- Get link
- X
- Other Apps
उपेन्द्र लामिछाने ,
सानागाँउ (ललितपुर), पुस २- गाउँका अधिकांश महिला सुकुल बुन्नमा व्यस्त भए पनि सिद्धिपुर-७ की चिरिमाया महर्जन भने परालकै सोफा बनाउन तल्लिन छिन्। सुकुल निर्माणमा चर्चित सानागाउँकी यी ६५ वर्षीया वृद्धा ५ वर्षयता परालबाट सोफालगायत अन्य घरायसी सामग्रीको निर्माणमा गर्दै आएको सुनाउँछिन्। सुकुलबाट मात्र आम्दानी कम भएकाले नयाँ चिजमा हात हालेको उनी बताउँछिन्। पराले सामग्रीलाई अलिकति आधुनिक रूप दिँदा आम्दानी ह्वात्तै बढेको छ। '१० कल्ली परालको सुकुलले भन्दा ३ कल्लीबाट बनेको सोफा कुर्सीले आम्दानी बढी दियो,' उनले भनिन्, 'कम सामानबाटै धेरै आम्दानी हुन थालेको छ।'
आकारअनुसार यस्ता सोफा आठ सयदेखि १७ सय रुपैयाँसम्मा बेच्ने गरेको उनी बताउँछिन्। उनी पाटनबाट यस्ता सामग्रीको अर्डर लिन्छिन्। सोफाको अलावा परालका ढक्की, ब्याग, मन्दिरलगायत सामग्री उनले बनाउँदै आएकी छिन्।
'सीपलाई नयाँ रूप दियो भने आम्दानी बढ्ने रहेछ,' अहिलेको कमाइबाट सन्तुष्ट उनले अनुभव सुनाइन्। तीन रोपनी खेतकी धनी चिरिमायाले खेतबाट आउने धानभन्दा परालबाट बढी कमाउने गरेकी छिन्। धानको भाउ निश्चित भए पनि परालको कल्लीलाई डिजाइन दिन सके जति पनि कमाउन सकिने उनी बताउँछिन्।
सानागाँउका एक हजार चार सय घरधुरीमध्ये अधिकांशले फुर्सदको समयमा सुकुल बुन्ने गरेको स्थानीय जयराम नेमकुलले बताए। 'केहीले यो पेसालाई आधुनिकीकरण गरेका छन्,' उनले भने, 'जानकारीको अभावमा धेरैलै व्यावसायिक रूप दिन सकेका छैनन्।' परम्परागत पेसालाई आधुनिकीकरण गराउन सरकारी पक्षबाट सहयोग भए थुप्रैले चिरिमायाले जस्तै आम्दानी गर्न सक्ने उनी बताउँछन्।

Comments
Post a Comment