बुबाको मुख हेर्ने


                            बुबाको मुख हेर्ने

- नन्द बहादुर महर्जन (थसी )
                   

वर्ष भरि हामीले बिभिन्न चाडपर्बहरू मनाउदै आईरहेका छौ ,यस मध्ये सामाजिक,संसकृति   एतिहासिक दृस्टी कोणले महत्व पूर्ण मानिने बुबाको मुख हेर्ने पर्ब प्रत्येक वर्ष भदौ महिनाको कुशे औसी (गुंलागा अमाई )अमावस्या का दिन सम्पूर्ण नेपालिहरूले मनाउदै आईरहेको पर्ब हो | यस्तै यस साल पनि यो पर्ब हाम्रो अगाडी आइपुगी सकेकाछन,   आउदो भाद्र ९ गते हाम्रो हिन्दु सनातन परमपरा अनुसार आजको दिनलाइ बुबालाई बिशेस मान सम्मान,आदर अनि लामो आयु  सुस्वस्थको  मंगल कामना गरि  बुबा दिबसको रूपमा मनाउदै आईरहेका छौ | बुबा नहुनेहरूले खास गरि गोकर्ण विष्णुपादुकामा श्राद्ध ,तर्पण ,दान  गर्ने गरिन्छ भने पितृ खुशी भई आफु पुन्यात्मा बन्ने बिस्वास गरिन्छ |
      हिन्दु धर्ममा कुशलाई पबित्र मानिन्छ त्यसैले आजको दिन हिन्दु धर्मावलम्बीहरू बर्ष भरि देवकार्य तथा पितृकार्य गर्दा कुशको बिशेस औठी बनाई धर्म कार्य गरिने हुदा आजको दिन कुश घरमा राख्नु मात्र पनि पबित्र मानिने हुदा पुरोहितहरू यजमानका घरघरै कुशे औसीका  दिन कुश पुर्याउने गर्छन र यजमानहरूले सिधा दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्ने गर्दछन | आज  पुरोहितहरूले शास्त्रोक्त विधिअनुसार पुजा गरेर जजमानहरूकहाँ पुर्याएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक बिश्वास छ |हिन्दु धर्ममा कुश,तुलसी ,पीपल र शालिग्रामलाइ भगवान विष्णुको प्रतीकको रूपमा मानिन्छ |गोकर्णे औसीको नामले पनि चिनिने यस पर्वमा छोराछोरीले परमपरा अनुसार आ –आफ्ना आमा बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई मान सम्मान र आदर प्रकट गरि बुबाको मुख हेर्ने गरिन्छ भने बुबा नहुनेहरू विभिन्न पबित्र स्थानमा गई बुबाको नाममा तर्पण तथा श्राद्ध गरि सिदा दान गर्छन | विशेसत आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ –आफ्ना दिवंगत बाबुको नाममा तर्पण र सिदादान गर्नेहरूको ठुलो घुईचो लाग्ने गर्छ | ” पितृदेवो भव “भने धार्मिक मान्यता अनुसार आजको दिन छोराछोरीले बाबुलाई श्राद्ध पुर्बक रूचि  अनुसारको खाना खुवाई आशिर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने र बुबा परलोक भईसकेकाहरूले गोकर्ण तथा अन्य नजिकको तिर्थमा गई तर्पण तथा दान गरेमा  पुण्य तथा आफ्नो कुल स्थिर हुने  बुद्धोक्त पाराजिकाय नामक धर्म ग्रन्थमा उल्लेख गरिएको छ |  
  
  पत्याका वासी सम्पूर्ण नेवारहरूले प्रचीन समय देखि नै मनाउदै आइरहेको यो चाड सिद्धिपुर थसीका वासिन्दाहरूले पनि हाल सम्म पनि आफ्नै शैलीमा  मनाउदै आइरहेका छन | आजको दिन बुबा हुनेहरूले बिहान उठनासाथ केहि खानेकुरा खाई बुबाको पाउ ढोग गर्नु पर्दछ भने बुबा नहुनेहरूले बिहानै उठेर गोदावरी खोला ,धारा वा ईनारमा  गई नुहाई धुहाईगर्ने गरिन्छ भने बुबा हुनेहरूले आजको दिन नुहाउनु हुदैन भने भनाई हाल सम्म पनि जेष्ठ नागरिकहरूको मुख बाट सुन्न पाइन्छ |सिद्धिपुरका वासिन्दाहरू आजको दिन जान सक्नेहरू गोकर्णको मेलामा गई आफ्ना पिताको नाममा दान तर्पण र श्राद्ध गरि घर फर्किन्छ भने जान नसक्नेहरू शरिर चोखो गरेर देव: ननि टोल, पिर्मे टोल,पिन:ननि टोल,तध:ननी टोल ,धसी टोल ,यंगल टोल,इगमुगल टोल का पौवा ,पाटीहरूमा आई बसिरहनु भएका गुभाजुहरूलाई या ब्राम्हणहरूलाई नि:सला दिएर घर फर्किने गरिन्छ |आजको दिन विशेसत सिद्धिपुरको  देव ननीको सिद्धेस्वर महादेव र वखुको बुद्धराधेस्वर महादेव(लिंगेस्वर महादेव)को मन्दिर  परिसरमा भक्तजनहरूको भिड लाग्ने गर्दछ |    
 यस सिद्धिपुरमा आजको दिन विवाह भैसकेका छोरीहरूबाट आफ्ना बुबाको मुख हेर्नको लागि विषेस किसिमले भोज नै तयार गरेर माईतिघर आउने गर्दछन र छोरी अईस्केपछी  घरका  सबै परिवार एकै साथ् बसी टिका टालो गरि पालैपालो बुबालाई मिठाइको साथै दही सगं(सगुन ) दिई बुबाको लामो आयुको कामना गर्ने गर्दछन र सबै परिवार एकै साथ बसी भोज खाईन्छ राम्रा मिठा अनि सुख दुखका कुराहरू गरि मनाउने गरिन्छ  गरिन्छ भने छोरीहरूका ससुरालीको सितैमा खानु हुदैन भनेर छोरीहरूघर फर्कने बेला जोकु भनेर माईती बाट लता कपडा ,धान ,चामल दिएर पठाउने गरिन्छ |
     भोजमा दही (सगं) सगुन को विषेस महत्व बोकेको पाईन्छ |संस्कृतविद सत्य मोहन जोशी र बल देव जुजुको कथन अनुसार मान्छेको जीवनमा पंचतत्वको अति नै महत्व छ , पंचतत्वको सन्तुलन भएन भने विभिन्न रोगहरू लाग्ने गर्दछन ,यहि पंचतत्व सन्तुलनको लागि हामि नेवारहरूले समय समयमा यस्ता  ठुला ठुला चाड पर्ब हरूमा  दही (सगं कायेगु) दहीगुन लिदै आईरहेका छौ |"सगँ" अर्थात सगुन कुनै पनि शुभ कार्यको थालनी वा शुभ कार्य समापन गरिसकेपछी सो ब्यक्तिलाई आर्शिवाद वा स्याबासी स्वरुप दिईने विषेश प्रकारको सम्मान हो ।हाम्रो नेवार समाजमा सगँ दुइ किसिमले दिइन्छ ।
धौ सगँ  दहिको सगुन )
ख्येँ सगँ  अण्डाको सगुन )
अण्डा पंक्षिले दिन्छ । पंक्षि आकाशमा उड्ने भएकोले अण्डालाई आकाशतत्वको प्रतिकमाछा समुन्द्रमा पाईने भएकोले जलतत्वको प्रतिकमासु जमीनमा बिचरण गर्ने प्राणीको भएकोले पृथ्बी तत्वको प्रतिक,अदुवा वा रक्सि खाँदा शरीरमा ताप बढ्ने भएकोले तापतत्वको प्रतिक र वः जमीन माथी वायुमा झुल्दै फल्ने मास अथवा मुगीवाट वन्ने भएकोले यस्लाई वायुतत्वको प्रतिकको रुपमा लिईन्छ । त्यसैले पञ्चतत्व युक्त ख्येँ सगँ  खांदा शरीरमा पञ्चतत्वको उचित संयोजन हुने र कुनै तत्व नपुग भए यस्ले परीपुर्ती गरी दिनेरोग ब्याधी हट्ने र शरीरमा स्फुर्ति वढि नयाँ काम गर्न नयाँ जोश र जांगर आउने हामीमा विश्वास छ ।
   हामीलाई यस धर्तीमा ल्याई हुर्काइ पढाइ लेखाइ योग्य नागरिक बनाउन बुबाले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन |प्रत्येक बुबाका लागी आफ्ना सन्तान उतिकै महत्वपूर्ण हुन्छन, बुबाको जुन गुण लाई समरण गरि आजको दिन छोराछोरीहरू ऋण तिर्न अग्रसर हुन्छन| हुन् त आमाबुबाहरूको ऋण हामीले ३ जुनीमा पनि तिर्न सक्दैन |
गोकर्ण तिर्थको महत्वपूर्ण र एतिहासिक कथन यस प्रकार सुनिन्छ –प्राचिन समयमा पंचाल (हाल पनौती) देशका राजा  ब्रीषकरण र उसका छोरा गोकर्ण राजकुमार बीच राज्य भोग गर्ने विषयमा झगडा भएको थियो |यहि बेला रिसले ब्रीषकरण राजाले  छोरालाई तिमी छिटै यमपुरिमा पुगोस भनि सराप दिए र छोराले पनि तिमी राज्य भोग गर्न नपाउदै मरोस भनि सरापे |यसरि सरपेकोमा छोरा सजिवै यमलोक पुगे ,बुबा पनि राज्यभोग गर्न नपाउदै परलोक गए |जलदान ,अन्नदान ,पिण्डदान .आदि केही नगरेकाले प्रेत भइ अगतिमा परे ,छोरा यमलोकको दु:ख भोग गर्दै जाँदा शीरमा कालचक्र घुमिरहेका पापी देखि भागे ,पछी श्री गगन्गंज बोधिसत्वको उपदेश सुनेर गोकर्ण तीर्थमा गई स्नान गरि बुबाको नाममा दान र तर्पण  आदि कार्य गरे | जसको फलस्वरूप राजाले आगतिबाट मुक्ति पाए र राजा हर्षित र खुशी भई  मेरा छोराको जय होस् भनि आशिर्वाद दिए |सो आशिर्वाद को प्रतापले नर्कको दुख बाट मुक्त भई गोकर्ण तीर्थमा बसी तपस्या गरि उद्धार भए |तसर्थ यस गोकर्ण तीर्थमा स्नान गरि जल दान,पिण्डदान  महा उतम वा महान फलदान हुन्छ र आफ्ना पिताको आत्माको शान्ति प्राप्त हुन्छ भने जनविश्वास रहेको पाइन्छ |                    

(सल्लहा र सुझाबको लागि यसमा mail गर्नुहोस, nanda7sak2002@yahoo.com)

Comments

Popular posts from this blog

आदिनाथ र सिद्धिपुर थसी

हाम्रो त:ध ननि

" शब्द सुकुल "