जनै पूणिर्मा र क्वाँटी

 
जनै
पूणिर्मा क्वाँटी
निजीरोस श्रेष्ठ - नेपालीहरूले मनाउँदै आएका विभिन्न चाडपर्वहरूमध्ये श्रावण शुक्ल पूर्ण्र्िमाको दिन मनाउने जनै पूर्ण्र्िमा पनि एक हो यस पर्वमा जनै लगाउनुपर्नेहरूले पुरानो जनै फुकाली चोखो गरी नयाँ जनै फेर्ने गर्छन् पुरोहितहरूले यजमानहरूको हातमा पहेंलो धागोको रक्षाबन्धन बाँधिदिने, नेवार समाजमा भ्यागुतोलाई भात ख्वाउने अर्थात् ब्यांजा नकेगु भनेर सिमिको पातमा भात, क्वाँटी, मासु, मूला, भ्यागुते फूल आदि राखेर कृषकहरूले -आफ्नो खेतमा अरूहरूले आफ्नो घरको दैलामा राख्ने
चलन
यसबाहेक यस पर्वमा विभिन्न तीर्थस्थलहरूमा जस्तो गोसाइँकुण्ड, मणिचूडदह, पाटनको कुम्भेश्वर आदि ठाउँमा मेला लाग्ने गर्छ भक्तजनहरू आफूलाई पायक पर्ने वा मनपर्ने ठाउँमा गई मेला भर्न जाने चलन जनै पूर्ण्र्िमालाई नेवार जातिले "गुंपुन्हि" वा क्वाँटी नखः पनि भन्ने गर्छन् गुंपुन्हिको चार दिन अगाडि चाँगुनारायण देउतालाई हनुमानढोकामा लगिन्छ जनै पूणिर्माको लागि क्वाँटी भिजाए भयो भन्ने सन्देश दिन यसो गरिएको हो भनिन्छ
नेपालमा जनै पूणिर्माको दिन विशेष परिकारको रूपमा "क्वाँटी" पकाउने चलन क्वाँटी भात वा सुख्खा रोटीसँग खाने गरिन्छ पुर्खाहरूले प्रचलनमा ल्याएका यो परिकारले शरीरलाई फाइदा गर्छ साउन महिनामा मनसुनी झरी परिरहने हुँदा मानिसहरूको स्वास्थ खराब भई चिसो लाग्ने, ज्वरो आउनेजस्ता रोग लाग्ने हुँदा क्वाँटी खाँदा यसले शरीरमा शक्ति बढाई रोगहरूसँग लड्ने क्षमता बढाइदिन्छ जनै पूणिर्मामा क्वाँटी बनाएर खानका लागि, कसैले चार दिनअगावै गेडागुडीलाई भिजाएर टुँसा उमारेर वा कसैले एक दिन अगाडि मात्र भिजाएर पकाएर पितृ देउतालाई चढाएर खाने गरिन्छ
क्वाँटी बनाउन खासगरी थरीका गेाडागुडी जस्तो- ठूलो केराउ, सानो केराउ, भटमास, गेडा सिमि, बोडी, गेडा मास, गेडा मुङ, चना, मस्याङ आदि मिसाइन्छ क्वाँटीको परिकार बनाउँदा क्वाँटीसँगै एक विशेष किसिमको साग "ललिचा" पनि मिसाइन्छ यस सागले पेट सफा गर्ने जनविश्वास
यसबाहेक पेटमा वायु निस्कन नदिन ज्वानो तथा अरू मसलाहरू पनि राखिन्छ क्वाँटी पाकेपछि यसमा कसैले गहुँको रोटी, वा पेँडा वा कसैकसैले ममः नै बनाएर मिसाउने गर्छन् क्वाँटीलाई खासगरी क्यालोरी, कार्बोहाइड्रेट, सेलुलोज, खनिज पदार्थ, क्याल्सियम, फलाम आदिको राम्रो स्रोत मानिन्छ भने प्रोटिन थायमिनको अत्यन्त राम्रो स्रोत
मान्न सकिन्छ
क्वाँटीमा भिटामिन बी १२ बाहेक अरू सबै
प्रकारका भिटामिन बी पाइने हुनाले यसलाई
भिटामिन बी समूहको राम्रो स्रोत मानिन्छ अझ टुसा नउमारेको क्वाँटीमा भन्दा टुसा उमारेको क्वाँटीमा भिटामिन बी समूह झन्डै दोब्बर हुन्छ क्वाँटीमा भिटामिन सी पाइँदैन तर क्वाँटीलाई उमारिएको खण्डमा यसमा भिटामिन 'बी'का साथै यसमा भएको कार्बोहाइड्रेट भिटामिन 'सी'मा परिणत हुन्छ यो बालक, वयस्क, वृद्ध सबैलाई उपयोगी खाद्य
वस्तु मानिन्छ
क्वाँटीले शरीरमा तागत बढाउँछ, तापक्रम सन्तुलन गर्छ, रोगसँग लड्ने क्षमता बढाउँछ, शरीर वृद्धि तथा विकास गर्न तथा घाउ भर्न मद्दत गर्छ यसले शरीरमा रगत बढाउन, हाड दाँतको विकास गर्नाका साथै बलियो बनाउन मद्दत गर्छ
यसरी साना बालकदेखि वृद्धसम्मले क्वाँटी खाएर आफ्नो शरीरलाई चाहिने पौष्टिक तत्त्व प्राप्त गरेर शरीर स्वस्थ बनाउन सक्छन् तर आवश्यकभन्दा बढी खाएमा, शरीरमा अपच भई पेट दुख्ने,
ग्यास बढ्ने, झाडाबान्ता हुन पनि बेर लाग्दैन
त्यस्तै शरीरमा विभिन्न रोग भएका
मानिसहरूले आफूमा भएको रोग हेरी खान हुन्छ वा हुँदैन भन्ने कुरा पनि थाहा पाउन आवश्यक अपच, बाथ, वायु बिकार, झाडाजस्ता रोग भएकाहरूले क्वाँटी खानु ठीक हुँदैन तर रक्तअल्पता रोग भएको मानिसले क्वाँटी खानाले शरीरलाई फाइदा गर्छ
प्रकाशित मिति: २०६८ श्रावण २७ ०८:३५

Comments

Popular posts from this blog

बिक्रम सम्बत २०७० साल फागुन १६ गते नेपाल सम्बत ११३४ सम्झनाका फोटोहरू

य: मरी पुर्णिमा र य:मरीको बारेमा पुनर लेखन गर्न ढिला भएन र ?

आदिनाथको उत्पति र सिद्धिपुर थसी