गुँ :ला पर्ब ...................


              गथे मंगल को भोलि पल्टदेखि बौद्ध धर्मावालामीहरूले एक महीना सम्म मनाउने चाड हो गुँला: पर्ब | साउन र भाद्र महीनामा पर्ने यस पर्ब एक महेनासम्मा काठमाडौँ को श्वयम्भुमा बिहानदेखि नै श्रीदालु भक्तहरू विभिन्न नेवारी लुगाहरूमा नेवारी बाजा गाजाकसथा श्वयम्भुको परिक्रमा गरेर विश्वशान्तिका अग्रदूत गौतम बुद्धको पुजा र आराधना गर्दै शान्ति र प्रगतिको कामना गरिन्छ |यो समयमा खाली बौद्ध आनुयायिहरू मात्र नभइ हिन्दु धर्मावालामीहरू समेत देबी दे...वताहरूको मन्दिरमा गयर पूजा अर्चन गरिन्छ |गुँला:भरि यस गाउ सिद्धिपुर थासिमा पनि प्रत्येक बिहान धा:चा: बाजा बजाएर पुरा टोल टोलमा घुम्न आउने गरिन्छ भने अन्य बाजाहरू आ आफ्नै पाटी,पैवामा बसेर बजाउने गरिन्छ
एक किम्बदन्ती यस्तो छ कि धरै पानी पर्ने महीना भनेकै साउन र भाद्र महिना हो यसमा फेरी त्यतिनै अत्यधिक गर्मी पनि
हुन्छ \ भनिन्छ भाद्र महिनाको घामले गद्युला समेत मर्ने गरी पोल्छ रे ,गर्मी बढी हुने भयकोले रोग ब्याधि को प्रकोप बढन गई सम्पूर्ण प्राणीहरू मर्ने गरेको र प्राणी हरूको जिम्मा कसैले नलिएपछी पृथ्बीका सम्पूर्ण प्राणीले खान पाएनन र एक महिना सम्मा प्राणीहरूको कल्याण गर्ने जिम्मा भगवान बुद्धले लिनुभयो \ भगवान बुद्धले जिम्मा लिए देखि प्राणीहरू मर्ने क्रम घटन थाल्यो \भगवान बुद्धले जमिनबाट कर्कला निकालेर पृथ्बीका सम्पूर्ण प्राणीहरूलाई भोकमरी बाट बचाएको खुशियालीमा भगवान बुद्धको सम्झनामा बती बाली पुजाआजा गरि मनाइने गरिन्छ \
               महा मन्जुश्री काठमाडौँ उपत्यकाको पानी छेदन गरेर बाहिर पठाए पछी बीचमा कमलको फूल देखा पर्यो ,जुन फूल बाट पंचज्योति उत्पन्न भयो \पछि सोहीपंचज्योति लाई छोपेर मन्दिर निर्माण गर्दा नौ(९) महीनामा पुरा भएकोले गुँ :ला पर्ब मनाउन थालिएको विश्वास गरिन्छ \नेवारी मा गुँ :को अर्थ नौ (९ ) र ला को अर्थ महिना भने बुझिन्छ अर्थात् नौ(९) महीनामा (गुँ :ला)मा पुरा भयको भने बुझिन्छ\ गुँ :ला पर्ब भरि भक्तजनहरूले माछा ,मासु ,जांड,रक्सि र लसुन खानुहुदैन भने गरिन्छ \

    Comments

    Popular posts from this blog

    आदिनाथ र सिद्धिपुर थसी

    हाम्रो त:ध ननि

    " शब्द सुकुल "