” सापारू “, “ साया “र “ गाईजात्रा “

                                                        " गाई जात्रा (सापारू)"
    
                                                                                                
                                           photo by :chudamani Bandhu
वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाईने धार्मिक सान्स्क्रीतिक तथा
 एतिहासिक महत्व बोकेकेको गाईजात्रा पर्ब काठमाण्डौ उपत्यकाका हामी मुलावासी नेवारहरूको मौलिक चाड हो ,जुन जात्रा भाद्र शुक्ल प्रतिपदा अर्थात जनै पुर्णिमाको भोलिपल्ट मनाईने गरिन्छ |
    यस्तै कला, संस्कृति, मठ मन्दिर , कालिगढ़ , धार्मिक स्थल र पर्यटकिए  दृष्टिकोणले महत्वपूर्ण स्थान मानिने ललितपुर पाटनमा यस जात्रा पर्वलाई एक महत्वपूर्ण पर्वको रूपमा मनाउदै आइरेहेका छन् भने ललितपुर बाट आधा घन्टाको दुरीको फरकमा रहेको यस सिद्धिपुर थसिमा पनि आफ्नै परम्परा र शैलीमा गाईजात्रा पर्ब मनाउदै आईरहेका छन |
     वर्षभरि आफ्ना परिवारका सदस्य गुमाउन पुगेकाहरूले मृतआत्माको शान्तिको  कामनाको लागि जनैपुर्णिमाको मध्येरातमा सिद्धिपुरका भक्तजनहरू  ललितपुरको पाटनमा रहेको चारवटा थुर हरू जसमा पुल्चोक थुर , लगनखेलको थुर ,बैला छे थुर र इमाडोल ग्वार्को थुर को अनि पाटनमा रहेको बौद्ध ,चैत्य ,चिबा द्द्यो , बहा: र बिहारहरूमा  दियो बाली पुजा पाठ र आराधाना गरि परिक्रमा गर्न जान्छन र गाईजात्राको दिन बिहान घर फर्किन्छन |
         गाईजात्राका दिन झिसमिसे बिहानीसंगै सिद्धिपुरका टोल टोलमा रहेका पौवा,पाटी,र सत्तलहरूमा बाजागाजाको मिठो र मधुर ध्वनी आफ्नै ताल र सुरमा बजाईरहेको हेर्न र सुन्न सकिन्छौ भने उता मृत आत्माको शान्ति र शिबलोक प्राप्तिको लागि मृतकका परिवारले बिहानै देखि केपु दान गर्न नेपाली पोशाक,दौरा सुरुवाल अनि हाकु पतासिमा सजी सजाउ भएर खर्पन र डालामा केपु बोकेर टोल टोलमा रहेको मठ मन्दिर ,चीबा द्द्द्यो ,चैत्य ,बहाल र बिहारहरूमा परिक्रमा गर्ने गरिन्छ र सोहि समयमा टोल टोलमा बसेर भजन गरिरहेका भजन खलकहरूलाई पनि एक एक भाग केपु दान दिएर आउने गरिन्छ  | केपु दान भन्नाले प्राय जसो यसमा पिठो ,चामल ,मालपुवा .फलफुल ,केराउ ,मुला ऊखु  र दक्षिणा स्वरूप पैसा हालेको हुन्छ |
 यस्तै बिहानको १० -११ बजे तिर प्रत्येक टोल टोलमा सबैजना लामबद्ध तरिकाले गाईजात्रा हेर्न बस्नेक्रममा प्रत्येक घर घरबाट विशेषत:सानो र ठुलो केराउ देवतालाई चढाएर दान दिने प्रचलन छ र सक्नेले आफ्नो मनखुसीले जे पनि दान गर्न ल्याउने गरिन्छ भने मृतकको घरबाट भने सक्दो नासपाती (फलफुल ) नै दान गर्नु पर्ने चल्न छ | यति गरिसके पछी बल्ल बिस्तारै गाईजात्रा (सापरू)को सुरू हुनथाल्छ |
      हिन्दुधर्मको पद्दम पुराण र गरुड पुराणमा उल्लेख गरेअनुरूप एकवर्ष सम्म बन्द रहने यमलोकको ढोका गुलाँ पारूका दिन पृथ्बीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृत आत्माहरूले यमलोक प्रबेश पाई  मुक्ति पाउछ भने उल्लेख गरिएको छ |आजको दिन मृतक परिवारले मृतकको नाममा साइत गरि विधिपुर्बक पूजा पाठ गरेर मठ मन्दिर  चैत्य ,गुम्बा, चिबा द्धयो ,बहाल र बिहार घुम्यो भने शिबलोक प्राप्त हुन्छ भने जनबिस्वास रही आएको पाइन्छ |
       नेवार समुदाय सबैले मनाउने यो जात्रा ठाउँ अनुसार फरक फरक तरिकाले मनाउने गरिन्छ जहाँ जसरी मनाए पनि चाहे यसलाई ” सापारू “, “ साया “र “ गाईजात्रा “ जास्ता बिभिन्न नामले चिने पनि आखिर यसको मुख्य अभिप्राय भनेको यमलोकमा रहेको बैतरणी खोला पार गर्नु हो |यसका लागि यहाका वासिन्दाहरूले आफ्नै छुटै परम्परा र शैलीमा हाल सम्म पनि मनाउदै आईरहेका छन प्रत्येक मृतकका घरबाट एक जोडी पुरुष र महिलालाइ बिशेस सिंगार पटार गरेर महिलाको पछाडी चित्रकारले कागजमा कोरेको गाईको (साख्वा :)अनुहार  (ग:खिप )डोरीमा  झुन्द्याएर पतुकाको टुप्पा भुईमा लतारि पुरा गाउँ परिक्रममा गर्ने गरिन्छ ,अरू ठाउमा जस्तो गाई नै चाहिन्छ भने छैन तेस्को बदलामा चित्रकारले कोरेको गाईको (साख्वा :)अनुहार प्रयोग गरिन्छ |  गाईलाई गाउँपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई परिवारले आ –आफ्नो घरमा बसि खुट्टा धोई टिका लगाई पुजा गर्ने गरिन्छ र श्रदालुले मालपुवा , दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरि आफ्नो घर भित्र्याउने चलन रहिआएको छ ।पुरा गाउँ परिक्रमा गरिसके पछि चित्रकारले कागजमा कोरेको गाईको (साख्वा :)अनुहारलाई देव न:नि को बालाकुमारिको मन्दिरमा चढाउँन लाने गरिन्छ | यही समयको मौका छोपी गाईजात्रामा सहभागी हुनेले  व्यंगचित्र अनि सामाजिक विकृति विसंगति र  राजनीतिक चरित्रहरू प्रति लक्षित गर्दै व्यंग गरि मानिसहरूलाई हसाउने गरिन्छ |     
        एतिहासिक प्रमाण अनुसार यो पर्ब मध्ययुगका राजा प्रताप मल्लको पाला देखी चलि आईरहेको छ | प्रताप मल्लको छोरा अकालमा मृत्यु भएकोमा आफ्नो पुत्रशोकले विह्वल भएकी आफ्नी रानीको अशान्त मनलाई शान्त पार्न आफ्नो मात्र होइन दुनियाका परिवारमा पनि यस्तै विह्वल,दु :ख र शोक बेहोर्नुपर्छ भने देखाउन जनतालाई आ-आफ्नो मरेका व्यक्तिका नाममा गाइजात्रा निकाली सहर परिक्रमा गराउनु भनि आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन् नसकेकाले विभिन्न प्रकारका व्यंग्यात्मक हाँसो ,ठट्टा र प्रहसनका कार्यक्रम पनि गराउने आदेश बमोजिम यो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको पाइन्छ |
      हाम्रा पुर्बजहरूको पालामा अहिलेको जस्तो संचारका माध्यम र साधनहरू पाइदैन्थ्यो त्यसबेलाको शासनमा जनताका समस्याहरू राजा वा सम्बन्धित निकाए सम्म पुर्याउनका लागि गाईजात्रालाई कुरेर बसिरहन्छ , यहि जात्राको अवसर पारेर जनता आ-आफ्ना कुराहरू,समस्याहरू ,गाउँ र समाजमा भईरहेका विकृति  विसंगतिहरू र विरूद्ध गर्न टोलको चोक चोकहरूमा ,सडक सडक हरूमा  डबली बनाएर ब्यन्गको रूपमा नाचा गान गरि नाटक गरि सबन्धित निकाएको ध्यान आकर्षित गराईन्थ्यो |तर अहिले संचार माध्यम र साधनहरूको बिकाशले गर्दा यस्ता कार्यकमहरू हल भित्र र पत्र पत्रिका मार्फत गर्ने गरिन्छ |हाम्रा यस्ता मौलिक चाडपर्ब हरूले हामी मूलवासी नेवाहरूलाई काम बाट थकान मेटाउन रमाइलो गर्न मात्र नभई ईस्ट मित्र साथी सँगिनी र आफन्तहरू सँग परस्पर भेटघात गरी  सुख ,दु :ख र मनका भावनाहरूलाई साटासाट गरि आत्मा सन्तोष गरि जिबनलाई आनन्दित र सुखमय बनाइ परस्पर एकताको सुत्रमा बाधि प्रगतिको बाटोतिर निरन्तर अघि बढ्न उत्साह र प्रेरणा दिने काम गरेका छन् |यस जात्रा पर्बले हामीहरूलाई  काम मात्र नगरी काम बाट थकान मेटाउन कहिले काही  मनोरञ्जन पनि गर्नु पर्छ भनी पाठ सिकाएको भन्दा फरक नपर्ला |         
 यस जात्राको ऐतिहासिकतालाई साधारण तया राजा प्रताप मल्ल (वि..१६९८१७३१) को समयमा यिनका माहिला छोरा जय चक्रवर्तेन्द्र मल्ल महाराजाधिराज भएको चौथो दिनमा मृत्यु भएपछि पुत्रशोकले गर्दा यिनकी रानी अत्यन्त मर्माहित भएकी थिइन् । उनै रानीको चित्त बुझाउन शहरमा उनको छोरा मात्र दुनियामा मरेका होइनन्, दुनियामा धेरैका आफन्तहरुको मृत्यु भएका हुन्छन भनि देखाउन उक्त बर्ष मृत्यु भएका प्रत्यक घरबाट यस जात्रामा शहभागि हुन अनिवार्य गरि यस जात्राको परम्परा नै चलाइएको मानिन्छ । यस प्रकारका  मान्यता रहे पनि यस परम्पराको शुरुवात धेरै पहिले देखि नै प्रचलनमा रहेको कुरा गोपालराज वंशालीमा उल्लेख गरिएको पाइन्छ । 

Comments

Popular posts from this blog

बिक्रम सम्बत २०७० साल फागुन १६ गते नेपाल सम्बत ११३४ सम्झनाका फोटोहरू

य: मरी पुर्णिमा र य:मरीको बारेमा पुनर लेखन गर्न ढिला भएन र ?

आदिनाथको उत्पति र सिद्धिपुर थसी