिच्छविकालमा शक संवत् चलेको बेला यो संवत् फेरिने दिन (नव वर्षारम्भको दिन) कार्तिक शुक्ल प्रतिपदा (कछलाथ्व प्रतिपदा) मा पर्दछ दोस्रो अवधिमा (पृथ्वीनारायण शाहले फेरि शक संवत्लाई नै लागू गर्दा) भने नेपालमा पनि भारतमा झैं वैशाखमा नै नववर्षसुरु हुने गरियो () मानदेव संवत् लिच्छविकालमा लिच्छवि राजा शिवदेव पछि केही समय राज गरेका गैर-लिच्छवि अंशुवर्मा (लिच्छवि राजपरिवारका भानिज) ले राजा मानदेव प्रथमको नामबाट चलाएको मानदेव संवत् अङ्कति अभिलेखहरू शक संवत् ५२६ को लगत्तै पछि स्थापना गरिएका देखिन्छन् राजा मानदेवले नै चलाएको नभई पछि अंशुवर्माले मानदेवको राज्यारोहणको वर्षेखि सुरु हुने गरिएको यो संवत् २९ देखि चलाएको पाइन्छ अहिलेसम्म प्राप्त अभिलेखहरूमा यो सभ्यता २९ देखि ३०४ सम्मका पाइएका छन् अर्थात् यो संवत् करिब पौने तीनसय वर्षप्रचलनमा रहेको देखिन्छ यो संवत् पनि कार्तिकादि संवत् हो यसको नववर्षआरम्भ पनि शक संवत्को (पहिलो अवधिमा) झैं कार्तिक शुक्ल प्रतिपदा नै देखिन्छ नेपाल संवत् : मानदेव संवत् ३०४ सकिएर ३०५ सुरु हुने दिन (शक संवत् ८०२ सकिएर ८०३ सुरु हुनुपर्ने दिन) मा नेपाल संवत्को स्थापना भएको देखिन्छ यस प्रकार नेपाल संवत् स्थापना भएको दिन इस्वी सन् ८७९ अक्टोबर २० तारिख हो त्यस दिनदेखि ८८८ वर्षसम्म अविच्छिन्न रूपले चलेको नेपाल संवत्लाई पृथ्वीनारायण शाहले हटाएर नेपालमा राज्यगत रूपमा फेरि शक संवत्लाई प्रयोगमा ल्याइयो सरकारी प्रशासनिक कार्यमा शक संवत् प्रयोग गरिए पनि धार्मिक सांस्कृतिक कार्यमा भने धेरै पछिसम्म नेपाल संवत् नै चलिरहेको देखिन्छ () विक्रम संवत् : रामकृष्ण कुँवर क्षेत्रीका सन्तान जङ्गबहादुरले नेपालको शासनसत्ता कब्जा गरे पछि आफूलाई पहिले कंवर क्षेत्रीबाट कुँवर ठकुरी पछि फेरि राणा भन्ने थर लेख्न थाले पछि राणा प्रधानमन्त्री (श्री महाराज) चन्द्र समशेरले आफ्नो परिवार राणाको सम्बन्ध भारतको राजस्थानका राजपुत राणाहरूसँग जोड्ने क्रममा भारतको मूलको विक्रम संवत्लाई (भारतको राजस्थानको उज्जैनका राजा भनिएका विक्रमादिको राज्यारोहणदेखि सुरु भएको भन्ने विश्वास गरिसकेको विक्रम संवत्लाई नेपालको राज्यगत सरकारी कामकाजको संवत् बनाए आफू शासनारूढ भएको (वि.सं. १९५९) एक वर्षछि शक संवत् १८२५ को ठाउँमा विक्रम संवत्लाई लागू गरे त्यसो त्योभन्दा पहिले जङ्गबहादुरको पालादेखि नै विक्रम संवत् प्रयोग गरिए पनि शक संवत्लाई औपचारिक संवत्बाट हटाइएको थिएन नेपाल संवत्को स्थापना यसका संस्थापक :- विभिन्न स्रोतका भाषा वंशावलीहरूमा सबैले एकै स्वरले नेपाल संवत्का संस्थापक शङ्खधर साख्वाल भनी लेखेको पाइन्छ ने. सं. ९५० देखि ९९० भित्र लेखिएका विभिन्न स्रोतमा आधारित गरी शाहकालको सुरुतिर खसभाषा (पर्वतिया भाषा भनी लेखिएको) मा अनुवाद गरी यी भाषा वंशावलीहरू लेखिएका हुन् यसरी नेपाल संवत्को स्थापनाको झण्डै एकहजार वर्षपछिका स्रोतमा आधारित गरी लेखिएका भाषा वंशावलीहरूलाई विश्वसनीय छैन भनी गोपाल राज वंशावलीलाई अघि सारेर नेपाल संवत्का संस्थापक शङ्खधर होइनन्, लिच्छवि राजा राघवदेव हुन् भन्नेहरू पनि छन् तिनीहरूले प्रस्तुत गरेको आफ्नो तर्कलाई प्रस्तुत गर्न आधार बनाइएकार् इशाका चौधौ शताब्दीमा तयार गरिएको गोपालराज वंशावली त्यही समयको एउटा अर्को वंशावली (केशर समशेरको सङ्कलनमा रहेको हस्तलिखित वंशावली) मा लेखिएका शब्दहरू केलाएर हेरौं यी दुवैमा करिब करिब उही कुरा लेखिएको केशर वंशावलीमा नेपाल संवत्बारे लेखिएको कुरा यस्तो 'राजा श्री राघवदेव वर्ष६३ मास ।। श्री पशुपति भट्टारके संवत्सर प्रवृत्ति कृता ।।' (अर्थात् राजा श्री राघवदेवको उमेर ६३ वर्ष६ महिना पुगेको बेला पशुपतिमा संवत् फेर्ने काम सम्पन्न भयो ) राजा राघवदेव आफैंले नयाँ संवत् स्थापना गरेको भए तिनले गरेका अरु कार्यहरूमा लेखिझैं 'तेन कृता' (तिनले गरे) भनी लेखिन्थ्यो होला, 'संवत्सर प्रवृत्तिकृता' लेखिएको मतलव तिनको राज्यकालमा भएका महत्वपूर्ण घटनामध्ये एउटा घटना नयाँ संवत्को स्थापना भएको घटना थियो त्यस सामन्तीयुगमा वंशावलीमा एकजना सामान्य रैतीको नाम उल्लेख नगरिनु स्वाभाविक थियो राघवदेवको पालामा स्थापना भएको नयाँ संवत्को नामपछि पछिका अभिलेखहरूमा नेपाल संवत् भनी उल्लेख गरिएको आजभन्दा करिब दुइसय वर्षघि (नेपाल संवत्को स्थापनाको नौसय वर्षन्दा पछि) मात्र लेखिएको भए पनि पुराना स्रोतहरूमा आधारित गरी तयार गरिएको राइट वंशावली (पण्डित गुणानन्द शाक्यले सङ्कलन गरी प्रस्तुत गरिएको डानियल राइटद्वारा सम्पादित वंशावली) मा लेखिए अनुसार शङ्खधरले नेपाल संवत् स्थापना गरेपछि पशुपतिमा आफ्नो सालिक आफ्नो घरनिर एउटा चैत्य स्थापना गरेका थिए स्थानीय जनताले शङ्खचैत्य भन्ने गरेको एउटा प्राचीन चैत्य लखुतीर्थ नजिकै विष्णुमती किनारमा अझै खडा त्यसैगरी, एउटा भाषावलीमा शङ्खधरले नयाँ संवत् चलाउनको लागि मानिसहरूको ऋण तिरिदिंदा प्रयोग गरेको शिला (ढुङ्गा)' भक्तपुर जानेबाटोको बागमतीपारि हुलाकी बस्ने सत्तलदेखि ३०-३२ हात जति पूर्वतिर'अद्यापि भनी लेखिएको त्यस शिला रहेको टोलको नाम शिलामुगल (शिला रहेको ठाउँ) भनिन्छ हाल त्यस ठाउँलाई 'शिलामुगल' बाट 'सिनामुगल' भनिने गरिएको यी पुरातात्विक वस्तुहरूको प्रमाणबाट शङ्खधर भन्ने मानिस कुनै काल्पनिक व्यक्ति होइन ऐतिहासिक पुरुष हुन् भनी सिद्ध हुन्छ नेपाल संवत्को महत्त्व : नेपालमा विभिन्न समयमा राज्यस्तरमा प्रचलित माथि उल्लेखित चारवटा संवत्मध्ये दुइवटा मात्र (मानदेव संवत् नेपाल संवत्) नेपालभित्रै जन्म भएका संवत् हुन् साथै नेपाल संवत् मात्र आफ्नो देशको नामबाट नामकरण गरिएको संवत् हो विक्रम संवत् एक विदेशी राजाको नाममा स्थापित संवत्, मानदेव संवत् पनि स्वदेशी भए पनि एकजना सामन्त (राजा) को नामबाट स्थापना गरिएको संवत्, शक संवत् भारतमा व्यापक प्रचलन हुँदा नेपालमा पनि सरेको (कुनै एक जातिको भारत प्रवेश भई उत्तर भारतमा हालिमुहाली हुँदा प्रचलनमा ल्याइएको) संवत् हुन् ती सबको विपरीत नेपाल संवत् एक सामान्य रैतीले स्थापना गरेको ती संस्थापकले पनि आफ्नो नामबाट नराखी आफ्नो देश नेपालको नामबाट नामकरण गरिएको संवत् हो यसको स्थापना पनि ऋणमा परी दासतामा जकडिएका मानिसहरूको ऋण तिरी उनीहरूलाई मुक्त गरेको परोपकारी कार्यको स्मृतिमा स्थापित पवित्र संवत् हो यो संवत् शङ्खधरको दानशीलता, उदारता, समष्टिवादी भावना देशप्रेमको मूर्तरूप हो यसले नेपाली मात्रलाई परोपकारी भावना स्वाधीनताको प्रेमको भावना प्रेरित गर्दछ अर्को महत्वपूर्ण कुरा के हो नेपालमा सबभन्दा लामो समयसम्म राज्यगत रूपमा चलेको संवत् यो हो माथि चर्चा गरिए झैं शक संवत् गर्दा जम्मा पौने तीन सय वर्षजति चलेको, मानदेव संवत् पनि करिब करिब त्यत्तिकै त्यसो गोरखापत्र संस्थानले नेपाल संवत्को राष्ट्रिय महत्व महसुस गरेर केही समयदेखि यसका प्रकाशनहरूमध्ये 'मधुपर्क' 'युवामञ्च' बाहेक अरू प्रकाशनहरूले (दैनिक 'गोरखापत्र', दैनिक ' राइजिङ नेपाल ' मासिक 'मुना' ले) नेपाल संवत्को प्रयोग गरेका छन् यहाँ निर एउटा निकै घतलाग्दो कुरा उल्लेख गरौं गोरखापत्रको जन्म हुँदा वा प्रकाशन हुँदा (वि.सं १९५८) सालमा आफ्नो अङ्कहरूमा मिति विक्रम संवत्मा लेखिए पनि त्यसमा वि.सं. नभनी नेपाल संवत् १९५८, १९५९, १९६० भनी कैयौं वर्षसम्म लेखे सायद त्यस बेलाको राणा शासकहरूले (वा तिनका सल्लाहकार पण्डितहरूले) भारतीय मूलको विक्रम संवत् प्रयोग गरे पनि त्यसलाई 'नेपाल संवत्' भनी नामकरण गरेका थिए अनि केही वर्षपछि नेपालमा सरकारी कागजातहरूमा विक्रम संवत् प्रयोग गर्दा संवत्को नाम नलेखी इति संवत् यति, उति भनी लेख्न थालेर धेरै पछि मात्र विक्रम संवत् भनी उल्लेख गरे
समय चलेको विक्रम संवत् अहिले भर्खर एक सय वर्षमात्र नाघेको हो भने नेपाल संवत् स्थापनादेखि झण्डै नौसय वर्ष (संवत् देखि ८८८ सम्म) अविछिन्न रूपले राज्यस्तरमै चलेको त्यसपछि पनि अहिलेसम्म धार्मिक सांस्कृतिक क्षेत्रमा प्रयोग गरिरहेको संवत् हो राष्ट्रिय स्तरको कुरा छोडौं 'देशबाहिर पनि यो संवत्लाई निकै महत्व दिई प्रयोग गरिएको देखिन्छ नेपाल संवत् ७५३ (.सन् १६३३) मा भारतको त्यस बेलाको एउटा राज्य कूचविहार (हाल पश्चिम बङ्गालमा परेको) का राजा प्रा नारायणले ने.सं. ७५३ अङ्कति गरी एउटा असर्फी (आफ्नो स्वर्ण मुद्रा) निकालेको थियो त्यसैगरी चीनका मिनवंशीय बादशाहले ने. सं ५६५ मा नेपालका एक महासामन्त शक्तिसिं रामबर्द्धनलाई लेखेको पत्रमा मिति ने.सं. मा लेखेको पाइएको सन् १९५३ मा भएको अखिल भारतीय इतिहास सम्मेलनको अवसरमा कलकतामा गरिएको ऐतिहासिक सामग्रीको प्रदर्शनमा यो पंक्तिकार आफैले देखे अनुसार बृटिस भारतको अङ्ग्रेज सरकारलाई -सम्भवतः इष्ट इण्डिया कम्पनीको सरकारलाई तिब्बतको कास्या (दलाई लामाको मन्त्रीमण्डल) ले उपहार दिएको एक थाङ्का (पौभा) चित्रमा नेपाल संवत्को मिति अङ्कति यस्तो राष्ट्रिय अन्तराट्रिय महत्वको नेपाल संवत् निश्चय पनि नेपालको एउटा गौरवशाली मौलिक संवत् हो

श्रोत : गोरखापत्र, कार्तिक २३, २०६४ (नोवेम्बर , २००७)

Comments

Popular posts from this blog

बिक्रम सम्बत २०७० साल फागुन १६ गते नेपाल सम्बत ११३४ सम्झनाका फोटोहरू

य: मरी पुर्णिमा र य:मरीको बारेमा पुनर लेखन गर्न ढिला भएन र ?

आदिनाथको उत्पति र सिद्धिपुर थसी