" मत्या : दीप यात्रा "
-                    
नन्द बहादुर 
 प्रत्येक वर्ष गाईजात्राको भोलि पल्ट अर्थात भाद्र कृष्ण द्रितियाका दिन ललितपुरको पाटनक्षेत्रका नेवार समुदायहरूले पच्चीस सयभन्दा बढी भगवानको दशर्न गरेर मनाउने पर्ब लाई  (मत्या ) दीप यात्रा भने गरिन्छ | यो यात्रा लिच्छवी कालका बालार्चन देवको पालादेखि संचालनमा  आएको हो भने जनश्रुति छ | यो यात्रा पनि वर्ष भरि दिवंगत भएका परिवारको सदस्यको  आत्माको चिरशान्तिको कामना गरि मनाईने गरिन्छ | प्रत्येक मृतकको घरबाट मत्यामा अनिवार्य रूपमा सहभागी हुनु पर्ने चल्न रहेको पाइन्छ जुन धार्मिक हिसाबले अनिवार्य रहेको स्थानीय जेष्ठनागरिक हरूको भनाई रहेको पाइन्छ | यस पर्ब सिद्धिपुर थासिमा पनि २०१२ साल देखि मनाउदै आईरहेको देखिन्छ | 
परम्परागत भेषभुषामा सजिसजाउ भएर हातहातमा धुप बती ,अनेक फलफूल र मिठाइ लिई सबै जना निश्चित आजको दिन मत्या जानेहरू बिहानै देखी आफ्ना घर आँगन सफा सुग्घर गरि ,स्नान गरि ,आफ्नै स्थानमा लाईनमा  बसेर धा:बाजा लाई कुरेर बसेका हुन्छन भने मृतकको परिवार बाहेक अरू भक्तजनहरू पनि यसमा सहभागि हुने गर्छन के बूढा,के बालक ,के तन्नेरी सबैजना बढो हर्सौल्लासका साथ भाग लिने गरिन्छ भने धा:बाजा सहित गाउँमा भएको सबै बाजाहरू देव न:नि मा आइसकेपछि धा:बाजाले यस दीप यात्राको नेतृत्व गरि शुरू गरिन्छ |देव न:नी बाट सुरू भएर क्रमसः पिन ननी टोल ,तध :ननि,पिर्मे , मंगल चौर,यंगल मुल सडक ,व:खु ,बुद्ध मार्गको सिद्धिपुर बिहार हुदै इगमुगल ,धसी, तफाखेल ,छावानी (झोल) राम धोका परिक्र्रमा गरि पुन: देब न:नि मै आइ बिसर्जन गर्ने गरिन्छ | यसको साथ साथै अर्को वर्ष पाल्लो लिने लाई पा; चि ब्व भनेर पा : ची ब्व दिने गरिन्छ | यो मत्या पर्ब हरेक वर्ष पालै पालो बाजा खालकहरूले लिने गरिन्छ र पालै पालो मनाउने गरिन्छ | मत्या दीप यात्रामा सहभागी हुने सम्पूर्ण भक्तजनहरू मत्या पछी आउने पहिलो बुधबार को दिन छिमेकी गाउँ बाडेगाउँमा बू वा  देवताको दर्शन गर्न जाने चलन चलिआएको छ र गुलाँको अन्तिम दिन स्वयम्भू को दर्शन गर्न जाने चलन पनि रहिआएको छ |
                                                
    

          यो पर्ब बुद्धले बोधिज्ञान प्राप्त गर्नु भन्दा आगाडी तपस्या भंग गर्न आएका भारहरू भूत प्रेत,सुन्दरी ,अप्सरा ,बाघ ,भालु दैत्य माथि बिजय प्राप्त गरिसकेपछी मनाउदै आईरहेको विजय पर्ब भने गरिन्छ |एक ताका सिद्धिपुरमा सत्व सिद्ध राजाले (बजी ब्वे:हगु ) चिउरा प्रर्दशन गर्न ल्याउनु भएको थियो र त्यसको केहि वर्ष पछी बिशंत राजकुमारले पनि सिद्धिपुर थसिमा (बजी ब्वे:हगु ) चिउरा प्रर्दशन गर्न ल्याउनु भएको थियो सोहि समयमा ” सत्व सिद्ध राजा र  बिशंत राजा “ मिलेर अब हामीले यसरी चिउरा प्रर्दशनगरी सकेपछी मत्या निकाल्नु पर्छ भनेर दुइ जनाको सहमतिमा २०१२ साल देखि चल्न चल्तीमा आउदै गरेको कुरा मणि दाफा खलकहरूको भनाई छ भनेयस अनुसार सिद्धिपुर थासिमा मत्या पर्व मणि दाफाको अगुवाईमा २०१२ साल देखि निरन्तरत दिदै आइरहेकोकुरा सिद्धिपुरका जेष्ठनागरिक तथा वासिन्दाहरूको भनाइ छ | यस भनाइ अनुसार मणि दाफा लाई सिद्धिपुरको मत्या पर्ब को जन्म दाता भन्दा केहि फरक नपर्ला |
                             

Comments

Popular posts from this blog

आदिनाथ र सिद्धिपुर थसी

हाम्रो त:ध ननि

" शब्द सुकुल "